वीर अस्पतालमा चरम आर्थिक संकट
१३ असार २०७१
•
७ मिनेट पाठ
वीर अस्पतालमा चरम आर्थिक संकट
काठमाडौं- मुलुककै ठूलो सरकारी अस्पताल वीर र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) चरम आर्थिक संकटमा गुजि्रएका छन्। अस्पतालको आम्दानी घटेको र सरकारले दिने अनुदान पनि घटाएकाले संकटको अवस्था आएको हो।पछिल्लो समय आर्थिक संकटकै कारण वीरमा चिकित्सक र कर्मचारीले वैशाखदेखि तलबसमेत पाएका छैनन्। अस्पतालले तत्काल संकट टार्न उपकरण खरिदका लागि दिएको सशर्त पूँजीगत अनुदानबाट ऋण सापटी लिएर वैशाखको तलब खुवाउनुपर्ने अवस्था आएको निर्देशक डा.बुलन्द थापाले बताए।
सुरुको चरणमा स्थायी कर्मचारीलाई मात्रै तलब दिने भनेपछि अस्पतालका अस्थायी, करार र ज्यालादारी कर्मचारीले आइतबारदेखि आकस्मिकबाहेक सेवामा काम नगर्ने चेतावनी दिएको डा. थापाले बताए। अस्पताल लेखा अधिकृत नवराज कोइरालाका अनुसार संकटकै कारण अस्पतालले माघदेखि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र करकट्टी रकमसमेत पठाएको छैन।
वीरमा अीधकांश शऒ्ढया, परीक्षण र अन्य सेवा निःशुल्क हुँदा आम्दानी न्यून छ। अस्पतालले प्रत्येक महिना करिब ४० देखि ५० लाख बराबरको सेवा निःशुल्क दिन्छ। ४ सय ६० शऒ्ढयाको अस्पतालमा ३ सय ३१ शऒ्ढया पूर्ण निःशुल्क छ। सशुल्क शऒ्ढयाको पनि प्रतिदिन १ सय ५० शुल्क छ। न्याम्सअन्तर्गत पढ्ने पिजी विद्यार्थी पनि सरकारको आरक्षण सिटमा निःशुल्क पढाइने र स्वास्थ्य मन्त्रालयले त्यसको सोधभर्ना पनि नदिने चरम आर्थिक संकटको अवस्था आएको कोइरालाले बताए। प्रतिष्ठान स्थापनापछि हालसम्म झन्डै ७२ करोड शुल्क बराबरको चिकित्सक उत्पादन गरेको न्याम्सले जनाएको छ। 
चालु आर्थिक वर्षमा वीर अस्पतालका लागि सरकारले निःशर्त चालु अनुदानतर्फ ३५ करोड ३१ लाख दिएको थियो। त्यसैगरी उपकरण खरिदका लागि ११ करोड ८० लाख छुट्याएको थियो। चालु बजेटले नपुग्ने जानकारी स्वास्थ्य मन्त्रालयलाई पहिल्यै गराएपछि मन्त्रालयले पछि अर्थबाट थप बजेटका लागि पहल गर्ने प्रतिबद्धता गरेको थियो। सोहीअनुसार स्वास्थ्यमार्फत् अर्थ मन्त्रालयसँग वैशाखमा नै अस्पतालले झन्डै २२ करोड ३० लाख माग गरेको थियो तर अर्थले स्वास्थ्यलाई सो रकम दिन नसक्ने जवाफ दिइसकेको छ। अस्पतालमा बाँकी अवधिको तलब खुवाउन करिब ७ करोड, माघदेखिको विभिन्न कोषकट्टीका लागि ३ करोड, करिब साँढे ७ करोड पुरानो भुक्तानी र उपकरण खरिदको भुक्तानीसमेत बाँकी छ।
तलब खुवाउन नसकेपछि कर्मचारीले कामै नगर्ने चेतावनी दिएकाले थप बजेट आउने आसमा पूँजीगत बजेट ऋण सापटी लिएर वैशाखको तलब खुवाउन लागिएको डा.थापाले बताए। तलब नपाएपछि कर्मचारीले दैनिकजसो उपकुलपति र अस्पताल निर्देशकको कार्यकक्षमा गुनासो गरिरहेका छन्। उनीहरुले आइतबारदेखि आकस्मिकबाहेकका सेवा नदिने जानकारी गराइसकेको डा.थापाले बताए।
अर्कोतिर अस्पतालले पूँजीगततर्फको ११ करोड ८० लाखबाट १४ प्रकारका उपकरण खरिदका लागि टेन्डरसमेत आह्वान गरिसकेको छ। 'एकातिर टेन्डर खुलिसक्यो, पछि चालु खर्च आउला भनेर उपकरण किन्न छुट्याइएको रकम पनि खर्च गरिसक्यौं,' डा.थापाले भने, 'थप बजेट नआउँदा त उपकरण खरिद प्रक्रिया नै स्थगित गर्नुपर्छ।' 
५ सय ३५ प्रतिष्ठानतर्फ र ६ सय २९ सरकारतर्फका कर्मचारी छन्। प्रतिष्ठानतर्फका कर्मचारीलाई तलब र ५० प्रतिशत हेल्थ हेजार्ड भत्ता पनि अस्पतालको आम्दानीबाटै खुवाउनुपर्छ भने सरकारी कर्मचारीका लागि पनि भत्ता प्रतिष्ठानले नै बेहोर्नुपर्छ। यो आधारमा मन्त्रालयले दिने अनुदान बराबरको रकम (३२ करोड) तलबभत्तामै खर्च हुन्छ। मन्त्रालयले दिएको ३५ करोड अनुदानबाट तलबसँगै अस्पतालले दिने निःशुल्क सेवा, अस्पतालजन्य सामान खरिद, सेवा परामर्श कार्यमा हुने खर्च, तलब भत्ता, पोसाक, कार्यसञ्चालन र मर्मतमा खर्चिनुपर्छ। यस्तो खर्च वार्षिक रुपमा झन्डै ५७ करोड हाराहारीमा हुन्छ।
हाल मन्त्रालयले दिने अनुदानबाहेक, अस्पतालतर्फको आम्दानी १० करोड, सटर भाडा ३ करोड ६२ लाख, न्याम्सतर्फ सशुल्क पढ्ने सीमित विद्यार्थीबाट ८ करोड आम्दानी हुन्छ। 
प्रतिष्ठानतर्फको आम्दनीले प्रत्येक महिना करिब ६० लाखका दरले प्रतिष्ठानमा पढाउने प्राध्यापकको भत्तामा खर्च हुने कोइरालाको भनाइ छ । सो बाहेक निःशुल्क पढ्ने रेजिडेन्टले पनि प्रतिमहिना २१ हजार भत्ता र अन्तिममा १४ हजार थेसिस खर्च पाउँछन्। 'न्याम्सको अधिकांश आम्दानी शिक्षक र विद्यार्थीमा खर्च हुन्छ, अस्पतालको आम्दानी निःशुल्क र हेजार्ड भत्ता र प्रतिष्ठानको कर्मचारीलाई दिनुपर्छ,' डा.थापाले भने।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस