काठमाडौं– सरकारले अदालतको अपहेलनासम्बन्धी विधेयक संवैधानिक सर्वोच्चता, नागरिक तथा प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत नभएको स्पष्ट पारेको छ।कानुन मन्त्रालयका सहसचिव टेकप्रसाद ढुंगानाले सोमबार विज्ञप्ति जारी गर्दै व्यवस्थापिका संसदमा दर्ता गराएको अदालतको अपहेलनासम्बन्धी विधेयकमा नागरिक स्वतन्त्रता, विधिको शासन र प्रेस स्वतन्त्रता कुण्ठित हुने कुनै प्रावधान नराखिएको जनाएका छन्। सरकारले संसदमा पेस गरेको विधेयकमाथि व्यवस्थापिका संसदमा पुनरावलोकन र परिमार्जन हुन सक्ने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, 'जनप्रतिनिधि संस्थाको अधिकार सुरक्षित नै रहेको छ।'
विधेयकमा हाल प्रस्ताव गरिएको सजायको व्यवस्था कुनै नौलो र थप व्यवस्था नभएको समेत विज्ञप्तिमा स्पष्ट पारिएको छ।
विधेयकमा हाल प्रस्ताव गरिएको सजायको व्यवस्था कुनै नौलो र थप व्यवस्था नभएको समेत विज्ञप्तिमा स्पष्ट पारिएको छ।