फैलिँदैछ उच्चशिक्षा बजार
०४ असार २०७१
•
११ मिनेट पाठ
फैलिँदैछ उच्चशिक्षा बजार
एसएलसीको नतिजासँगै अभिभावक र विद्यार्थीहरू कलेज खोज्ने र विषय रोज्ने चटारोमा छन्। कलेजहरूमा पनि विद्यार्थी भित्र्याउने होडबाजी छ। झट्ट हेर्दा यी दुई पक्षमात्रै व्यस्त देखिए पनि अहिले उच्च शिक्षासँग जोडिएका थुप्रै पेसा र व्यवयायीलाई भ्याइनभ्याई हुने समय हो। किनकि, उच्च शिक्षासँग जोडिएको लगानीको क्षेत्रको मूल कारोबार यही एक महिनाभित्र हुन्छ।प्रत्यक्ष रूपमा उच्च माध्यमिक शिक्षासँग करिब ६ अर्ब रुपैयाँ वार्षिक कारोबार हुने गरेको दाबी उच्च माध्यमिक विद्यालय एसोसियसनको छ। सरदर वार्षिक कारोबारको लेखाजोखाबाहेक उच्च शिक्षामा निजी क्षेत्रले गरेको कारोबार २० देखि २५ अर्ब रुपैयाँको छ। सञ्चालकहरूका अनुसार एउटा पूर्वाधारसम्पन्न उच्च माध्यमिक विद्यालय खोल्न ठाउँ हेरेर सुरुमै कम्तिमा २ करोडदेखि १० करोडसम्म पर्छ। सुविधासम्पन्न ठाउँमा ‘हाईफाई' उच्च माध्यमिक विद्यालय खोल्दा यो खर्च निकै गुणा बढी हुन्छ। 




सुविधासम्पन्न स्थानमा आफ्नै जग्गा र भवनसहित लगानी गर्दा एउटा कलेजमै करोडौं लगानी हुन्छ। उच्च माविका सञ्चालकहरू प्रत्येक वर्ष यस्तो लगानी १५ देखि ३० प्रतिशत वृद्धि गर्दै जानुपर्ने बताउँछन्। तीव्र प्रतिस्पर्धाको अवस्थामा निजी कलेजहरूलाई सीमित विद्यार्थी आकर्षित गर्न सजिलो छैन। यद्यपि उच्च शिक्षासँग जोडिएको व्यापारको क्षेत्र भने फैलिँदै गएको छ। 

उच्च माध्यामिक शिक्षा परिषदको तथ्यांकअनुसार नेपालमा १ सय ५७ वटा जिरो प्लस टु, ६ सय ५४ निजी प्लस टु छन्। तीबाहेक २ हजार ६ सय ४९ सामुदायिक प्लस टु छन्। तीमध्ये १ सय १ सय ३६ वटा क्याम्पससमेत छन्। काठमाडौंमा मात्रै सामुदायिक र निजी गरी ४ सय ७७ प्लस टु छन्। त्यसमा क्याम्पससमेत सञ्चालन गरेकाको संख्या थप्ने हो भने ४ सय ९० छ। 

उच्च माविमा लगानीको हिसाबले काठमाडौंपछि विराटनगरमा निजी क्षेत्रको लगानी बढी देखिन्छ। यहाँ निजी क्षेत्रका मात्रै १ सय ४३ उच्च मावि छन्। त्यसैगरी पोखरामा ९०, धनगढीमा ४६, नेपालगन्जमा ५५, बुटवलमा ७८, हेटौंडामा ५५ र जनकपुरमा ३७ उच्च मावि छन्। निजी र सामुदायिक क्षेत्रबाट सञ्चालिन उच्चमाविको संख्या जोड्ने हो भने देशभर २ हजार ६ सय ४९ सामुदायिक र ८ सय ११ निजी उच्च मावि छन्।

मित्रपार्कस्थित टेक्सास कलेजका उच्च शिक्षा निर्देशक भेषराज पोखरेलका अनुसार गुणस्तरीय भौतिक पूर्वाधार र सोहीअनुसारका प्राज्ञिक र शैक्षिक वातावरण दिनसक्ने गरी उच्च मावि सञ्चालन गर्न कम्तिमा ५ करोड लगानी आवश्यक पर्छ। पछिल्ला दिनमा खुलेका अधिकांश उच्च माविमा ठूला व्यापारिक घरानाभन्दा स्वयम शिक्षक र केही बैंकिङ क्षेत्रले लगानी गरिरहेका छन्। एसएलसी परीक्षा पास भएकामध्ये आधाभन्दा बढी विद्यार्थी सामुदायिक प्लस टु मा पढ्ने गरेका छन्। उच्च शिक्षासम्म आइनपुग्ने विद्यार्थीको संख्या पनि ठूलै छ। करोडौं लगानीमा खुलेका कलेजले महंगो शुल्क तिर्नसक्ने सीमित वर्गका विद्यार्थीलाई आकर्षित गर्नुपर्ने बाध्यता छ।
प्लस टुका क्षेत्रमा थपिँदो लगानीले बजार मात्रै बढाएको छैन, अस्वस्थ प्रतिप्रर्धा पनि बढाएको छ। कतिपय सञ्चालकहरू उच्च शिक्षामा लगानी र जोखिमको तुलनामा आम्दानी निकै कम हुने बताउँछन्। ‘प्लस टुमा लगानी ९ आनाको मुर्गी, १० आनाको मसला भनेजस्तै भएको छ,' नाम उल्लेख गर्न नचाहने एक प्लटु सञ्चालक भन्छन्। ती सञ्चालकका अनुसार घरभाडा, शिक्षक खर्च, सरसफाइ, विज्ञापनजस्ता कुरामा हुने खर्च जोड्दा प्रतिविद्यार्थी मासिक २ हजार हाराहारी खर्च हुन्छ। 
पोखरेलकै भनाइलाई आधार मान्ने हो भने पनि लगानीलाई निरन्तरता दिन, प्रत्येक वर्ष बजारमा उपस्थिति जनाउन र बजार जोगाइराख्न पनि त्यो लगानी बढाउँदै लानुपर्छ। ‘नर्सरीदेखि उच्च शिक्षाका सम्भावनामा फैलिँदै जाने हो भने त खर्च र लगानी बढाउँदै लानुपर्छ,' पोखरेलले भने। 
उच्च माविहरूले लिने शिक्षण शुल्कबाहेक पुस्तक, कलेज ड्रेस, यातायात, होस्टल, फर्निचर, स्टेसनरी, होर्डिङबोर्ड, फारमदेखि र विज्ञापनजस्ता अप्रत्यक्ष रूपमा जोडिने क्षेत्रले गरेको लगानीसमेत हेर्ने हो भने यसले निकै ठूलो हिस्सा ओगट्छ। नाम चलेका उच्च माविले विज्ञापनमा मात्रै २० लाख हाराहारीमा खर्च गर्ने गरेको स्विकार्छन्। यसबाहेक विद्यार्थी तान्न हुने शैक्षिक मेला, प्रतियोगिता र अन्य गतिविधिको हिसाबकिताबका आधारमा उच्च शिक्षामा भएको लगानीको यकिन तथ्यांक कतै छैन।
शिक्षाविदहरूले भने निजी क्षेत्रको लगानीको औचित्यमै प्रश्न उठाउने गरेका छन्। सरकारले पनि करौडौं खर्च गरेर प्लस टु चलाइरहेको अवस्थामा निजी क्षेत्रले गरेको लगानीले क्षणिक फाइदा दिए पनि दीर्घकालीन रूपमा बजारमा टिकिरहने चुनौती कलेजहरूले भोग्नुपर्ने उनीहरू बताउँछन्। अहिले प्रतिस्पर्धाका लागि बजारमा हुने विज्ञापनले कलेजहरूले बढी कमाइरहेका छन् जस्तो देखिए पनि त्यस्तो अवस्था नरहेको पोखरेलको भनाइ छ।
प्रतिस्पर्धात्मक बजारमा विद्यार्थीका लागि धेरै विकल्प हुनाले पनि कलेजहरूले लगानीको आधारमा बढी शुल्क असुल्ने अवस्था नरहेको सञ्चालहरू बताउँछन्। ‘कलेज चल्न प्राज्ञिक स्तर कायम राख्नसक्नुपर्छ, त्यसका लागि त्यो क्षमताका विद्यार्थीलाई दिने छात्रवृत्तिजस्ता कुरा हेर्दा विद्यार्थीले विद्यालय तहमा भन्दा कम शुल्कमा उच्च शिक्षा पाइरहेका छन्,' पोखरेलले भने।
ओरियन्ट कलेजका अध्यक्ष सुशील दाहालका अनुसार प्रत्यक्ष रूपमा लगानी नदेखिने क्षेत्रमा पनि कलेजहरूले थुपै लगानी गर्नुपर्छ। ‘प्लस टुहरूलाई आकर्षक भवन, प्रयोगशालाजस्ता भौतिक कुराबाट मात्रै मापन गरिन्छ,' दाहालले भने, ‘कस्तो पढाइन्छ, शैक्षिक वातावरण कस्तो छ, संस्कार र अनुशसन कस्तो सिकाउँछन् भन्ने पनि लगानी मूल्यांकनको आधार हुनुपर्छ।' उनी उच्च माध्यमिक शिक्षा परिषदको नतिजाउन्मुख शिक्षा पद्दतिले कहीँ नपुर्यााउन तर्क गर्छन्। 

लगानी असुल्ने समय 
वर्षभरि विद्यार्थी पढाउने कलेजले मासिक शुल्क, परीक्षा शुल्कका नाममा सीमित कारोबार गरे पनि अधिकांश कलेजको मूल सिजन एसएलसी नै हो। कलेजहरूले पूर्वाधार सुविधादेखि भवन र प्राज्ञिक क्षेत्रमा लगानी गर्ने भनेकै यही मौसममा विद्यार्थी तान्न हो। कलेजहरूले वार्षिक रूपमा गर्ने कारोबारको झन्डै ४० प्रतिशत कारोबार यही मौसममा हुन्छ।
हिसानको तथ्यांकअनुसार एसएलसी पास भएका कुल विद्यार्थीमध्ये निजी प्लस टुमा मात्र ३० प्रतिशतभन्दा बढी विद्यार्थी भर्ना हुने गर्छन्। निजी प्लस टुमा पढ्ने विद्यार्थीले विषयगत आधारमा छुट्टाछुट्टै रकम कलेजमा बुझाउनुपर्ने हुन्छ। कलेजको शुल्कका आधारमा निजी कलेजमा पढ्ने विद्यार्थीले विज्ञान विषय पढ्न वार्षिक ५० हजार, व्यवस्थापन पढ्न ४० हजार, मानविकी पढ्न ३० हजार र शिक्षा संकाय पढ्न २५ हजार शुल्क तिर्नुपर्ने अवस्था छ।
चर्को प्रतिस्पर्धामा टिक्न र अगाडि बढ्न पनि अहिले प्लसटुले तुलनात्मक रूपमा झन् धेरै लगानी बढाउनुपर्ने बेला आएको छ। सामान्य रूपमा चलेका कलेजले पनि अस्वस्थ बजारमा टिक्न ‘अन्डर द टेबल' खर्च गर्नुपर्ने बाध्यता रहेको केही सञ्चालक बताउँछन्। ‘अहिले पनि पढाइ हुने समयमा नआउने तर भर्ना मौसममा अनुगमन गर्न आउने टोलीलाई यही मौसममा चित्त बुझाइरहनुपरेको छ,' एक सञ्चालकले भने, ‘स्थानीय चुल्ठे–मुन्द्रे समूहदेखि उच्चमाविका प्रशासकलाई समेत चित्त बुझाउनुपर्छ।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस