काठमाडौं- सरकारले वर्षौंदेखि नवीकरण गर्न अटेर गरेका तथा भौतिक पूर्वाधार लगायत मापदण्ड पूरा नगरेका निजी अस्पताल तथा नर्सिङ होमहरूलाई कम्तीमा सात वर्ष छुट दिने भएको छ। स्वास्थ्य मन्त्रालय, चिकित्सा सेवा महाशाखा प्रमुख डा. गुणराज लोहनीले मापदण्ड पूरा गर्ने समयसीमा बढाउनेगरी निर्देशिका परिमार्जन गर्ने सहमति भएको जानकारी दिए।निजी अस्पताल सञ्चालकहरूले मापदण्ड पूरा गर्न १० वर्षको समय माग्दै आएका छन्। यसका लागि सुझाव दिन निजी अस्पताल सञ्चालकका प्रतिनिधिसहितको समिति गठन भएको छ। समितिको यसै साता बसेको बैठकमा पनि सञ्चालकहरूले १० वर्षे समयसीमा मागेका थिए। स्रोतका अनुसार अधिकांश सरकारी प्रतिनिधि ७ वर्ष छुट दिन सकारात्मक देखिएका छन्।
एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) का महासचिव गोपी न्यौपानले सरकार र अस्पताल सञ्चालक दुवै पक्ष सकारात्मक रूपमा आएको प्रतिक्रिया दिए। निर्देशिका जारी गर्ने समयमा सबैजना 'झुक्किएको' उनले बताए।
अस्पताल सञ्चालनसम्बन्धी २०६१ को निर्देशिका कार्यान्वयनमा वर्षौंदेखि अटेर गर्दै आएका अस्पताललाई कारबाही गर्न सरकारले गत पुसमा नयाँ निर्देशिका जारी गरेको थियो। निजी अस्पताल सञ्चालकहरूले नयाँ निर्देशिकासमेत मान्न अटेर गर्दै आएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त निर्देशिका तत्काल कार्यान्वयनका लागि निर्देशन दिइसकेको छ। मन्त्रालय भने निर्देशिका नै परिमार्जन गर्ने सहमतिमा पुगेको हो। देशभर ३ सय ६७ निजी अस्पताल सञ्चालनमा छन्।
निर्देशिकाअनुसार सञ्चालनमा रहेका अस्पतालको तीन वर्षभित्र आफ्नै भवन हुनुपर्ने लगायत गुणस्तर तथा पूर्वाधार मापदण्डसम्बन्धी व्यवस्था परिमार्जन गरेर समयसीमा बढाउने र अस्पतालले पुनः नवीकरण गर्नुपर्ने व्यवस्था खारेज गर्नसमेत मन्त्रालय सहमत भइसकेको स्रोतको दाबी छ। पछिल्लोपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशिका कार्यान्वयनका लागि मन्त्रालयलाई निर्देशन दिएलगतै अस्पताल सञ्चालकले आन्दोलनको चेतावनी दिएपछि सरकार सहमतिमा गएको हो।
अघिल्लो सरकारले पारित गरेको निर्देशिकाअनुसार पुस ३० मा सूचना जारी गरेर मन्त्रालयले एक महिनाभित्र पुनः दर्ताका लागि निवेदन मागेको थियो। अधिकांश अस्पतालले निवेदनै हालेनन्। पछि तीन/तीन वर्षमा नवीकरणको प्रावधान राखियो। अस्पतालहरूले भने पुनः दर्ता नगर्ने अडान कायम राखे। मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएन। लगत्तै अख्तियारले १५ दिनभित्र पुनः दर्ताका लागि अटेर गर्ने निजी अस्पतालको सञ्चालन अनुमति खारेज गर्न गत जेठ ५ मा स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो।
त्यसपछि स्वास्थ्य मन्त्रालयले पनि १५ दिने सूचना जारी गर्यो५। मन्त्रालय कडा रूपमा अगाडि बढ्ने छनक देखेपछि ३५ भन्दा बढी अस्पतालले पुनः दर्ताका लागि निवेदन दिए। अफिनले भने धर्ना, एम्बुलेन्स र्या्लीलगायत आन्दोलनको घोषणा र केही सञ्चालकले मन्त्रालयका उच्च अधिकारीसँग 'लबिङ' सुरु गरेका थिए।
डा. लोहनीले यसअघि अस्पतालहरूलाई पूर्वाधार पूरा नगरे पनि 'पेस्की स्वीकृति' दिँदा समस्या आएकाले यसलाई सल्टाउन सरकार लचिलो हुनुपरेको बताए। 'सरकार र व्यापारी दुवैको दोष देखियो,' उनले भने, 'दुवै पक्षको जित हुने बाटो खोज्दा यो परिस्थिति आयो।' निर्देशिकामा रहेका अन्य व्यवस्था भने परिमार्जन नहुने उनको भनाइ छ।
निर्देशिकाअनुसार स्वास्थ्य क्लिनिक, डाइग्नोस्टिक सेन्टर, पोली क्लिनिक तथा २५ शैयासम्मका अस्पतालका लागि सम्बन्धित जिल्ला स्वास्थ्य/जनस्वास्थ्य कार्यालयबाट, २६ देखि ५० शैयासम्मको अस्पतालका लागि सम्बन्धित क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट, ५१ शैऒ्ढयादेखि २ सय शैयासम्को अस्पतालका लागि स्वास्थ्य सेवा विभागबाट र दुई सय शैयाभन्दा माथिको अस्पतालका लागि मन्त्रालयमा सञ्चालन स्वीकृति लिनुपर्ने व्यवस्था छ। यसअघि १५ शैयासम्म क्षेत्रबाट, ५० सम्म विभाग र एक सयसम्म मन्त्रालयबाट स्वीकृति लिने प्रावधान थियो।