अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
२८ भदौ २०७८
•
१ मिनेट पाठ
अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
देशभर आज सामान्य बदली रही अधिकांश स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  




नेपालमा भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। 'अब मनसुनको समय सकिन केही समय मात्र बाँकी रहेकाले मनसुन विस्तारै कमजोर हुदै जाने क्रममा रहेको छ', मौसमविद् अर्यालले भने।  

हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशका भूभागमा आंशिक बदलीका साथै गण्डकी, कर्णाली र सुदूरपीश्चम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। 

दिउँसो देशभर सामान्य बदली रही देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ। राति देशभर सामान्य बदली भई केही स्थानमा मेघ गर्जनका साथै हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव दुई डिग्री र अधिकतम तापक्रम ३० दशमलव आठ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १३ दशमलव आठ डिग्री र सबैभन्दा धेरै सिमराको अधिकतम तापक्रम ३६ दशमलव शुन्य डिग्री सेल्सियस छ।  
अर्को समाचार
काठमाडौंसहित अधिकांश स्थानमा वर्षाको सम्भावना
२२ असार २०८३
•
२ मिनेट पाठ
काठमाडौंसहित अधिकांश स्थानमा वर्षाको सम्भावना
देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले सोमबार काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।




जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश सहरी क्षेत्रमा दिनभर बदली रही वर्षा हुने पूर्वानुमान छ।

विभागले सार्वजनिक गरेको सहरगत मौसम पूर्वानुमानअनुसार काठमाडौं उपत्यकासहित देशका अधिकांश प्रमुख सहरमा आज दिनभर र रातिको समयमा पनि वर्षाको सम्भावन छ।

विशेषगरी काठमाडौं, पोखरा, ओखलढुङ्गा, ताप्लेजुङ, जिरी तथा डडेलधुरामा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

यस्तै, विराटनगर, धरान, धनकुटा, भैरहवा, घोराही, वीरेन्द्रनगर, जुम्ला, दीपायल तथा सिमरामा ४० प्रतिशत वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। जनकपुर, नेपालगञ्ज र जोमसोममा भने हल्का वर्षाको सम्भावना ३० प्रतिशत रहेको छ।

राजधानी काठमाडौंमा आज अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। रातिको न्यूनतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहनेछ भने दिन र राति दुवै समयमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

पर्यटकीय सहर पोखरामा अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। त्यहाँ दिन र राति दुवै समयमा मध्यम वर्षाको सम्भावना ६० प्रतिशत छ।

ओखलढुङ्गा, ताप्लेजुङ र जिरीमा पनि निरन्तर वर्षा हुने सम्भावा रहेकाले पहाडी सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

पूर्वी तराईका विराटनगर, धरान र जनकपुरमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहे पनि अधिकतम तापक्रम ३३ देखि ३७ डिग्री सेल्सियस रहने हुँदा गर्मीको प्रभाव पनि कायमै रहने अनुमान छ।

पश्चिम नेपालका धनगढी, नेपालगञ्ज, भैरहवा र घोराहीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि अधिकतम तापक्रम ३५ देखि ३८ डिग्री सेल्सियससम्म पुग्न सक्ने भएकाले वर्षासँगै गर्मी पनि बढ्ने सम्भावना छ। त्यस्तै धनगढी र नेपालगञ्जमा रातिको समयमा पनि हल्का वर्षा हुने अनुमान गरिएको छ।

हिमाली क्षेत्रका जुम्ला, जोमसोम र ताप्लेजुङमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको छ। ती क्षेत्रमा लगातारको वर्षाले पहिरोकाकारण सडक यात्रामा जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सुझाव दिएको छ।

विभागका अनुसार सक्रिय मनसुनी प्रणालीका कारण केही स्थानमा छोटो अवधिमै मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला तथा खोल्सामा आकस्मिक बहाव बढ्न सक्छ।

पहाडी तथा हिमाली जिल्लामा पहिरो र गेग्रान बहाव तथा सहरी क्षेत्रमा डुबानको जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन सर्वसाधारणलाई आग्रह गरिएको छ।

मौसमविद् सञ्जीव अधिकारीले मेघगर्जन र चट्याङको समयमा खुला स्थान, अग्ला रुख, बिजुलीका पोल तथा नदी किनारमा नबस्न तथा अत्यावश्यकबाहेक यात्रा नगर्न विभागका तर्फबाट सबैमा आग्रह गरे।

उनले स्थानीय प्रशासन र मौसम विभागबाट जारी हुने अद्यावधिक सूचना नियमित रूपमा पालना गर्न पनि अनुरोध गरे। 
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस