पोखरा-एक सुत्केरी महिलाको मृत्युको विषयलाई लिएर आफन्तले दबाब दिएपछि आन्दोलनमा उत्रिएका मणिपाल शिक्षण अस्पतालका डाक्टर सेवामा फर्किएका छन्।असार ९ देखि उनीहरुले आकस्मिक सेवा समेत ठप्प पारेका थिए। सुरक्षाको प्रत्याभूति नभएको भन्दै उनीहरुले काम गरेका थिएनन्। कास्कीका प्रहरी प्रमुख एसपी वसन्त लामाले बुधबार आन्दोलित डाक्टरहरुलाई भेटी सुरक्षा प्रत्याभूति दिने आश्वासन दिएका थिए।
‘प्रहरी प्रमुखबाट सुरक्षा दिने कुरा आयो। अस्पतालका डिनले पनि कमकमजोरी सुधार्ने आश्वासन दिनुभयो,'’ डा. दीपक कोइरालाले नागरिकसँग भने, ‘त्यसपछि बुधबार ११ बजेदेखि सबै साथीहरु काममा जुट्नुभएको छ।’ अस्पतालका डिन बिएम नागपालले डाक्टरहरुलाई भेटी आफूहरुले सुधार्नुपर्ने विषयको जानकारी लिखित रुपमा गराउन आग्रह गरेका थिए।
मणिपाल अस्पतालमा झन्डै ७५ जना डाक्टर छन्। नेपाली र भारतीय दुवैथरी डाक्टरले सुरक्षा नभएको भन्दै आन्दोलनमा सहभागिता जनाएका थिए। व्यवस्थापनले डाक्टरहरुका गुनासा सुनुवाइ गर्ने आश्वासन दिएपछि बुधबारदेखि सेवा सुचारु भएको अस्पतालको मानव संसाधन शाखाका वीरेन्द्र यादवले नागरिकलाई जानकारी दिए।
पोखरा—१० काजीपोखरीकी सीता गिरीको शुक्रबार भएको मृत्युमा डाक्टरको दोष रहेको भन्दै आफन्तले दबाब दिएका थिए। त्यसक्रममा दुई दिनसम्मको तनावपछि सोमबारदेखि डाक्टरहरु नै आन्दोलनमा उत्रिएका थिए। सुत्केरीका आफन्तका कारण मात्रै नभई प्रहरीबाटै पनि सुरक्षा नभएको ठानी आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ थियो। ३८ वर्षीया गिरीको बिहीबार अप्रेसन गरी सकुशल बच्चा निकालिएपछि भोलिपल्ट निधन भएको थियो।