झापा- भारतीय नम्बरप्लेटका सवारीसाधनलाई अस्थायी नेपाली नम्बरप्लेट दिँदा प्राप्त रकममा ट्राफिक प्रहरीले मनपरी गर्दै आएको खुलेको छ। वर्षौंदेखि रसिदबिनै रकम उठाइरहेको ट्राफिकले त्यसको दाखिला कतै गरेको छैन।भारतीय सवारीसाधनलाई अस्थायी नम्बरप्लेट दिँदा संकलन हुने लाखौं रकम राजस्वमा दाखिला हुँदैन। त्यो रकम व्यवस्थित पार्ने वैधानिक प्रबन्ध पनि प्रहरीले गरेको छैन। काँकरभिट्टास्थित मेची भन्सारबाट अनुमति लिएर भित्रिने भारतीय सवारीसाधनलाई काँकरभिट्टा ट्राफिक प्रहरी पोस्टले अस्थायी नम्बरप्लेट दिने गरेको छ। धुलाबारी बजारबाहेक अन्यत्र जहाँसुकै जान ट्रकबाहेकका भारतीय गाडीलाई नेपाली नम्बरप्लेट अनिवार्य छ। चन्द्रगढी विमानस्थलदेखि बिर्तामोड, दमकसम्म भारतीय गाडीको सधैं भीड हुन्छ।
नम्बरप्लेट दिएबापत ट्राफिकले प्रत्येक गाडीबाट ३२ रुपैयाँ उठाउने गरेको छ। मेची भन्सारका एक कर्मचारीका अनुसार त्यहाँबाट दैनिक कम्तीमा १ सयवटा भारतीय गाडी नेपाल छिर्छन्। अस्थायी नम्बरप्लेटका लागि रकम तिर्छन्। 'हामी सधैं रकम तिर्छौं', भारतीय नम्बरको सवारी चलाउने काँकडभिट्टाका त्रिदेव अधिकारी भन्छन्, 'तर, कहिल्यै रसिद दिँदैनन्।'
कम्तीमा पनि मासिक १ लाख हाराहारी उठ्ने रकम कहाँ जान्छ, केही टुंगो छैन। तर, ट्राफिक प्रहरी भने 'नम्बरप्लेट खरिद र कार्यालयखर्च' मै यो रकम सकिने दाबी गर्छ। 'कार्यालयखर्च र नम्बरप्लेट खरिदमै सकिन्छ त्यो पैसा,' काँकरभिट्टा ट्राफिक पोस्टका प्रमुख प्रहरी नायब निरीक्षक सुनील श्रेष्ठले भने– 'सवारीसाधन र चालकलाई कारबाहीबापतको रकम राजस्वमा जान्छ, अस्थायी नम्बरप्लेटको जाँदैन।' दैनिक ४० देखि ७० वटासम्म भारतीय गाडीले अस्थायी नम्बरप्लेट लिने गरेको उनले बताए।
प्रहरीस्रोतका अनुसार अहिलेसम्म अस्थायी नम्बरप्लेटबापतको एक रुपैयाँ पनि सरकारी काममा प्रयोग भएको छैन। 'सरकारी काममा जाँदैन भनेपछि कुरा बुझे हुन्छ,' जिल्लाका एक अधिकृतले भने, 'यो पुरानै चलन हो।'
एक वर्षअघिसम्म एउटा सवारीसाधनको ५० रुपैयाँका दरले उठाइन्थ्यो। तर, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल पूर्वक्षेत्रको डिआइजी हुँदा बखत शुल्क घटाउन ट्राफिक प्रहरीलाई निर्देशन दिएपछि ३२ रुपैयाँ कायम भएको थियो। त्यसपछि पनि आम्दानी राज्य कोषमा दाखिला गर्ने कामचाहिँ भएन।
ट्राफिक प्रहरीले नम्बरप्लेटमै रकम खर्च हुने दाबी गरे पनि स्रोतका अनुसार एउटा नम्बरप्लेट बनाउन अधिकतम २० रुपैयाँसम्म पर्न सक्छ। त्यसका लागि आवश्यक टिन, रंग र ब्रस आफैं खरिद गर्ने गरेको छ। रकम राजस्वमा दाखिला नगरी कम खर्चमा प्लेट बनाएर थप फाइदा लिने नियत ट्राफिकको रहेको स्रोतको दाबी छ।
जिल्ला प्रहरी कार्यालय झापाले ट्राफिकले लिइरहेको रकम र त्यसको सदुपयोगबारे अनभिज्ञता दर्साएको छ। जिल्ला प्रहरीप्रमुख एसपी मुकुन्द आचार्यले अस्थायी नम्बरप्लेटबापत ट्राफिकले कति रकम लिन्छ र त्यो कहाँ प्रयोग गर्छ भन्ने आफूलाई थाहा नभएको बताए।