इलाम— 'फष्ट डिभिडन पक्का' भन्दै रिजल्टपूर्व रमाइरहेकी चमैंताकी निलम राई एसएलसी फेल भइन् । स्थानीय डम्बरदेवी उच्च माविकी जेहेन्दार छात्रा फेल हु"दा शिक्षक र अभिभावकसमेत दुःखी भए । सबै विषयमा राम्रो अंक ल्याएकी उनले ऐच्छिक गणितमा २३ मात्रै ल्याइन् । पास माक्र्स अर्थात ३२ मात्रै आएको भए उनी अपेक्षाअनुसारै फस्ट डिभिजनमा उत्तीर्ण हुने थिइन् ।
सोही विद्यालयका प्रिजेण्ट गुरुङ सामाजिकमा सफल भए । सबै विषयमा नतिजा राम्रो ल्याउने अपेक्षाविपरीत एउटामा दागी लाग्दा उनीमाथि 'एसएलसी फेल' को ट्याग लाग्यो । एउटा विषयमा कम माक्र्स ल्याउ"दा फेल हुनुपरेपछि निलम र प्रिजेण्ट 'रिटोटल' तिर लागेका छन् । आशलाग्दा विद्यार्थी चिप्लिएपछि विद्यालय पनि कतै नतिजा सुल्टिन्छ कि भनेर 'रिटोटल'मै सघाउ"दैछ ।
पहिल्यैदेखि 'हाउगुजी' बनेर आउने एसएलसीमा एक, दुईटा विषय दागी लाग्दा फेल हुने विद्यार्थी चमैंतामा मात्रै होइन, जिल्लाबाट परीक्षामा सहभागी ८६ सामुदायिक विद्यालयमध्ये सबैमा उत्तिकै छन् । घट्दो उत्तीर्ण दरप्रति चौतर्फी चिन्ता र चर्चा भइरहेका बेला एक या दुई विषयमा विद्यार्थी फेल हुनुलाई सरोकारवालाले 'अधुरो सिकाइ' मुख्य कारण देखाउ"दै सुधार्नुपर्ने बताएका छन् ।
'सबै विषयमा राम्रो अंक ल्याएर एउटामा असफल हु"दा विद्यार्थी बढी निराश हुन्छन्' इलामका जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले आइतवार भने, 'लद्दु विद्यार्थी एउटामा मात्रै फेल हु"दैन, जान्ने विद्यार्थी नै एउटा, दुईटामा चिप्लिने हो, यसको कारण अधुरो सिकाइ हो ।' पाठ्यक्रमका विषयवस्तु समयभित्रै पढाई नहुने र भए पनि विद्यार्थीले सिकिनसक्ने हु"दा यस्तो समस्या निम्तिएको हो ।
ठूलो धनराशी सामुदायिक विद्यालयमा खर्चिए पनि त्यहा" अध्ययनरत विद्यार्थीको सिकाई कमजोर छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र र शिक्षा कार्यालयले गरेको एक सर्वेक्षण अनुसार, इलाममा सिकाइ उपलव्धिको अवस्था कमजोर पाइएको हो । यसले पढाएको छर्लङ्ग नहुने र हतारमा कोर्स सक्ने देखिन्छ । कार्यालयका अनुसार, उपलव्धि हासिल गर्नेमा इलाम पूर्वाञ्चलमा १३ औं स्थानमा पर्छ ।
इलाममा सामुदायिक शिक्षाका लागि वार्षिक ७२ करोड ९५ लाख रुपैयाँभन्दा बढी खर्चिइन्छ । तर, लगानीअनुसारको प्रतिफल छैन । विद्यार्थीलाई सिकाउनकै लागि जिल्लामा दुई हजार दुई सय ९५ शिक्षक कार्यरत छन् । उनीहरुको तलब–भत्तामा मात्रै बर्षमा ४७ करोड ९८ लाख एक हजार ३७ रुपैयाँ वर्षेनी लगानी हुन्छ । तर, यसपल्टको एसएलसीमा विद्यार्थी उत्तीर्ण दर १३.८८ प्रतिशत मात्र छ ।
परीक्षा दिनेक्रममा विद्यार्थीले पाठ्यक्रमको ५० प्रतिशत सिकेको नहुने स्विकार्दै कार्यालयले नतिजा खस्किएको जनाएको छ । अंग्रेजी, विज्ञान र गणित विषयको सिकाइ उपलब्धि सबैभन्दा कमजोर छ । मावि तहमा गणितको सिकाइ उपलव्धि सबैभन्दा कम २६ प्रतिशत छ । त्यस्तै, अंग्रेजी र विज्ञानको उपलब्धि ३८ प्रतिशत छ । त्यसैले एसएलसी फेलको कारण यसलाई देखाइएको हो ।
'सिकाइ उपलव्धि कम भएकैले पोहोरको एसएलसीमा ४५ प्रतिशत विद्यार्थी गणित, ४० प्रतिशत विज्ञान, ३१ प्रतिशत अ"ग्रेजी र २६ प्रतिशत सामाजिकमा अनुत्तीर्ण भएका थिए' पुरीले नागरिकसित भने, 'अब त्यस्तो दोहोरिन नदिन सुधारका प्रभावकारी कार्यक्रम ल्याउ"छौं ।' उनले राम्रो नतिजा हासिल नगर्ने विद्यालयको सुविधा कटौती गर्नेदेखि शिक्षकको ग्रेड काट्ने बताए ।
कार्यालयका अनुसार, प्रावि तहमा अंग्रेजीको ४८, गणितको ४९ र विज्ञान तथा स्वास्थ्य शारिरिक विषयको सिकाइ उपलब्धि ४९ प्रतिशत छ । निमाविमा अ"ग्रेजीको ३५, गणितको २९ र विज्ञानको ३९ प्रतिशत छ । जिल्लामा कुनै पनि विषयको सिकाइ उपलब्धि ५० प्रतिशत नाघेको छैन । तहगत रुपमा प्रावि र निमाविभन्दा माविको उपलव्धि थोरै छ ।