डिआइजी बढुवामा पुरानै सूची पठाइँदै
१८ असार २०७१
•
९ मिनेट पाठ
डिआइजी बढुवामा पुरानै सूची पठाइँदै
काठमाडौं- डिआइजी बढुवा सिफारिस समितिले पुरानै सिफारिस सूची निर्णयका लागि मन्त्रिपरिषद पठाउने तयारी गरेको छ। बढुवा पुनरावलोकन समितिले वरीयताक्रम हेरफेर गर्दै दुईजनाको नाम संशोधन गरेर समितिलाई सूची पठाए पनि उक्त निर्णय 'प्रहरी नियमावलीविपरीत रहेको' भन्दै सिफारिस समितिले पुरानै सूची पठाउन लागेको हो।गृहसचिव संयोजकत्वको बढुवा सिफारिस समितिले गत जेठ १३ गते नेपाल प्रहरीमा रिक्त ७ एआइजी पदका लागि १३ आकांक्षीमध्ये सातजनाको नाम सिफारिस गरेको थियो। सिफारिसमा राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर बज्राचार्य र केदार साउद परेका थिए। 
उक्त सिफारिस अन्यायपूर्ण र नियमविपरीत रहेको भन्दै बढुवाका आकांक्षीहरू नारायण बस्ताकोटी, गणेश राई, यादव अधिकारी, परशुराम खत्री, प्रतापसिंह थापा, विश्वराज सिंह शाही र सुशीलवरसिंह थापाले बढुवा सिफारिस पुनरावलोकन समितिमा उजुरी दिएका थिए। 
लोकसेवा आयोग अध्यक्ष संयोजक रहेको उक्त समितिले उजुरी छानबिनपछि यसअघि सिफारिसमा परेका बज्राचार्य र साउदको नाम हटाउँदै बस्ताकोटी र राईको नाम समावेश गर्न समितिलाई पत्राचार गरेको थियो। सिफारिस समितिले भने पुनरावलोकन समितिको संशोधन प्रहरी नियमावली, २०७१ विपरीत रहेको र आफ्नो कार्यक्षेत्र मिचिएको भन्दै अवज्ञा गर्न लागेको हो। समिति स्रोतका अनुसार उक्त संशोधनलाई अनुसूचीमा राखी मन्त्रिपरिषद पठाउने सिफारिस समितिको तयारी छ।
नाम संशोधन क्रममा पुनरावलोकन समितिले एआइजीमा बढुवाका १३ जनै आकांक्षीलाई बढुवा सिफारिस समितिले दिएको ७.५ नम्बरको पुनरावलोकन गर्दै आफैं नम्बर दिएपछि सिफारिस थप विवादित भएको हो।
प्रहरी नियमावलीले बढुवा सिफारिसविरुद्ध उजुरी परे छानबिन गरी सिफारिस संशोधन गर्न सक्ने अधिकार पुनरावलोकन समितिलाई दिए पनि त्यसको प्रक्रिया खुलाएको छैन। सोही नियमावलीले बढुवाका उम्मेदवारलाई नम्बर दिने अधिकार भने बढुवा सिफारिस समितिलाई मात्र तोकेको छ।
आइतबार पुनरावलोकन समितिको संशोधन पत्र खोलेको सिफारिस समिति बैठकले 'आफैं नम्बर दिने पुनरावलोकन समितिको काम नियमावलीविपरीत रहेको' निष्कर्ष निकालेको स्रोतले बतायो। पत्रमा बढुवा सिफारिस गरिएका उम्मेदवारसँगै बढुवा समितिले १३ जना डिआइजीलाई दिएको नम्बरसमेत हेरफेर गरेर वरीयताक्रम समेत चलाउँदै सिफारिस संशोधन गरिएको छ। बैठकले बेहोरासहित पुनरावलोकनको संशोधन पत्र 'माइन्युट' गरेको थियो।
प्रहरी नियमावलीअनुसार पुनरावलोकन समितिको निर्देशन बेवास्ता गर्न बढुवा समितिलाई सहज छैन। नियमावलीमा बढुवा सिफारिस समितिको सिफारिसबारे उजुरी परे पुनरावलोकन समितिले संशोधन गरी बढुवा समितिमा पठाउने र सोहीअनुसार सिफारिस समितिले मन्त्रिपरिषदमा प्रस्ताव पठाउनुपर्ने व्यवस्था छ।
सोही बाध्यकारी प्रावधानका कारण सिफारिस समितिले पुनरावलोकन समितिबाट आएको पत्रलाई समेत मन्त्रिपरिषद पठाउनेछ। 'नियमावलीको व्यवस्थाअनुसार बढुवाका उम्मेदवारलाई नम्बर दिने अधिकार बढुवा समितिको मात्रै हो,' सिफारिस समिति उच्चस्रोतले भन्यो, 'पुनरावलोकन समितिबाट आएको पत्रको माइन्युट उठाएका छौं, सोबारे समेत मन्त्रिपरिषदलाई जानकारी दिन्छौं। बढुवा समितिको सिफारिसलाई नै अनुमोदन गर्ने कि पुनरावलोकन समितिको संशोधनलाई मान्ने, अन्तिम निर्णय मन्त्रिपरिषदले नै गर्न सक्छ।'
पुनरावलोकन समितिकी संयोजक तथा लोकसेवा आयोगकी अध्यक्ष कयोदेवी यमीले बढुवा सिफारिस समितिको क्षेत्राधिकारमा पुनरावलोकन समिति प्रवेश नगरेको दाबी गरिन्। उनले नियमावलीको नियम ३८ अनुसारै संशोधन निर्णय गरेको बताइन्। 
नियम ३८ मा बढुवा समितिले दिने अंक निर्धारण विधिसम्बन्धी व्यवस्था छ। उक्त नियममा नम्बर दिने अधिकार बढुवा समितिलाई तोक्दै समितिले अंक दिने प्रक्रिया तोकिदिएको छ। पुनरावलोकन समितिको भूमिकाबारे त्यसमा केही उल्लेख छैन। नियम ३८ अनुसार प्रहरीले नेतृत्व क्षमता तथा मूल्यांकनबारे विवरण पेस गर्नुपर्ने, विवरण फारममा उल्लेख गरिएको विषयबारे बढुवा समितिका अध्यक्ष र दुई सदस्यले छुट्टाछुट्टै मूल्यांकन गरी दिएको अंकको औसतबाट बढुवा समितिले अंक निर्धारण गर्ने उल्लेख छ।
नम्बर दिँदा साहसिक कार्य, राष्ट्र तथा प्रहरी संगठनको नाम उच्च राख्ने प्रशंसनीय कार्य तथा सिर्जनात्मक एवं लगनशील कार्य गर्ने प्रहरी कर्मचारीलाई वस्तुगत कारण खोली अधिकतम ७.५ अंक दिन सक्ने अधिकार तोकिएको छ। अंक दिँदा कुनै प्रहरी कर्मचारीलाई दुईभन्दा कम अंक दिनुपरे त्यसको कारणसमेत उल्लेख गर्नुपर्ने नियमावलीमा व्यवस्था छ।
नियम ४२ मा पुनरावलोकन समितिले उजुरीबारे छानबिन गरी बढुवा समितिले गरेको सिफारिस पुनरावलोकन गरी संशोधन गर्नुपर्ने देखिए सो समेत गरी कार्यान्वयनका लागि सम्बन्धित बढुवा समितिसमक्ष लेखी पठाउनुपर्ने उल्लेख छ। तर, कुन–कुन विषय, कुन प्रक्रियाबाट संशोधन गर्ने भन्ने उल्लेख छैन। यही नियमको उपनियम ३ ले नियम ३८ अनुसार बढुवा समितिले दिएको नम्बरको औचित्य हेर्ने अधिकार मात्र पुनरावलोकन समितिलाई तोकेको छ।
अध्यक्ष यमीले पुनरावलोकन समिति मूल्यांकनकर्ता नभएको स्वीकार गरे पनि कार्यसम्पादन बापत पाएको नम्बर र बढुवा समितिले दिएको नम्बरबीच तालमेल नदेखिएकाले नम्बर हेरफेर गरेर पठाइएको बताइन्।
'कार्यसम्पादन मूल्यांकन अंक उच्च छ भने बढुवा समितिले न्यून अंक दिनु त भएन नि,' उनले नागरिकसँग भनिन्, 'हामी मूल्यांकनकर्ता हैनौं, तर हामीले नियम ३८ अनुसार हेरेर बढुवा समितिले दिएको नम्बर नमिलेकाले नम्बर हेरफेर गरेका हौं।'


अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस