काठमाडौं- मध्यतराईमा बढी देखिने खैरो शरीर र छिरबिरे खुट्टायुक्त लामखुट्टेबाट सर्ने डेंगी ज्वरो राजधानीमै २० जनामा भेटिएको छ। अत्यधिक ज्वरो र जिउ दुख्ने लक्षणसहित उपत्यकाको पश्चिम क्षेत्रबाट टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आएका बिरामीमा डेंगीका जीवाणु भेटिएको हो।
नैकाप, कलंकी, कालिमाटी, कुलेश्वरलगायत क्षेत्रबाट हालै टेकु अस्पताल आएका तीनजनालाई अस्पतालमै भर्ना लिएर उपचार गरिएको र एकजनालाई पाटन अस्पतालको आइसियु रेफर गरिएको अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले जानकारी दिए। अन्य बिरामी भने उपचारपछि घर फर्किएका छन्।
पुनका अनुसार असार पहिलो साता नैकापका एक बिरामीमा यसपालिको पहिलो डेंगी संक्रमण भेटिएको थियो। त्यसयता उस्तै लक्षण भएका बिरामी धमाधम अस्पताल आउन थालेका थिए। 'नैकाप, कलंकी, कालिमाटी, कुलेश्वर क्षेत्रका बिरामीमा डेंगी पाइएको छ,' उनले बुधबार नागरिकसँग भने, 'अस्पताल आएका मध्ये लक्षण मिल्ने ४० बिरामीका रगत परीक्षण गर्दा २० जनामा डेंगी भाइरसको संक्रमण भेटियो।' यो संख्या निकै ठूलो रहेको उनले बताए।
वैशाखदेखि नै यस्ता लक्षण भएका बिरामी फाट्टफुट्ट आउन थाले पनि अस्पतालले सामान्य उपचार गरेर फर्काइदिएको थियो। पछि, एकै क्षेत्रबाट उस्तै प्रकृतिका बिरामी आउन थालेपछि डेंगी संक्रमण आशंका गरी परीक्षण गरिएपछि रोग पुष्टि भएको हो।
गएको वर्ष पनि काठमाडौमा डेंगीका बिरामी भेटिएका थिए। तिनीहरूले केही दिनअघि मात्र डेंगी संक्रमित क्षेत्र भ्रमण गरेको पाइएको थियो। यसपटकका बिरामी भने कोही पनि हालसालै उपत्यकाबाहिर गएका छैनन्। 'हामीले सबै बिरामीसँग सोधपुछ गर्दा कोही पनि हालसालै काठमाडौंबाहिर गएको पाइएन,' डा. पुनले भने, 'यसले यो स्थानीय संक्रमण हो भन्ने देखाउँछ।'
चिकित्सकका अनुसार पहिलोपटक स्थानीय संक्रमणबाट डेंगी देखिँदा खासै डराउनुपर्दैन, यो सामान्य रुघाखोकीजस्तै निको हुनसक्छ। दोस्रोपटकको संक्रमण गम्भीर हुन्छ, त्यसमा मृत्यदुरसमेत बढी हुनसक्छ।
डेंगी 'एसिडएजेप्टाई' र 'एसिड एल्बौपेक्टस' प्रजातिका लामखुट्टेको टोकाइबाट सर्छ। यी प्रजातिका लामखुट्टेको शरीर खैरो र खुट्टा छिरबिरे रङको हुन्छ। दुुई वर्षअघि काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयले गरेको एक अध्ययनअनुसार सफा पानी र छहारीयुक्त वातावरण मनपराउने यस्ता लामखुट्टे काठमाडौंका झन्डै १२ प्रतिशत घरमा भेटिएको थियो।
चिकित्सकका अनुसार डेंगी गराउने लामखुट्टेले दिउँसोको समयमा टोक्छ। कालोभन्दा गोरो व्यक्तिलाई टोक्ने सम्भावना बढी हुन्छ। यस्ता लामखुट्टे खासगरी शीतल र छहारीयुक्त ठाउँमा बढी हुन्छन्। काठमाडौंमा पानी अभाव रहेकाले संकलन गरेर राख्ने प्रवृत्ति छ। डेंगी ज्वरो फैलाउने लामखुट्टे फोहोर पानीमा होइन, सफा पानीमा रमाउँछ, सफा पानीमै अन्डा पार्छ। गमलामा पनि सजिलै सुरक्षित रहन्छ।
डेंगी ज्वरोका भाइरस चार प्रकारका हुन्छन्। एकपटक सामान्य लक्षण देखिएर निको भए पनि दोस्रो संक्रमणमा 'डेंगी ह्यामरेजिङ सक सिन्ड्रम' को अवस्था आउन सक्छ। डेंगी ह्यामरेजिङ र डेंगी सक सिन्ड्रममा समयमै उपचार नगरे मृत्युको सम्भावना बढी हुने चिकित्सक बताउँछन्। उनीहरूका अनुसार संसारमा डेंगी संक्रमण भएको १० प्रतिशत मानिस ह्यामरेज र सकको अवस्थामा पुग्छन्।
'पहिलोपटक एउटा टाइप संक्रमण हुने र अर्कोपटक अर्को टाइप संक्रमण भए आन्तरिक रक्तस्राव (ह्यामरेजिक) मा जाने सम्भावना बढी हुन्छ,' डा. पुनले डेंगीको गम्भीरता औंल्याउँदै भने।
सरकारले यसपटक देखिएको कुन टाइपको डेंगी हो भन्ने पत्ता लगाउन यसको नमुना बैंकक पठाएको छ। विभिन्न ठाउँबाट लामखुट्टेका प्युपा संकलन गरेर वयस्क हुँदासम्मको वृद्धिको विश्लेषण सुरु गरिएको टेकु अस्पतालले जनाएको छ। पुनका अनुसार यसले टाइप यकिन गर्न मद्दत गर्छ।
सरुवा रोग नियन्त्रण महाशाखाले डेंगीको जोखिम हेरेर उपत्यकाका तीनवटै जनस्वास्थ्य कार्यालय प्रमुखलाई महानगर तथा नगरपालिकामा सावधानी अपनाउन निर्देशन दिइसकेको महाशाखा प्रमुख डा.बाबुराम मरासैनीले बताए। 'तीनै जिल्लाका नगरपलिका र स्वास्थ्य निकाय मिलेर जोखिमयुक्त क्षेत्र पहिचान गर्ने र बच्ने उपायबारे विभिन्न माध्यमबाट सचेतना फैलाउने तयारी हुँदैछ,' उनले भने।
उनले दिउँसो लामखुट्टे हुनसक्ने ठाउँमा जाँदा पूरा बाहुला भएको लुगा लगाउन, सफा पानी छोपेर राख्न, गमलामा पानी जम्न नदिन आग्रह गरेका छन्।
चिकित्सकका अनुसार संक्रमित लामखुट्टेले टोकेपछि करिब ४८ घन्टाभित्र रगतमा भाइरस फैलिन्छ। त्यही अवस्थामा अर्को लामखुट्टेले बिरामीलाई टोकेर स्वस्थ मानिसलाई टोके रोग सर्छ। लामखुट्टेले टोकेपछि रोगको लक्षण देखिन ३ देखि १४ दिन लाग्छ। पहिलोपटक संक्रमण फैलिएका ठाउँमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखिन्छन्। यस्तोमा रुघाखोकी र ज्वरोका सामान्य औषधि खाएर निको हुनसक्छ। दोस्रोपटक भने फरक भाइरस भएको लामखुट्टेले टोक्दा जटिलता बढ्न सक्छ।
पछिल्लोपटक सन् २००९ मा चितवन, बुटवल, नवलपरासी, धनगढीलगायत स्थानमा ठूलो डेंगी ज्वरो फैलिएको थियो। सन् २००६ मा ९ जिल्ला र सन् २००९ मा ३५ भन्दा बढी जिल्लामा यो रोग भेटिइसकेको छ।
सामान्यतया भदौको सुरुआतपछि कात्तिकसम्म डेंगीका बिरामी बढी देखिने गरेका छन्। यो वर्षको मुख्य जोखिम समय बाँकी रहेकाले काठमाडौंमा लामखुट्टेका टोकाइबाट कसरी बच्ने भन्ने जनचेतना जरुरी भएको मरासैनी बताउँछन्।
डेंगीको खोप र छुट्टै उपचार विधि छैन। बिरामीको उपचार लक्षणका आधारमा गरिन्छ। डेंगी संक्रमणले शरीरमा रगत जम्ने प्रक्रिया अव्यवस्थित हुन्छ। यसले घातक रूप लिँदा छाला, पेट, आन्द्राजस्ता शरीरका भित्री भागमा रक्तस्राव हुन्छ। भाइरसले रगतमा भएको प्लेटलेट्समा आक्रमण गर्छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आँकडाअनुसार बर्सेनि करिब ५ करोड व्यक्ति डेंगीबाट संक्रमित हुन्छन् भने यसको जोखिममा करिब २ अर्ब ५० करोड व्यक्ति छन्।