न्याम्स पदाधिकारीमा भागबन्डा विवाद
२६ असार २०७१
•
८ मिनेट पाठ
न्याम्स पदाधिकारीमा भागबन्डा विवाद
काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा चार महिनादेखि रिक्त पदाधिकारी नियुक्ति प्रक्रियाको 'भागबन्डा' नमिल्दा अनिश्चित बनेको छ।राजनीतिक भागबन्डामा आएका पदाधिकारीबीचको झगडाकै कारण चार वर्ष झमेलामा गुजि्रएको वीरमा यसपटक भागबन्डा नगर्न प्राध्यापकहरूले माग गर्दै आएका छन्। तर, प्रमुख सत्तासाझेदार नेपाली कांग्रेस र नेकपा (एमाले) भागबन्डा गर्ने कसरतमा छन्। तेस्रो ठूलो दल एकीकृत नेकपा माओवादीले पनि प्रमुख पदमा दाबी गर्न थालेको छ। 
कांग्रेस र एमालेले प्रतिष्ठानको उपकुलपतिमा दाबी नछोड्दा प्रधानमन्त्री सुशील कोइराला अमेरिका जानुअघि गठन भएको सिफारिस समितिले हालसम्म कुनै निर्णय गर्न सकेको छैन। 
प्रतिष्ठानमा उपकुलपति, रेक्टर, रजिस्ट्रार, डिन, अस्पतालका निर्देशक, कार्यकारी सदस्य र सेवा आयोगको एक सदस्य पद रिक्त छन्। उपकुलपति पद गत फागुनदेखि, रेक्टर करिब डेढ वर्षदेखि, कार्यकारी सदस्य तीन वर्षदेखि, रजिस्ट्रार गत वैशाखदेखि, डिन जेठदेखि, निर्देशक असारदेखि र सेवा आयोग सदस्य पद गत पुसदेखि रिक्त छन्।
मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि कायममुकायम उपकुलपतिको जिम्मेवारी डा. मुकुन्द पन्थीलाई र कामु निर्देशकको जिम्मेवारी डा. केदार सेन्चुरीलाई दिएको छ। कामुको भरमा चल्दा प्रतिष्ठानको भर्ना, परीक्षासँगै अस्पतालको दैनिक कामकारबाही प्रभावित बनेको छ।
चार वर्षअघि ठूला दल काग्रेस, एमाले र माओवादीले प्रमुख पदमध्ये दुई–दुई पद भागबन्डा गरेका थिए। त्यतिबेला उपकुलपति र डिन कांग्रेस, कार्यकारी सदस्य र रजिस्ट्रार एमाले तथा निर्देशक र रेक्टर माओवादीले बाँडेर दिएका थिए। 
प्रतिष्ठान र वीरमा भागबन्डामा नियुक्त पदाधिकारीबीच बेमेल हुँदा अधिकांश काम प्रभावित भएको थियो जसको असर अस्पताल र प्रतिष्ठानको भर्ना, खरिद प्रक्रिया, कर्मचारी नियुक्तिमा परेको थियो। पदाधिकारीका आधारमा कर्मचारीसमेत बाँडिने गरेका छन्। 
पदाधिकारीबीचको बेमेलकै कारण चलाउन नसकेको भन्दै स्वास्थ्यमन्त्रालयले ट्रमा आफू मातहतमा लगेको थियो जसका कारण ट्रमा सञ्चालनमा समेत अन्योल छ। विवादकै कारण २०६६ साउनदेखि सिनेट बस्न सकेको छैन भने चार वर्षदेखि प्रतिष्ठानको बजेटसमेत पास हुनसकेको छैन। सिनेट नबस्दा सेवा आयोगसमेत रिक्त भएको छ र सेवा अयोग नबन्दा अस्पताल कर्मचारी वृत्ति विकास र स्थायी प्रक्रियासमेत अगाडि बढ्न सकेको छैन। 
प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री कोइरालाले गत जेठ ३० गते प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री खगराज अधिकारीको संयोजक, डा. चोपलाल भुसाल र डा. विश्वराज जोशी सदस्य रहेको समिति गठन गरेका थिए। भुसाल कांग्रेस र जोशी एमाले कोटामा सदस्य बनेका हुन्। 
प्रतिष्ठान ऐनअनुसार समितिले उपकुलपतिको सिफारिस गर्नेछ भने उपकुलपतिको सिफारिसमा सहकुलपति (स्वास्थ्य मन्त्री) ले अन्य पदाधिकारीको नियुक्ति गर्नुपर्छ। समितिको औपचारिक र अनौपचारिकसमेत गरी चारपटकसम्म बैठक एवं छलफल भए पनि हालसम्म सहमति भएको छैन। 
उपकुलपतिमा सातको चर्चा 
स्वास्थ्य मन्त्रालय एमालेको भागमा परेकाले एमालेनिकट स्वास्थ्यकर्मी संगठनले आधिकारिक रूपमा उपकूलपतिमा सहप्राध्यापक डा. गणेश गुरूङलाई सिफारिस गरेको छ। एमालेभित्रको अर्को समूहले हालका कामु उपकुलपति एवं पूर्वरजिस्ट्रार डा. मुकुन्द पन्थीलाई अगाडि सारेका छन्। 
संगठनको बलियो समर्थन रहे पनि गुरूङ प्राध्यापक नभएको भन्दै प्राज्ञिक संस्थामा कम्तीमा प्राध्यापकलाई पदाधिकारी बनाउनुपर्ने माग उठेको छ। स्नातकोत्तर (पिजी) एमडी, एमसिएच (पिएचडी) सरहको पढाइ हुने ठाउँमा कम्तीमा प्राध्यापकसरहलाई पदाधिकारी बनाउनुपर्ने सुझाव सिफारिस समितिमा आएको सदस्य डा. भुसालले जानकारी दिए। 
प्रतिष्ठान ऐनमा पदाधिकारीको योग्यता स्पष्ट छैन। अस्पतालको निर्देशकका लागि भने कम्तीमा उपप्रध्यापक हुनुपर्ने उल्लेख छ। भुसालले संयोजकले बैठक बोलाएर छलफल अगाडि बढाएपछि प्रक्रिया टुंगिने बताएका छन्। उनले समितिले योग्य उमेदवार खोज्न कुनै प्रक्रिया नअपनाएको जानकारी दिए।
स्रोतका अनुसार डा. भुसालले कम्तीमा प्राध्यापकलाई सिफारिस गर्नुपर्ने तर्क गरेका छन् मन्त्री अधिकारी गुरुङको पक्षमा छन्। एमालेनिकट कर्मचारी नवराज धितालले मन्त्री अधिकारीले बोलाएको मिटिङमा समेत नगएर कांग्रेसले सिफारिस प्रक्रियालाई असहयोग गरिरहेको बताए। 'अड्को थाप्ने नियतले प्राध्यापकको कुरा उठाइएको हो,' उनले भने। 
कांग्रेसनिकट स्वास्थ्यकर्मी संघले वरिष्ठ चिकित्सक डा. किरण मानन्धरलाई उपकुलपति बनाउनुपर्ने माग अगाडि सारेको छ। उपकुलपतिका लागि केही एमाले नेताको साथ लिएर पूर्वउपकुलपति डा. दामोदर पोखरेल पनि लागिपरेका छन्। कांग्रेसनिकट भए पनि आफ्नो कार्यकालमा कुनै काम नगरेको आरोप कांगे्रसभित्रकै स्वास्थ्यकर्मी बताउँछन्। कांग्रेसभित्रैबाट डा. मधुरदेव भट्टराईलाई उपकुलपति बनाउनुपर्ने माग पनि आएको छ। माओवादीले पूर्वनिर्देशक डा. बुलन्द थापा वा पूर्वरेक्टर श्रीकृष्ण गिरीलाई उपकुलपति बनाउन माग गरेको छ। 
कतिपयले पदको भागबन्डामा नलागी बाहिरबाट उपकुलपति ल्याउनुपर्ने पनि बताएका छन्।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस