इराकमा अपहरित चार नेपाली मुक्त
०६ असार २०७१
•
१ मिनेट पाठ
इराकमा अपहरित चार नेपाली मुक्त
काठमाडौं- पाकिस्तानस्थित नेपाली दूतावासले इराकी विद्रोही समूहको अपहरणमा परेका चार जना नेपाली शुक्रबार मुक्त भएको पुष्टि गरेको छ। विद्रोही समूहले चार जना नेपाली सहित ४८ जना विदेशी मजदुरलाई अपहरण गरेको चार दिन पछि छोडेको पाकिस्तानका लागि नेपाली राजदूत भरतराज पौड्यालले टेलिफोनबाट नागरिकन्युजलाई बताए।‘अपहरणमा परेका चार जना नेपाली शुक्रबार अपहरण मुक्त भएका छन्,’ राजदूत पौड्यालले भने, ‘उनीहरु छिट्टै नेपाल फर्कन्छन्।’ राजदूत पौड्यालले अपहरण मुक्त भएका चार नेपालीसँग आफ्नो कुराकानी भएको जनाए । सुरक्षाका कारण अपहरणमा परेका नेपालीको नाम र ठेगान अहिले उल्लेख गर्न नमिल्ने उनले बताए।




चार नेपाली सहित विदेशी कामदारलाई इराकी विद्रोही समूहले टिक्रिक सहर नजिकबाट अपहरण गरेका थिए। उनीहरुलाई सुन्नी विद्रोहीले अपहरण गरेका थिए। टिक्रिक सहरमा निर्माण भइरहेको अस्पतालमा काम गर्ने नेपाल। टर्की, बंगलादेश, तुर्केमिनिस्तान र अजरबैजानका कामदारहरुलाइए उनीहरुले बन्दक बनाउका थिए। क्रिकुक र टिक्रिक बीचको चेक पोइन्टमा उनीहरुलाई अपहरणकारीले हस्तान्तरण गरेका थिए।
अर्को समाचार
इराकमा अपहरित नेपाली सहित ४८ रिहा (अपडेट)
०६ असार २०७१
•
४ मिनेट पाठ
इराकमा अपहरित नेपाली सहित ४८ रिहा (अपडेट)
काठमाडौं– इराकी विद्रोही समूहको अपहरणमा परेका नेपाली सहित ४८ वैदेशिक मजदूर मुक्त भएका छन्। अस्पताल कन्स्ट्रक्सन मदूरको रुपमा काम गर्ने उनीहरु चार दिन अघि सुन्नी विद्रोहीको अपहरणमा परेका थिए।समाचार एजेन्सी एपीका अनुसार टिक्रिक सहरमा निर्माण भइरहेको अस्पतालमा काम गर्ने नेपाल, टर्की, बंगलादेश, तुर्केमिनिस्तान र अजरबैजानका कामदारलाई त्यहाँको विद्रोही समूहले बन्दक बनाएको थियो। 'चार दिन अघि हर्मिन पहाड नजिकैबाट अपहरणमा परेका कामदारहरुलाई मुक्त गरिएको छ', क्रिकुक प्रान्तका प्रहरी उपप्रमुख तोराहन अब्दुलरहमानले भनेका छन्- 'क्रिकुक र टिक्रिकबीचको चेकपोइन्टमा उनीहरुलाई हस्तान्तर गरिएको हो।'




अपहरणमुक्त भएकाहरुलाई प्रहरीले आफ्नो साथमा राखेको जनाएको छ। प्रहरी उपप्रमुख अब्दुलरहमानले उनीहरुलाई छिटै स्वदेश फर्काइने बताए। 'हामीले उनीहरुलाई क्रिकुक ल्याएका छौं। उनीहरुलाई चाँडै उनीहरुको मुलुक फर्काइनेछ।'

अपडेट नेपाली समय १८२५

परराष्ष्ट्र मन्त्रालयले सम्पर्क गर्ने टेलिफोन र इमेल सार्वजनिक गर्‍यो

काठमाडौं, असार ६ (नागरिक) – परराष्ष्ट्र मन्त्रालयले इराकमा रहेका आफ्ना परिवारका सदस्य, इष्टमित्र तथा साथीभाइ भएका सर्वसाधरण नेपालीले उनीहरुको विषयमा सूचना सरकार समक्ष प्रवाह गर्न सकून भनेर शुक्रबार टोल फ्री टेलिफोन नम्बर र इमेल ठेगाना सार्वजनिक गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको टोल फ्री नम्बर १६६०–०१–००१८६ रहेको छ। rescue@mofa.gov.np इमेल ठेगाना पनि मन्त्रालयले सार्वजनिक गरेको छ।

इराममा द्वन्द्व चर्किदै गएपछि सरकारले त्यहाँ रहेका नेपालीको उद्धार प्रक्रिया अघि बढाउन टोल फ्रि नम्बर र इमेल ठेगाना सार्वजनिक गरेको हो। सरकारले वैदेशिक रोजगारको सिलसिलामा इराक जान प्रतिबन्द लगाएको भएपनि त्यहाँ अवैध गएका १५ हजारको हाराहारीमा नेपाली कामदार रहेको अनुमान छ।

अचानक उद्धार कार्य सुरु गर्नुपरे नेपालीहरु कहाँ कहाँ कति छन् भन्ने पहिचान गर्न शुक्रबार टोल फ्रि नम्बर र इमेल ठेगाना सार्वजनिक गरिएको छ। टोल फ्रि नम्बर र इमेल ठेगानामा इराकमा कार्यरत नेपालीका यहाँ रहेका आफन्तले उनीहरुको विवरण टिपाउन सक्ने छन्। मन्त्रालयले उनीहरुका आफन्तलाई इराकमा रहेकाको विवरण टिपाउन आग्रह समेत गरेको छ।

इराकका इस्लामीक समुहले केही नेपाली लगायत विदेशीलाई अपहरण गरेको खबर बिभिन्न अन्तराष्ट्रिय सञ्चार माध्याममा आएपछि सरकारले उद्धार प्रक्रियाको थालनी गरहेको हो। सरकारले शुक्रबार नै त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्कन आव्हान समेत गरेको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस