काठमाडौं- राजधानीको लगनस्थित ब्रमटोलमा घर भत्कँदा चार जनाको मृत्यु भएको छ। पुरानो घर भत्काउनेक्रममा पुरिएर कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा परी पाँच जना घाइते भएका छन्।
मृत्यु हुनेमा नुवाकोटका कोतबहादुर पाण्डे र गणेश विश्वकर्मा, धादिङ बैरेनीका विष्णु भण्डारी र धारापानी खोटाङका भुपाल थापा मगर छन्।
घाइते हुनेमा मंगल भुजेल, मसिनी बिक, राजन तामाङ, जीवन मगर र मानवहादुर तामाङ रहेको महानगरीय प्रहरी वृत जनसेवाका प्रहरी नायव उपरिक्षक उमेश जोशी जानकारी दिए।

तस्बिरहरु: केशव थोकर