प्रथम श्रेणीमा एलएलसी उत्तीर्ण धुलाबारीकी दीपा बस्नेतले आफ्नो उच्च शिक्षाका लागि पढ्ने कलेज रोजिसकेकी छन्। इस्ट होराइजन अंग्रेजी स्कुलबाट परीक्षा दिएकी उनी ११ कक्षा पढ्न छिमेकी सहर बिर्तामोड जाने भएकी छन्। ‘विर्तामोडमा धेरै विकल्प छन्,' उनले कारण खुलाइन्, ‘कलेज र विषय रोजी–रोजी पढ्ने अवसर मिल्छ।'दीपा जस्तै एसएलसी पास गरेका जिल्लाका अधिकांश विद्यार्थीको उच्च शिक्षा यात्राको भरपर्दो ठाउँ नै विर्तामोड बन्न थालेको छ। शिक्षा क्षेत्रका जानकारका अनुसार जिल्लाका बहुसंख्यक विद्यार्थीले पढाइका लागि रोज्ने पहिलो ठाउँ विर्तामोड बन्दै आएको छ। ‘सहरमा सामुदायिक र निजी गरी २५ भन्दा बढी उच्च मावि र कलेज छन्,' मनकामना कलेज विर्तामोडका अध्यापक युवराज दाहाल भन्छन्, ‘यहाँ विषयगत विविधता छ। त्यसैले विद्यार्थी आकर्षण यहाँ उच्च छ।'
उनका अनुसार पछिल्लो पाँच वर्षयता विर्तामोड पूर्वको मुख्य शैक्षिक हबका रूपमा स्थापित हुँदै गएको छ। ‘यहाँको जनसंख्या सधैं बढ्दो छ, आर्थिक रूपमा समृद्ध हुँदै गएका र व्यवसायमा सम्भावना खोज्नेहरू विभिन्न जिल्लाबाट आइरहेका छन्,' स्थानीयसमेत रहेका दाहाल थप्छन्, ‘त्यसैले यहाँको शिक्षा क्षेत्रमा पनि त्यसको प्रभाव पूरै देखिएको छ।'
मेची अञ्चलको प्रमुख केन्द्र विर्तामोडमा शैक्षिक आकर्षण पनि बर्सेनि बढ्दो छ। यहाँ सञ्चालित उच्च माविमा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा शास्त्र संकायको अध्यापन भइरहेको छ। अधिकांश क्याम्पसमा विज्ञान, मानविकी र व्यवस्थापन विषयको पढाइ हुने गरे पनि केही क्याम्पसमा नयाँ विषयको पठनपाठन सुरु भएको छ। विद्यार्थीको माग र आकर्षण बढेकाले नयाँ विषयको पठनपाठन गराउन क्याम्पस सञ्चालकहरू अग्रसर भएका हुन्।
विर्तामोडमा विद्यार्थी आकर्षण बढ्नुको अर्को मुख्य कारण कलेजले विद्यार्थीलाई दिने सेवासुविधा पनि हो। अधिकांश कलेजले जिल्लाका चारैतिरबाट दिनभर बसमा विद्यार्थी ओसारपसार गर्छन्। त्यसबाहेक प्रयोगात्मक कक्षा, पुस्तकालयको प्रबन्ध, नियमित अतिरिक्त क्रियाकलाप र लोडसेडिङमा पनि वैकल्पिक उपायद्वारा कक्षामा बिजुली उपलब्ध गराउन सबै कलेज प्रतिबद्ध छन्। ‘प्रतिस्पर्धा भएको ठाउँमा गुणस्तर र सेवा दुवै राम्रो हुन्छ,' धाइजनका शिक्षक हरि फुयाल भन्छन्, ‘विर्तामोडको शिक्षा बजारमा ठ्याक्कै यही प्रतिस्पर्धा छ।'
उनले पनि यसपटक एसएलसी पास गरेका छोरालाई विर्तामोड नै पठाउने निधो गरिसकेका छन्। ‘अहिले जता पठाए पनि खर्च धेरै हुन्छ,' उनले भने, ‘त्यसैले सेवाको गुणस्तर राम्रो भएको ठाउँमै पठाउने हो।'
केही वर्ष अघिसम्म राम्रो विषय पढाउन छोराछोरीलाई धरान, विराटनगर या काठमाडौं पठाउनुपर्ने बाध्यता थियो। तर, अहिले झापाका विर्तामोड, दमक जस्ता सहरमा एक से एक शैक्षिक प्रतिष्ठान भएको उनको भनाइ छ। विज्ञान पढ्ने तयारीमा रहेका उनका छोरा देवर्षीले कलेज भने छानेका छैनन्। ‘धेरै कलेज छन्, अब बुझेर जहाँ राम्रो लाग्छ, त्यहीँ पढ्ने हो,' उनले भने।
न्युटन एजुकेसन फाउन्डेसनका प्रिन्सिपल हरिकुमार प्रसार्इंका अनुसार विर्तामोडका अधिकांश कलेजमा कम्तीमा डेढ सयसम्म सिट क्षमता छ। र, सबै उच्च मावि र कलेजमा विद्यार्थीको चाप उत्तिकै छ। होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, बिजिनेस स्टडिजलगायतका विषयमा विद्यार्थी चाप बढी छ। यसबाहेक पत्रकारिता, हेल्थ एन्ड फिजिकल, ट्राभल्स एन्ड टुरलगायतका विषय पनि विर्तामोडमा पढाइ हुन्छ। ‘होटल म्यानेजमेन्टका विद्यार्थीले ट्राभल्स एन्ड टुर विषय ऐच्छिक रूपमा पढ्ने गरेका छन्,' जिल्लाकै लागि नौलो विषय पढाइ चलाइरहेको प्रोभिडेन्स कलेजका प्रिन्सिपल आनन्द बस्नेत भन्छन्, ‘रोजगार र सीपमूलक जुनै विषय पनि विद्यार्थी पढ्न रुचाउँछन्।'
जिल्लामा मेडिकल कलेजदेखि, इन्जिनियरिङ कलेज पनि सञ्चालनको तयारीमा छन्। विर्तामोडमा एउटा इन्जिनियरिङ कलेजले कक्षा सञ्चालनको तयारी अन्तिम चरणमा पुर्यानएको छ भने बी एन्ड सी मेडिकल कलेजले धमाधम भौतिक संरचना बनाइरहेको छ। ‘विर्तामोड मेची अञ्चलकै मुख्य शैक्षिक हब हो,' विर्तामोडका विभिन्न कलेजमा पत्रकारिता अध्यापन गर्ने गोपाल काफ्ले भन्छन्, ‘त्यसैले यहाँ विकल्पह बाक्लो हुँदै गएका छन्।' यसबाहेक भेटेनरी, सिएमएलगायतका प्राविधिक कक्षा पनि दशकअघिदेखि सञ्चालनमा छन्।