सहर होइन, गाउँ रोजौं
०४ असार २०७१
•
१३ मिनेट पाठ
सहर होइन, गाउँ रोजौं
‘खेलमा हारजित स्वाभाविक हुन्छ' भन्दै दूरदराजको ब्राजिलमा जारी विश्वकप फुटबल घरघरका टेलिभिजनमा हेर्नेको भीड लागिरहँदा भर्खरै एसएलसी नतिजा सार्वजनिक भएको छ।विश्वकपमा हार्नेहरु ‘पाठ सिक्ने' भन्दैछन्। ‘एउटा असफलताले ‘जुनी नजाने' भन्दै समर्थकहरु रोजेको टिमलाई हौसला दिँदैछन्। थोरैलाई हँसाउने र धेरैलाई रुवाउने गरी सार्वजनिक भएको एसएलसी नतिजामा असफल हुनेहरु भने ‘पाठ सिक्ने'भन्दा अरुलाई दोष थापेर्दै आफ्नो कमजोरी ढाकछोप गर्दैछन्। 

‘फलामे ढोका' भनिने एसएलसी उत्तीर्ण हुनेलाई चाहिँ प्लस टुमा कुन विषय पढ्ने, कस्तो कलेज छान्ने र भविष्यमा के हुने भन्ने हुटहुटी छ। ‘म त साइन्स पढ्ने, मेरो रोजाइ कमर्स, मेरो त आर्टस...' भन्दै आपसमा शैक्षिक इच्छा–योजना साटासाट गर्ने विद्यार्थी टोलटोलमा भेटिन्छन्। मेचीका इलाम, पाँचथर र ताप्लेजुङबाट एक हजार आठ सय ५० जति विद्यार्थी उत्तीर्ण भएका छन्। तीन पहाडी जिल्लाको नतिजा ‘निराशाजनक' हुनुमा ४४ सामुदायिक विद्यालयको नतिजा शून्य हुनु प्रमुख मानिँदैछ। 

एसएलसीको खस्किँदो नतिजा सुधार्न छलफल र वहस गर्ने कुरो चलिरहँदा उत्तीर्ण भएका विद्यार्थीको शैक्षिक भविष्य उज्वल पार्नु अर्को प्रमुख पाटो हो। राम्रो अंक ल्याएर होस या सामान्य, एसएलसी छिचोल्ने अधिकतर विद्यार्थी किशोरावस्थाकै छन्। उनीहरुमा परिपक्वताको कमी हुने हुँदा शिक्षक, अभिभावक र सरोकारवाला सबैले ‘इच्छा र क्षमता बुझेर' भविष्यमा पढ्ने विषय र कलेज छनोट गरिदिनु उत्तम देखिन्छ। विद्यार्थी आफैं ‘जान्ने हुँदा' पछि पछुताउनु पर्ने सभ्भावना रहन्छ। 

‘समाजको मान्यतै यस्तो छ कि, एसएलसी सक्नासाथ विद्यार्थी र अभिभावक दुवै ठूलो सफलता मान्दै हौसिन्छन्,्' इलामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसका अंग्रेजी शिक्षक दीपक लुंगेली भन्छन्, ‘उनीहरुमा उच्च अभिलाषा विकास भइहाल्छ र हतारमा धेरै खर्चेर दख्खल नभएको विषय पढ्न पुग्छन्।' छोराछोरीको सफलतामा छिट्टै रमाउने अभिभावकले पनि राम्ररी नबुझी मञ्जुरी जनाउँदा एसएलसीपछि थुप्रै विद्यार्थीको रोजाइ असफल भएको देखेका लुंगेली बेलैमा सचेत हुन सुझाउँछन्। 

डिस्टिङ्सनसहित पहिलो श्रेणीमा उत्तीर्णले हुनेले साइन्स नै पढ्नुपर्छ भन्ने मान्यता विकसित हुनुलाई भ्रम मान्ने उनी बुद्धि पुर्याजए जिल्लामै बसेर अरु विषयमा पनि भविष्य सपार्न सकिने बताउँछन्। गाउँपिच्छे खुलेका प्लस टुमा आर्टस, कमर्स र एजुकेसन पढाइ भइरहेको जनाउँदै लुंगलीले तिनलाई ‘काम नदिने' भन्नु नीच दृष्टिकोण रहेको उल्लेख गर्दै दत्तचित्त भई पढ्ने र दख्खल राख्न सके अवसरको कमी नहुने बताए। मेची पहाडमा यस्ता पढाइ हुने प्लस टु ८० जति छन्। 

अघिल्ला वर्षहरुमा राम्रो अंक ल्याएर एसएलसी छिचोलेका विद्यार्थी धेरै रकम खर्चेर धरान, पोखरा, चितवन र राजधानी पढ्न गए पनि एकाधबाहेकले आसलाग्दो नतिजा नदेखाएको लुंगेलीको अनुभव छ। ‘धेरै पैसा खर्चेर महँगो कलेज पढ्दैमा विद्धता प्राप्त हुँदैन,' इलामबाटै एसएलसी सकेर कीर्तिपुरमा स्नातकोत्तर गरी जिल्ला फर्केर पढाइरहेका उनी भन्छन्, ‘प्लस टुमा पढाइ हुने हरेक विषयमा राम्रो क्षमता राख्ने विद्यार्थीले सधैं अवसर पाइरहेकै छन्, हल्लाका भरमा अन्त कुद्नु मुर्खता हो।' 

इलामकै गोदकस्थित पूर्णस्मारक उमाविका प्रधानाध्यापक विमल प्रधान एसएसली पास गर्योा कि विद्यार्थीले फुक्काफाल महसुस गर्नु नै मुर्खता भएको ठान्छन्। जेहेनदार विद्यार्थीका लागि हरेक तहको नतिजा उत्तिकै महत्र्वपूर्ण हुने जनाउँदै अभिभावकले पनि एसएलसीपछि हौसिएर सहरकै प्लस टु ताक्ने विद्यार्थीलाई लगाम लगाउन सक्नुपर्ने बताउँछन्। प्रधानको सुझाव छ, ‘सहरका चिल्ला, महँगा र चम्किला ड्रेस लगाउने प्लस टुमा मात्रै राम्रो पढाइन्छ भन्ने भ्रम हो, गाउँका कलेज कम छैनन्।' 

उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई जिल्लाका प्लस टुमा राम्रा भवन र शैक्षिक सामग्रीको अभाव खड्किने स्वीकार्दै प्रधानले आर्टस्, कमर्स र एजुकेसनमा समस्या नरहेको सुनाए। ‘घरकै खाना खाएर अलिकति हिँड्दा प्लस टु पुगिन्छ भने पारिवारिक तनाव र खर्चको भार बढाएर किन पढ्न बाहिर जानु,' गाउँबाट एसएलसी उत्तीर्ण विद्यार्थीलाई गाउँमै पढ्न प्रेरित गरिरहेका उनी भन्छन्, ‘बरु आफ्नो ठाउँको कलेजको पूर्वाधार सुधार्न सघाउँदै राम्ररी मेहनत गर्दा विद्यार्थीले भविष्य चम्काउँछन्।' 

इलामबाट एसएलसी उत्तीर्ण हुनेले साइन्स पढ्न पनि टाढाका सहर धाइराख्नु पर्दैन। सदरमुकामको आदर्श उमाविमा सस्तोमै साइन्स पढाइन्छ। प्रधानाध्यापक धनराज राईका अनुसार, सात हजार पाँच सय रुपैयाँ तिरेर भर्ना हुने विद्यार्थीले महिनाको पाँच सय शुल्क तिरेर साइन्स पढ्न सक्छन्। २०५७ सालबाट आदर्शमा सुरु भएको साइन्स पढ्ने विद्यार्थीको संख्या एक हजार नाघिसकेको छ। दुई सेक्सनमा पढाइ हुने गरी वर्षेनी ८० विद्यार्थी भर्ना लिइन्छ। यसपल्ट पनि थुप्रै विद्यार्थीले चासो देखाउँदैछन्।

‘थोरै खर्चेर साइन्स पढ्ने सुविधा यहीँ छ तर विद्यार्थी हल्लाको पछि दौडेर ठूला सहर ताक्छन्,' झण्डै ३० हजार रुपैयाँले प्लस टु सकिने जनाउँदै राई भन्छन्, ‘यहीँबाट साइन्स पढेका विद्यार्थीले पनि राम्रो सफलता हासिल गरिसकेका छन्, बाहिरै जानुपर्छ भन्ने लाग्दैन।' आदर्शमा तीनवटै ल्याब आधुनिक छन्। विषयगत शिक्षक कमजोर छैनन्। भवन र अन्य पूर्वाधार क्रमशः सुधारिँदैछन्। त्यसैले विगतमा अध्ययनका लागि बाहिर गएका तर सोचेजस्तो सफलता नमिलेका विद्यार्थी फर्केर यहीँ पढ्दैछन्। 

आदर्श पढेकालाई मात्रै होइन, देशैभरका साइन्स विद्यार्थीलाई खुसीको कुरा के छ भने, प्लस टुपछि इलामकै महेन्द्ररत्न बहुमुखी क्याम्पसमा बागवानी तथा फूल (हर्टिकल्चर एन्ड फ्लोरिकल्चर) अध्ययनको सुविधा छ। स्नातक तहमा यी विषय देशभरमा इलाममा मात्रै पढाइन्छ। क्याम्पस स्वायत्ततामा गएपछि सुरु गरिएका यी विषयको महत्र्व बुझेर कर्णालीदेखिका विद्यार्थी इलाम आइरहेका छन्। इलामको रमणीय परिवेशमा हर्टिकल्चर र फ्लोरिकल्चर पढ्न अचेल विद्यार्थी थपिँदैछन्। 

‘हामीले नमूनाका रुपमा सुरु गरेको हर्टिकल्चर र फ्लोरिकल्चर विद्यार्थीका लागि काम लाग्ने विषय हुन्,' क्याम्पस प्रमुख राजेन्द्र कुवँर भन्छन्, ‘अब एसएलसी सकेका विद्यार्थीले जिल्लामै प्लस टु सकेर यहाँ भर्ना हुँदा थोरै लगानीमा धेरै शैक्षिक फाइदा लिन सक्छन्।' मेचीका विद्यार्थीले रोजेका अरु विषय अध्ययन गर्न मेची काटेर अन्त जानै पर्दैन। झापाका बिर्तामोड, भद्रपुर र दमकमा खुलेका थुप्रै निजी कलेजले धेरै खाले विषयमा अध्यापन गराइरहेका छन्। त्यहाँ पहाडबाट झर्ने विद्यार्थी धेरै भेटिन्छन्। 

एक दशक लामो कठोर परिश्रमको एकमुष्ठ फलका रुपमा लिइने एसएलसी नतिजा जस्तोसुकै आए पनि उत्तीर्ण विद्यार्थीले गाउँकै प्लस टु रोज्दा राम्रो हुने अनुभवीको मान्यता छ। ‘पहिले साथीभाइको लहैलहैमा काठमाडौं गएर पढ्ने भइयो, पैसा पनि सकियो दुई वर्ष त्यत्तिकै बित्यो,' ठूला सहरको शैक्षिक प्रतिस्पर्धा थेग्न नसकेर इलाम फर्किएका एक विद्यार्थीले भने, ‘पहिल्यै बुद्धि आएको भए पैसा पनि बच्थ्यो, समय पनि खेर जाँदैनज्यो।' अहिले उनी आदर्श उमाविमै साइन्स पढ्दैछन्। 

थोरै अंक ल्याएर एसएलसी उत्तीर्ण हुने विद्यार्थीले पनि हरेश खाइहाल्नु पर्दैन। धेरैले रोज्ने साइन्स र कमर्स मात्रै पढ्नुपर्छ भन्ने छैन। सिर्जनात्मक क्षमता हुनेले संगीत, अभिनय, नाटक आदि विषय पनि अध्ययन गर्न सक्छन्। आमसञ्चार र सूचना प्रविधि पढाइ हुने स्तरीय कलेज यस क्षेत्रमा नभए पनि बेलैमा बुद्धि पुर्यातउँदा विद्यार्थीले धेरै मूल्य खर्चिनु पर्दैन। पछुतो नहुने विषय र कलेज छनोटमा अभिभावक, चिनेजानेका व्यक्ति, शिक्षक र पूर्व विद्यार्थीको सहायता लिनु सान्दर्भिक हुन्छ। 

‘हाउगुजी बन्ने एसएलसी पास हुनुमात्रै ठूलो कुरा होइन, यो त शैक्षिक उपलब्धि हासिल गर्ने एउटा लडाईंको सुरुवात मात्र हो,' चमैंतास्थित डम्बरदेवी उमाविका प्रधानाध्यापक महतापसिंह लिम्बू भन्छन्, ‘खाँटी विद्यार्थीले एसएलसीपछि प्राप्त गर्ने सफलता चाहिँ ठूलो कुरा हो।' समाजलाई समुन्नत बनाउन र रोजगारीको अवसर सुनिश्चित गर्न एसएलसीपछि विद्यार्थीले कृषि, पशु, वन, सूचना प्रविधि, आम सञ्चार, पर्यटन, होटल व्यवसाय आदि विषय पढ्नुपर्ने लिम्बूको सुझाव छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस