साढे चार महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर
२५ भदौ २०७८
•
२ मिनेट पाठ
साढे चार महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर
पशुपतिनाथाको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ। नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। साढे चार महिनापछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ।




कोरोना जोखिम कम भए पनि पूर्ण रूपमा नहटेकाले मन्दिर दिउँसो १ बजेसम्म मात्र खुला गरिने कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए। पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने छ। एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराउन थालिएको छ।

मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ। एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था मिलाइएको छ। विशेष पूजा भने आजदेखि खुला नगरिएको पशुपति विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए।

आज बिहानदेखि मन्दिर खोल्न बुधबार नै सुरक्षा समितिको बैठक बसी तयारी गरिएको उनले सुनाए। साढे चार महिनापछि खोलिएको मन्दिरमा भक्तजनलाई सहज तरिकाले दर्शन गराउन आवश्यक सबै तयारी गरिएको कोषले जनाएको छ। साढे चार महिना भक्तजनका लागि मन्दिर बन्द गर्नुपरेकामा बिहीबार कोषले क्षमापूजा गरेको थियो।

विसं २०७६ चैतमा नेपालमा पहिलोपटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। विसं २०७६ चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान ६ देखि दिउँसो १ बजेसम्म खुला गरिएको थियो। विशेष पूजा भने फागुन २५ गते महाशिवरात्रिदेखि मात्र शुरु गरिएको थियो।

महाशिवरात्रिका अवसरमा गत वर्ष फागुन २७ गतेदेखि मात्र साविकबमोजिम नै पूरा समय मन्दिर खुला गरिएको थियो। यसपटक पनि कोरोना जोखिमको मात्रा हेरेर विशेष पूजा, साविकबमोजिम नै मन्दिर खुला लगायत निर्णय गरिने कोषले जनाएको छ।

कोरोना महामारीका कारण विसं २०७७ र २०७८ साउन एवं हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मूल मन्दिर बन्द गरिएको छ। आजदेखि पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरी, चन्द्रविनायक लगायत मन्दिर पनि भक्तजनका लागि खुला गरिएको कोषले जनाएको छ। आज गणेश चतुर्थी पर्व परेकाले चन्द्रविनायक मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ।
अर्को समाचार
पशुपतिनाथको सम्पत्ति: नगद अढाई अर्ब, जग्गा ५१ सय रोपनी
२५ फागुन २०८०
•
२ मिनेट पाठ
पशुपतिनाथको सम्पत्ति: नगद अढाई अर्ब, जग्गा ५१ सय रोपनी
पशुपतिनाथ मन्दिरका नाममा विभिन्न बैंकमा दुई अर्ब ६५ करोड रुपैयाँ छ। यसैगरी पशुपतिनाथ मन्दिरका नाममा पाँच हजार एक सय ७२ रोपनी जग्गा रहेको पाइएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजु खत्रीका अनुसार पशुपतिनाथ मन्दिरमा भेटीबापत दैनिक २ लाखदेखि साढे दुई लाख रुपैयाँसम्म जम्मा हुन्छ।  




पशुपतिनाथ मन्दिरमा शिवरात्रिका बेला विशेष पूजा गर्नेले एसबिआई बैंकमा १५ हजार एक सय रुपैयाँ जम्मा गरेको भौचर जम्मा गर्नुपर्छ। अरू बेला विशेष पूजा गर्नका लागि दुई हजार एक सय रुपैयाँ जम्मा गरेको भौचर कोषलाई बुझाउनुपर्ने व्यवस्था रहेको सदस्य सचिव खत्रीले बताए। 

उनका अनुसार भेटी तथा विशेष पूजाबापत जम्मा भएको रकम विभिन्न वाणिज्य बैंकमा जम्मा गरिएको छ। कोषका अनुसार पशुपतिनाथ मन्दिरको जग्गा भाडामा लगाएबापत वार्षिक नौ करोड रुपैयाँ उठ्छ। तारागाउँ विकास समितिले पशुपतिनाथ मन्दिरको स्वामित्वमा रहेको ६ रोपनी जग्गा प्रयोग गर्दै आएको छ। उक्त जग्गा प्रयोग गरेबापत तारागाउँले वार्षिक ४९ हजार रुपैयाँ बुझाउँदै आएको छ। 

पशुपतिनाथ मन्दिरका नाममा रहेको जग्गा अतिक्रमण गर्ने क्रम पनि बढेको छ। अतिक्रमणमा परेको मन्दिरको जग्गा खोज्न बेलाबेलामा समिति बनाइँदै आएको छ। कोषका एक पदाधिकारीका अनुसार पशुपतिनाथ मन्दिरको स्वामित्वमा अहिले पाँच हजार एक सय ७२ रोपनी, चार आना तीन पैसा जग्गा भएको पाइएको छ। 

यसमध्ये एक हजार पाँच सय पाँच रोपनी जग्गा अतिक्रमणकारीबाट मन्दिरका नाममा ल्याइएको ती पदाधिकारीले बताए। पशुपतिनाथ मन्दिरको स्वामित्वमा रहेको भनिएको दुई सय ३१ रोपनी १० आना जग्गा पहिचान गर्न बाँकी रहेको कोषका पदाधिकारीको भनाइ छ।  

कोषका अनुसार पशुपतिनाथ मन्दिरको एक हजार १६१ रोपनी चार आना तीन पैसा जग्गा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले प्रयोग गरिरहेको छ। यसैगरी तारागाउँ विकास समिति मोही रहेको १७ रोपनी जग्गा भेटिएको छ। विकास कोषका अनुसार पशुपतिनाथ मन्दिरको नाममा रहेका नौवटा पोखरीमध्ये ६ वटाको अस्तिŒव अहिले छैन। 

करिब सय वर्षअघि बनाइएको अनुमान गरिएका ती पोखरी लोप भएपछि कोष खोजीमा जुटेको छ।कोषका अनुसार नौवटा पोखरी करिब ३/३ आनामा बनेको अभिलेख छ। तीमध्ये धर्मशाला पोखरी, राजराजेश्वरी पोखरी, हंशमण्डप पोखरी, वनकाली पोखरी र भण्डारखाल पोखरी पशुपति क्षेत्रभित्रै रहेको अभिलेख छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस