प्लस टु पुस्ताको समय समाजलाई
०४ असार २०७१
•
९ मिनेट पाठ
प्लस टु पुस्ताको समय समाजलाई
नौ कक्षामा पढ्दा घर नजिकै बसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्रा मेलामा झगडा भयो। कतिपयले एकअर्कालाई मारपिट गरे। यतिकैमा रेडक्रसका स्वयंमसेवीले मलम पट्टी गरेको प्रत्यक्ष हेर्ने मौका पाएका थिए, काठमाडौं महानगरपालिका वडा २६ स्थित नरदेवी बस्ने अमृत महर्जनले।त्यो दृश्य उनको मनमा छाप बस्यो। त्यतिखेरै रेडक्रसका स्वयमसेवकजस्तै बन्ने इच्छा उनको मनमा पलायो। आफुले त्यसैगरि सहयोग गरु गरु लग्ने बताउँने उनी अहिले सामाजिक कार्यमा लागिरहेका छन्। इन्स्टिच्युट अफ इन्टरनेसनल म्यानेजम्यान्ट स्टडिजमा बीएस्सी आइटी दोस्रो सेमेष्टरमा अध्ययन गरिरहेका उनले आफुलाई अहिले त्यो ठाउँमा उभ्याएका छन्।
कक्षा ११ मा पढ्न सुरु गरेपछि उनले आफ्नो इच्छा पुरा गर्ने मौका पाए। उनी अहिले रेडक्रससँगै आबद्ध भएर सामाजिक कार्यमा सामेल भएका छन्। आफ्नो पढाइलाई ख्याल गर्दै हुने विभिन्न र्याधली, रक्तदान, सरसफाइ लगायतका कार्यमा उनी सहभागी हुन्छन्। 
भूकम्प दिवसको दिनमा भूकम्पसम्बन्धी जनचेतना कार्यक्रममा उनी पछिल्लोपटक सहभागी भएको बताए। ‘पढाइलाई एकातिर र सामाजिक कार्यलाई अर्को तर्फ राखेर हिडेको हुन्छु,' २६ वर्षिय उनी आफ्नो अनुभव सुनाउछन्, ‘सानैमा (नौ कक्षमा हुँदा) अरुको काम देखेदेखि नै मैले यस्तो काम गर्न रुची राखे र अहिले त्यसमा रमिरहेको छु।'
आफ्नो पढाइलाई कायम राख्दै खाली समयमा यस्तो काम गर्न पाउँदा आनन्द प्राप्ति हुने उनले जनाए। मेरा तीन/चार जना साथीहरु पनि मसँगै यस्तो काममा हिड्नेगर्छन्। ‘घरमा परिवारले यस्तो काममा सहयोग गर्ने भएका कारण झन् सजिलो भएको छ,' उनले थपे।
त्यसैगरी गोकर्ण बस्दै आएकी अस्मिता श्रेष्ठ पनि समाज सेवा गर्दा समाजमा जनचेतना जगाउँनका लागि निकै फाइदाजनक रहेको अनुभव सुनाउछिन्। परिवारमा आफ्ना बुबा पनि समुदायमा हुने सरसफाइ कार्यक्रममा सहभागी हुने भएकाले यस्तो काम गर्न थालेको उनले बताइन्।
‘हामीले कक्षामा जे पढ्छौं, त्यो हाम्रा लागि हो,' तक्षशिला एकेडेमीमा कक्षा १२ मा अध्ययन गरिरहेकी १९ वर्षिय उनले भनिन्, ‘त्यसले मात्र हाम्रो दायित्व पूरा हुँदैन, त्यसैले समाजप्रतिको दायित्वका लागि यस्ता क्षेत्रमा आफुले सक्दो सहयोग गर्नु हामी राजी हुनैपर्छ।' गोकणेश्वर मेला, पशुपति मदिरमा शिवरात्री मेला, रक्तदान, बागमती सफाइ लगायत कार्यक्रममा आफु सहभागी रहेको उनले बताइन्। 
‘कसैलाई रकतको आवश्यकता पर्छ, तर जहाँ पाही पाइदैन, त्यसैले समय मिलाएर रक्तदान गरेर त्यो अभावलाई कम पार्ने कोसीसमा हुन्छौं,' स्काउटमा आबद्ध उनी सुनाउँछिन्, ‘स्कुलमा ७ कक्षामा पढ्दा देखिनै मैले यस्ता काम सुरु गरिसकेकी थिए।'
पढाइमा रहिरहनुको अलावा आफुले यस क्षेत्रबाट रमाइलोपन आउँने भएकाले चासो देखाएको उनले जानकारी दिन्छिन्। 
महर्जन र श्रेष्ठ केबल दाहारणमात्र हुन्। कतिपय प्लस टु पुस्ताहरु रक्तदान, पुस्तकालय बनाउँन सहयोग गर्न, कुनै कामको लागि फन्ड जुटाउँन, गरिब विरामीलाई रकम जुटाउँन लागयतका काममा अगाडी बढिरहेका हुन्छन्। आफ्नो पढाइका अलावा यस्ता काम गर्ने अनि आमसञ्चार र सामाजिक सञ्जालमा छाउँने विद्यार्थीमा एउटा फेसन जस्तै बनिसकेको देखिन्छ।
यस्तो अवस्थामा उनीहरु विद्यालयको अनुमतिमा हिड्छन् किन नाइ? विद्यालयले नै यस्तो काममा सहभागी बनाउँछन् कि? विद्यालयले पढाइमा नलगाएर किन यस्तो काम गर्न विद्यार्थीलाई दिइरहेको छ? यस्ता प्रश्नहरु उनीहरुको कार्यपछि उठने गरेका छन्।
विद्यालयहरुले नै यस्ता कार्यक्रममा प्ररणा दिने भएकाले विद्यार्थीको रुची बढेको प्राइम कलेजका प्रधानध्यापक नरशे प्रसाद श्रेष्ठ बताउँछन्। उनका अनुसार विद्यालयहरुमै खोलिने विभिन्न क्लब, समुह वा विद्यार्थी आफै बाहिरी समूहमा आबद्ध भएर सामाजिक कार्य गर्ने गरेको प्रसस्तै भेटिन थालेको छ।
‘हामीले बाध्यता नै त पार्दैनौं तर विद्यार्थीहरु आफै रक्तदान, बृद्धाश्रममा हेरचाह, मेलामा स्वयमसेवाक बन्ने जस्ता कामका लागि रुचि देखाउँछन्,' उनी भन्छन्, ‘त्यसैले अब सामाजिक कार्य उनीहरुका लागि जरुरी भैसकेको छ।'
विद्यार्थीहरु समाजप्रति सोच्न थालेका कारण यस्तो देखिएको उनको बुझाइ छ। ‘पढाइ महत्वपूर्ण कुरा हो, तर त्यसका अलावा पनि केही समय समाजको लागि खर्चिनु पनि सकारात्मक रुपमा छ,' उनी भन्दै थिए, ‘आफ्नो सस्कृति, भेषभुसा र चालचलन झल्काउँने कुरा समाजमा देखाउँन जरुरी छ। पुस्ताले प्रचलनमा ल्याएका कुराहरु अहिलेका युवाले स्वीर्कानु जरुरी छ।'
कलेजले पढाउँनु बाहेक यसलाई दायित्व नै लिएको उनले जानकारी दिए। ‘प्लस टु पुस्ताहरुको खाली समय यसरी बिताउँनका अलाव अरु विकल्प कमै छन् जस्तो लाग्छ,' उनले थपे।
नेपालको शैक्षिक प्रणालीको विषयमा बहस र कुरा उठाउँन अग्रसर रहेका शिक्षाविद विष्णु कार्की विद्यार्थीलाई मात्र किताबमा मात्र राखिरहने गरिदा बाहिरी कुरा र सामाजिक दायित्वका कुरा भुल्ने डर रहने बताउँछन्। ‘विदेशी नक्कल गर्ने परिपाटि भित्रिएको अवस्थामा सामाजिक कार्यमा आफ्नो मौलिकता भुल्न हुँदैन्,' उनले भने, ‘त्यसैले सामाजिक कार्य आफ्नो परिस्थिती अनुरुप र अत्यन्त आवश्यक भैसकेको छ।'
समाजमा सम्मान भन्ने चलन हराउँदै जान थालेको र यसलाई कायम राख्नका लागि नेपालको शिक्षाले प्रथामिकतामा नपारेको उनको ठम्याइ छ। ‘केही ठूला कलेजमा पढ्ने र धनाढ्य परिवारका विद्यार्थीहरु अहिले सामाजिक कार्यको अभ्यासमा छन्,' उनले भने, ‘राज्यले नै अभ्यास गराउँनपर्योा। हरेक विद्यालय र हरेक विद्याथीमा सामाजिक कार्यलाई अवसरको रुपमा प्रयोग गर्न जान्नुपर्योा।'
यस्ता कुरालाई सामाजिक सेवाका नामबाट पाठयपुस्तकमै समेटेर अगाडी बढन सके सामाजिक कार्यको अभ्यास राम्रो हुने र फलस्वरुप समाजिक सम्मानमा विद्यार्थीहरुले आफ्नो संस्कृति नभुल्ने परिस्थिती आउने उनले जानकारी दिए।


अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस