काठमाडौं-राष्ट्रिय सतर्कता केन्द्रको अनुगमनमा काठमाडौं महानगपालिकाले वडा कार्यालयमार्फत सेवाग्राहीलाई दिने सेवा प्रवाह सहज नभएको खुलेको छ। केन्द्रले वडा कार्यालयको सेवा प्रभावबारे एक महिना लगाएर गरेको नमुना अनुगमनमा यस्तो खुलेको हो।केन्द्रले काठमाडौं महानगरपालिका ३५ वडा कार्यालयले सेवाग्राहीलाई दिने सेवा प्रवाह र त्यसको प्रभावकारिताबारे नमुना अनुगमन गरेको थियो। सो अनुगमनका आधारमा उसले सेवाग्राहीले सरल, सहज र व्यवस्थित रुपमा सेवा नपाएको निष्कर्ष निकालेको हो। केन्द्रका अनुसार वडा कार्यालयहरुमा अनियमितता भएको उजुरी आएपछि उसले अनुगमन गरेको थियो। महानगरको सबै वडाको एकै पटक अनुगमन नगरी उसले नमुना अनुगमनका लागि ३५ नम्बर वडा कार्यालय छनोट गरेको थियो।
केन्द्रका सहायक प्रवक्ता अर्जुनप्रसाद खनालले प्रतिवेदनको निष्कर्षले सेवाग्राही मर्कामा परेको प्रष्ट भएको बताए। ‘३५ वडामा बढी कामको चाप हुने र प्राप्त गुनासोका आधारमा हामीले यस्तो अनुसन्धान गरेका थियौं,' उनले नागरिकसँग भने, ‘अनुसन्धानबाट नीतिगत तथा कानुनी सुधार, सांगठनिक संरचनामा सुधार, कार्यविधि कार्यप्रक्रियामा सुधार गर्नुपर्ने निचोड आएको छ।'
खनालका अनुसार महानगरका ३५ वटा वडाबाट विभिन्न किसिमका उजुरी केन्द्रमा परेको आधारमा वडाहरुकै बढी सेवाग्राही रहेका ३५ वडा कार्यालयमा अनुगमन गरिएको हो। नागरिकलाई प्राप्त केन्द्रको प्रतिवेदन अनुसार वडा कार्यालयले व्यवसाय दर्ता, राजस्व आम्दानीसम्बन्धी कुनै अभिलेख प्रमाणित गरेर राखेको भेटिएन। ‘जिन्सी सामानको अभिलेख नभएको, नागरिकता सिफारिसको छुट्टै अभिलेख किताब नभएको, व्यवसाय दर्ता फारममा पेस गर्ने, प्रमाणित गर्ने र स्वीकृति गर्नेको हस्ताक्षर नभएको भेटियो,' प्रतिवेदनमा छ।
व्यवसाय करमा अधिकतम र न्यूनतम रकममध्ये न्यूनतम रकम मात्र लिने गरेको, व्यवसाय दर्ता प्रमाणपत्रमा मितिभन्दा पछिल्लो मितिमा घरभाडा सम्झौताको कागजपत्र संलग्न भएको, कार्यालयमा सेवाग्राही बस्ने व्यवस्था नभएको, कार्यालय परिसर अगाडि अनुसन्धान अवधिभर फोहर नउठाएको पाइएको प्रतिवेदनमा छ।
स्रोतले एउटा वडाको अनुगमनका आधारमा बनेको भए पनि प्रतिवेदनले समग्र ३५ वटै वडाको अवस्थाको चित्रण गरेको छ र वडा कार्यालयमार्फत हुने गतिविधि पहिल्याउन थप गहन अध्ययनको आवश्यकता देखिएको बतायो। ‘वडा कार्यालयअगाडि एक महिनासम्म फोहर नउठ्नु कत्तिको नालायकी हो?' अनुसन्धानमा संलग्न स्रोतले भन्यो, ‘आफ्नो क्षेत्रमा रहेको फोहरमैला व्यवस्थित गर्नुपर्ने वडाले आफ्नै कार्यालय अगाडिको फोहरसमेत नउठाउनुले उसको सेवाको प्रभावकारिता प्रस्ट्यायो।'
‘समग्रमा महानगरका वडा कार्यालयहरुमा सेवाग्राहीको अवस्था बुझ्न नमुनागत अध्ययन गरेका हौं,' खनालले भने, ‘अन्य क्षेत्रमा पनि यस्तै किसिमको अप्ठ्यारो छ भन्ने बुझिएको छ।' उनले प्रतिवेदनबाट आएका कमजोरीलाई सुधार्न महानगरपालिकालाई सुझाव पठाउन लागिएको जनाए। वडा कार्यालयहरुमा यस्तो कमजोरी प्रत्येक वर्ष घोषणा गरिने ‘सदाचार पद्धति र सुशासनमूलक सेवा प्रवाह' भन्ने कुरालाई व्यंग्य गरेको छ।
महानगर अधिकारीहरुले प्रतिवेदनबारे औपचारिक टिप्पणी गर्न चाहेनन्। एक अधिकारीले केन्द्रले अध्ययन गरे पनि सेवाग्राहीको बाहेक अन्य व्यवस्थापनको पाटो नकेलाएको टिप्पणी गरे।