डडेल्धुरा- क्रान्तिकारी शिक्षकका केन्द्रीय सल्लाहकार परिषद सदस्य रमेशबहादुर ऐर सदरमुकामस्थित महेन्द्र नमुना उच्च माध्यमिक विद्यालयमा पढाउँछन्। उनी गणित विषयका माध्यमिक शिक्षक पनि हुन्। उनको विद्यालयबाट ९२ जना विद्यार्थीले एसएलसी दिएकोमा १० जनामात्रै उत्तीर्ण भए। उच्चमाविमै नेपाल शिक्षक संघका पूर्व केन्द्रीय पार्षद प्रेमराज बोहरा, शिक्षक संघकै पूर्व पदाधिकारी अशोक बमलगायत पनि पढाउँछन्।नेता शिक्षकले पढाउँदै आएका विद्यालयको नतिजा नराम्रो मात्र होइन, एकदमै कमजोर पाइएको छ। शिक्षक नेता भएको विद्यालयका सयौं विद्यार्थीमध्ये २–४ जनामा मात्रै उत्तीर्ण भएका छन्। पेसागत शिक्षक संघ–संगठनका अध्यक्षलगायत जिम्मेवार पदमा रहेर काम गरिरहेका नेता शिक्षकले पढाएको विद्यालयको नतिजा निकै खस्किएको पाइएको छ।
एसएलसी २०७० को नतिजाले डडेल्धुराका अधिकांश नेता शिक्षकको विद्यालयको नतिजा खस्केको देखाएको हो। परिणामले नेता शिक्षक शिक्षणमा व्यस्त भए या राजनीतिमा भन्ने प्रश्न उब्जाएको छ। नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष शेरबहादुर ठगुन्नाले पढाउने सिद्धनाथ उच्च माध्यमिक विद्यालयको एक प्रतिशत नतिजा आयो। ८५ जना विद्यार्थीले एसएलसी दिएकोमा एकजना मात्रै उत्तीर्ण भए। नेपाल शिक्षक संघका जिल्ल्ाा अध्यक्ष वीरभान शाहीले पढाउने सरस्वती उच्चमावि बोगटामा ४९ जना विद्यार्थीले परीक्षा दिएकोमा ४ जना मात्रै सफल भएका छन्। 'शिक्षक नेताले शैक्षिक सुधारमा काम गर्न सक्नुभएको छैन,' जिल्ला शिक्षा अधिकारी दुर्गादत्त बिष्टले भने, 'नेतागिरीभन्दा पहिले शैक्षिक सुधार गर्नु जरुरी छ।' डडेल्धुराका ६४ माध्यमिक विद्यालयमध्ये ४० भन्दा बढी विद्यालयको नतिजा न्यून आएको छ।
नेपाल शिक्षक युनियनका अध्यक्ष कर्णबहादुर मडैले अध्यापन गराउने गोविन्दपुरी मावि लामिकाँडेबाट ३० विद्यार्थी सहभागी भए पनि चौथाइभन्दा कम ८ जनामात्र उच्च शिक्षाका लागि योग्य भए। प्रतिशतलाई आधार मान्दा यो संख्या परीक्षामा सामेल विद्यार्थी संख्याको २६ दशमलव ६६ प्रतिशत हुन आउ“छ। यसैरी नेपाल शिक्षक संघका नेता शिक्षक हरिश मालीले पढाउने बैजनाथ मावि सलेतामा पनि कम विद्यार्थी उत्तीर्ण भए। 'शिक्षकले पढाइभन्दा राजनीतिमा बढी ध्यान दिएका कारण यस्तो अवस्था आएको हो,' स्थानीय सुरेशदत्त जोशीले भने, 'पढाइ प्रभावकारी बनाउने मुख्य जिम्मेवारी नेता शिक्षकको पनि हो।'
शिक्षक नेताहरु पार्टी राजनीतिमा बढी सक्रिय भइरहेका कारण धेरै समस्या आएको अभिभावकको गुनासो छ। शिक्षक नेता भएका अधिकांश विद्यालयले १० प्रतिशत विद्यार्थी पनि उत्तीर्ण गराएका छैनन्। शिक्षा नियमावलीमा १० प्रतिशत उत्तीर्ण गराउन नसक्ने विद्यालयलाई कारबाही गर्ने व्यवस्था छ।
नेपाल शिक्षक संघका सचिव भोजराज भट्टले अध्यापन गराउने वीर बलभद्र उमावि कोटेलीबाट ७४ विद्यार्थीले परीक्षा दिएकोमा ९ जनामात्रै सफल भएका छन्। अधिकांश शिक्षकले राजनीतिलाई प्राथमिकतामा राखेका काम गरेका कारण सामुदायिक विद्यालय खस्केको हो। ‘शिक्षक नेता भएकै कारण समस्या होइन, पढाइमा शिक्षक, अभिभावक र विद्यार्थीको त्रिपक्षीय सहकार्य हुनुपर्छ,' नेपाल शिक्षक संघ डडेल्धुराका सचिव भोजराज भट्टले भने, 'शिक्षकको मात्रै सबै दोष होइन।'
शिक्षकले राजनीतिसँगै शैक्षिक कामलाई बढी समय दिनुपर्ने शिक्षक अशोक बमले बताए। उनका अनुसार शिक्षकहरूले अधिकांश समय संघ–संगठनको काममा लागेर विद्यालयको शैक्षिक अवस्था सुधारतर्फ कम ध्यान दिएकाले शिक्षक नेता भएका विद्यालयको नतिजा कमजोर देखिएको हो। शिक्षकले १० देखि ५ बजेसम्म विद्यालयमा समय दिएर बाँकी समयमा राजनीतिक काममा लाग्नुपर्ने भए पनि छलफल, सेमिनार, गोष्ठी र दलका कार्यक्रममै बढी व्यस्त हुने गरेका छन्।