काठमाडौं- पहिले–पहिले जुनको दोस्रो सातातिर भित्रिने मनसुन यस वर्ष डेढ साता ढिलो शुक्रबारबाट सुरु भएको छ। जलवायु तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार शुक्रबार नेपाल भित्रिएको मनसुन नेपालको पूर्व, मध्य र पश्चिम क्षेत्रमा प्रभाव जमाउँदैछ।
उनका अनुसार यसपालि मनसुनी प्रभाव भने औसतमा कम हुनेछ। 'यसपालि धेरै स्थानमा वर्षाको मात्रा र प्रभाव कमजोर हुनेछ,' उनले आँकलन गरे।
मौसमविदका अनुसार नेपालमा जुनको दोस्रो सातातिर भित्रिएर मनसुन करिब सय दिन रहन्छ। यस अवधिमा १ हजार ३ सय २५ मिलिमिटर वर्षा हुन्छ। यो वर्ष मनसुन प्रवेश मार्ग मानिने दक्षिण भारतको केरला र बंगलादेशको चटगाउ“मै मनसुन ढिला आइपुगेको थियो।
नेपाली आकाशमा स्थानीय मौसमी चक्रको प्रभावसँग मनसुनको भेट भइसकेको र यो केही दिनमै बिस्तारै स्थानीय चक्रलाई धकेल्दै पूरै देशभरिको आकाशमा फैलने मौसमविद्हरु बताउँछन्।
गत वर्ष करिब चार दिन ढिलो भित्रिएको मनसुस झन्डै ३५ दिन ढिलो कात्तिक २ (अक्टोबर १९) मा बिदा भएको थियो।
मौसमविद् प्रधानांगका अनुसार यस वर्ष प्रशान्त महासागरमा 'इलनिनो' नामक क्षेत्रीय मौसमी गतिविधि सक्रिय भएकाले यसको प्रभाव कमजोर देखिएको छ। प्रशान्त महासागर तात्ने, तातो हावा र पानीले मनसुन प्रक्रियामा पार्ने प्रभावलाई 'इलनिनो' भनिन्छ। यस्तो हावाले पानी र हावालाई दक्षिण अमेरिकातर्फ धकेल्छ र मनसुन कमजोर पार्छ।
गत अप्रिल १४ देखि २३ सम्म भारतको पुनेमा दक्षिण एसियाका राष्ट्रबीच भएको 'क्लाइमेटिक आउटब्रेक फोरम' को पाँचौँ बैठकले पनि यस वर्ष नेपालमा मनसुनी प्रभाव औसत या अझ कम हुने प्रक्षेपण गरेको थियो।
महाशाखाका अनुसार शुक्रबार पूर्वी नाकाबाट भित्रिएको मनसुनले एकै दिन मध्यक्षेत्रको समेत अधिकांश भाग ढाकिसकेको छ। शनिबार पश्चिम क्षेत्रतर्फ अगाडि बढिरहेको मनसुनी वायुका कारण तीनै क्षेत्रमा शुक्रबार राति र शनिबार बिहानदेखि वर्षा जारी छ। यसले केही दिनमै पूरै नेपालमा प्रभाव जमाउनेछ।
गत २४ घन्टामा सबैभन्दा बढी भैरहवामा ७७.५ मिलिमिटर वर्षा भएको छ भने सबैभन्दा कम धरानमा १ मिलिमिटर। सबैभन्दा बढी पानी परेका क्षेत्रमा ओखलढुंगामा ५४.९, वीरेन्द्रनगरमा ४७.६, काठमाडौंमा ४१.६ र दाङमा ३९ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।