धराप ढलमा बालक बेपत्ता, जिम्मेवार को ?
०८ असोज २०७८
•
४ मिनेट पाठ
धराप ढलमा बालक बेपत्ता, जिम्मेवार को ?
मुसलधारे वर्षापछि बाढी आएका बेला १० वर्षीय उज्ज्वल विश्वकर्मा खसेरबेपत्ता भएको ढल। बालक बेपत्ता भएपछि ढलको मुखमा फलामको पाइपले बारबनाइएको हो। हजुरबा, हजुरआमा र फुपूको साथमा उज्ज्वल (दायाँ)।
काठमाडौं कपनस्थित साततले, पाथीभरा टोलकी ६० वर्षीया धनमाया विश्वकर्मा घरभित्र रुँदै एकोहोरो स्वरमा पति मंगलेलाई भन्दै थिइन्, ‘नातिलाई खोजेर ल्याउनुस्। सास बाँकी छैन भने लास भए पनि लिएर आउनुस्।’




धनमायाको यस्तो आग्रहसँगै उनका दुई छोरी मोबाइलमा १० वर्षीय भदाको फोटो हेर्दै भक्कानिन्छन्। कोलाहलको स्थिति समाल्न नसकेर मंगले खाटबाट जुरुक्क उठेर घरबाहिर निस्कन्छन्। घरपारि बगिरहेको वाग्मती खोलाको किनारमा पुगेर टोलाउन थाल्छन्।

कपन क्षेत्रमा मंगलबार राति आठ बजेतिर मुसलधारे वर्षा भएको थियो। काठमाडौं महानगरपालिका–१२ र बुढानीलकण्ठ– १२, कपनको सिमानामा पर्ने ग्राभेल बाटोमुनिको खहरे खोलाको पानी पठाउन बिछ्याइएको ह्युम पाइप (ढल) मा खसेर धनमायाका १० वर्षीय नाति उज्ज्वल बेपत्ता भएका छन्। 

ठूलो वर्षा भएकाले ढल भरिभराउ थियो। उज्ज्वल ढलमा खसेर बेपत्ता भएपछि हजुरबुवा मंगले, हजुरआमा धनमाया र दुई फुपू अनिता र सुनिताको आँसु रोकिन सकेको छैन। ९ वर्षअघि छोरा–बुहारी आआफ्नो बाटो लागेपछि मंगले, धनमाया, अनिता र सुनिताले उज्ज्वलको हेरचाह गर्दै आएका थिए। ‘हाम्रो बुढेसकालको सहारा नाति कहिल्यै नफर्किने गरी गयो,’ भावुक हुँदै धनमायाले भनिन्, ‘यसको जिम्मेवारी कसले लिन्छ ?’

उज्ज्वल ढलमा खसेलगत्तै वरपरका मानिस उद्धारमा लागे पनि भेट्टाउन सकेनन्। बुढानीलकण्ठ नगरपालिका–१२, कपनको मिलन चोकमा खुद्रा पसल सञ्चालन गरिरहेका शम्भु थापाले मुसलधारे वर्षा भएपछि रमाउँदै आइरहेका उज्ज्वल मुख नछोपिएको ढलमा खसेर बेपत्ता भएको बताए। ‘ती बाबु वर्षा भएपछि रमाउँदै आइरहेका थिए,’ थापाले भने, ‘उनलाई देखेपछि परिचित दाइ चिच्याएको सुनेर ढलमा पर्नबाट जोगाउन दौडिँदै थियौं। 

आँखा झिमिक्क गर्न नपाउँदै ती बाबु ढलमा खसे। हामी पुग्दा उनी बेपत्ता भइसकेका थिए।’ उनीहरूले करिब साढे आठ बजेतिर प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरी घटनाबारे खबर दिएका थिए। प्रहरी र स्थानीयले राति ११ बजेसम्म खोजी गरे पनि उज्ज्वल फेला परेनन्।  

‘कपन क्षेत्रको बाटो बिग्रिएको चार वर्ष भइसकेको छ,’ थापाले भने, ‘केही महिनाअघि ढल राखेको क्षेत्रमा ढलान गर्ने काम भइरहेको थियो। वर्षायाममा काम हुन नसकेपछि त्यो ढल नछोपी धराप पारेर छाडिएको थियो। स्थानीय तहलाई जानकारी गराउँदा बेवास्ता गरेपछि हामीले ढलको मुख बाँसले घेरिदिएका थियौं। 

मुसलधारे वर्षासँगै आएको बाढीले सबै बगायो।’ थापाका अनुसार काठमाडौं–६ र बुढानीलकण्ठ–१२ लाई जोड्न खहरे खोलामाथि ग्राभेल बाटो बन्यो र बाटोमुनि खोलाको पानी पठाउन ह्युम पाइप राखिएको थियो। वर्षायाममा ढलको पानी घरभित्र पस्ने गरेको उनले बताए। उज्ज्वलको परिवारले खहरे खोला हुँदै सात तलेको पाथीभरा टोल फर्कने क्रममा उनी बेपत्ता भएको जनाउँदै बुधबार महानगरीय प्रहरी प्रभाग कपनमा जाहेरी दिएको छ।

महानगरीय प्रहरी प्रभाग कपन र सामाखुसीस्थित विपद् व्यवस्थापनबाट १३ जनाको प्रहरी टोलीले बुधबार र बिहीबार उज्ज्वलको खोजी गरे पनि फेला नपरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी गराएका छन्।  

‘ढलमा खसेर बेपत्ता भएका बालकको खोजी गरिरहेका छौं, उनले भने, ‘छिर्न मिल्ने ढलदेखि धोबीखोलासम्म पुगेर हेरे पनि उनी फेला परेका छैनन्। गत सातादेखि कपनको खरिबोटस्थित फुपू अनिता कोइरालाको घरमा बसिरहेका उज्ज्वल हजुरबुवासँग साततलेमा रहेको घरमा फर्कंदै थिए। 

मुलसधारे वर्षा भएपछि हजुरबुवा मंगले बाटोमा ओत लागेर बसे भने उज्ज्वल रमाउँदै घरतर्फ लम्किए। मंगले घर आइपुग्दा नाति उज्ज्वल घर पुगेका थिएनन्। छिमेकतिर गयो भनेर मंगले सुते। उज्ज्वल बुधबार बिहानसम्म पनि घर नआएपछि मंगले आत्तिए। 

उज्ज्वल नभेटिएपछि फुपू अनिताले प्रहरीमा जाहेरी दिएकी थिइन्। अघिल्लो राति एक बालक ढलमा खसेर बेपत्ता भएको उद्धारमा खटिएकाले बुधबार बताएपछि पाएपछि बल्ल मंगलेको परिवार झस्किएको थियो। प्रत्यक्षदर्शीका अनुसार ढलमा खसेर बेपत्ता हुने तिनै मंगलेका नाति उज्ज्वल थिए।  

फुपू अनिताका अनुसार घरछेउको स्कुलमा कक्षा २ मा अध्ययनरत उज्ज्वलका बुबाआमा दुवै छैनन्। ‘आमा (हजुरआमा), बुवा (हजुरबुवा) र मैलै उसको हेरचाह गर्दै आएका थियौं,’ उनले भनिन्, ‘एक सातादेखि उज्ज्वल मसँगै थियो। बुबा र उज्ज्वल मंगलबार राति मेरो होटलमा खाना खाएर घर फर्किनुभएको थियो। उज्ज्वल बेपत्ता भएको प्रहरीमा जाहेरी दिएलगत्तै ऊजस्तै हुलिया भएको बालक ढलमा खसेको कुरा सुनेर होस उडेको छ।’

बुढानीलकण्ठ नगरपालिका–१२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईका अनुसार सो सडक खण्डमा ढलानको काम सिँचाइ विभागले गर्दै आएको थियो। ‘गत वर्ष बजेट परे पनि सिँचाइ विभागले काम पूरा गर्न सकेको छैन। नगरपालिकासँग समन्वय गर्न पनि विभागले मान्दैन। दुर्घटना भएपछि मात्र सबैले चाल पाउँछन्।’  

नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा काठमाडौं उपत्यकामा ४८ जना बाटोमा धराप पारेर राखेको खाल्डो र ढलमा परिसकेका छन्। तीमध्ये १४ जनाको ज्यान गएको छ। नेपाल प्रहरीका अनुसार सडक विकास निर्माणको काम गर्दा सावधानी नअपनाउँदा सर्वसाधारण खाल्डोमा खस्ने गरेका छन्।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
४७ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस