बक्यौता कर तिर्न प्रोत्साहन
०१ साउन २०७१
•
४ मिनेट पाठ
बक्यौता कर तिर्न प्रोत्साहन
काठमाडौं- काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि साना करदातालाई प्रोत्साहनको व्यवस्था गरेको छ। महानगरपालिकाको राजस्व परामर्श समितिले पेस गरेअनुसार वार्षिक एक लाख रुपैयाँभन्दा बढी कर तिर्ने करदातालाई चालु आर्थिक वर्षसम्म रकम दाखिला गर्न चाहे किस्ताबन्दीको व्यवस्था गरेको हो। यस्तो व्यवस्था आर्थिक वर्ष २०७१/७२ को नगरपरिषदले निर्णय गरेको हो।नयाँ व्यवस्थाअनुसार अहिलेसम्म करको दायरामा नआएका वार्षिक १ लाखभन्दा बढी कर तिर्ने व्यवस्थामा रहेका करदातालाई समेटिएको छ। तर करदाताले चालु आर्थिक वर्षभित्र रकम दाखिला गर्न नसके वार्षिक १५ प्रतिशत शुल्कसमेत लगाई कर असुल गरिने व्यवस्था गरिएको छ। 
उनका अनुसार अघिल्लो आर्थिक वर्षमा १ अर्ब ११ करोड रुपैयाँ कर उठेको थियो भने चालु आर्थिक वर्षमा ९५ करोड रुपैयाँ उठाउने लक्ष्य लिइएको छ। 'बिहीबारदेखि करदातामा नयाँ योजना लागू भएको छ,' महानगरपालिका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले भने, 'पहिलो दिनमा यसबारे जानकारी लिनेहरु आएका छन्। चासो उत्तिकै छ।' यसबारे व्यापक प्रचारप्रसार गरेर अगाडि बढ्न थालेको उनले जानकारी दिए।
उनका अनुसार अघिल्लो आर्थिक वर्षमा १० लाख रुपैयाँभन्दा माथिका करदातालाई विभिन्न सुविधासहित कर तिर्नका लागि प्रोत्साहन गरेको थियो। 'अघिल्लो आर्थिक वर्षमा ठूला करदातालाई समेटेका थियौं,' उनले भने, 'ठूला करदाता कतिपयले बुझाएका छन् भने कतिपय दायरामा आएका छन्। दायरामा नआएका कतिपय सानादेखि ठूलासम्मकालाई फेरि नयाँ व्यवस्था भएको छ।'
यसैको फस्वरुप पार्किङ शुल्क र होर्डिङ बोर्डबाट कर शून्य हुँदा पनि आम्दानीमा महानगरले फड्को मारेको उनले बताए। यसअघि ५ प्रतिशत लिइँदै आएको बहाल कर दुई प्रतिशत राख्ने र नेपाल सरकारलाई दस प्रतिशत बहाल कर तिरेको प्रमाण ल्याए दस प्रतिशतको रकम बराबर छुट, मर्मतका लागि ५ प्रतिशत छुट दिने, साथै पुस मसान्तसम्म तिर्न आए थप २० प्रतिशत छुट दिने, यति सुविधा दिए पनि नआए पुसपछि बक्यौतामा थप १५ प्रतिशत जरिवाना लिइनेछ।
यसबाहेक व्यवसाय करको न्यूनतम दरमा दर्ता गर्ने र मनोरञ्जन कर ५ प्रतिशतबाट २ प्रतिशत उठाउने निर्णयले साना करदातालाई आकर्षित गर्ने योजना महानगरको रहेको उनले जनाए। साथै, महानगरलाई सवारी कर तिर्न यातायात व्यवस्था कार्यालय बागमती एकान्तकुना ललितपुरमा मात्र रहेकामा अब ३५ वटै वडाबाट तिर्न सकिने भएको छ।
'हामीले यसअघि ठूलो करदातालाई प्रोत्साहन गर्नका लागि कर छुट र जरिवाना छुट दिएको हो र अहिले पनि निरन्तरता नै छ,' उनले भने, 'तारे होटल र व्यापारिक भवनबाट कर असुल्ने काम भइरहेको छ। कतिपय करको दायरामा आइसकेका छन्।' महानगरको तथ्यांकअनुसार अहिलेसम्म १ लाख २३ हजार करदाता करको दायरामा छन् भने आठ लाखभन्दा बढी कुल करदाता छन्।


अर्को समाचार
आम्दानी बढाउँदै महानगर
०८ वैशाख २०७१
•
५ मिनेट पाठ
आम्दानी बढाउँदै महानगर
काठमाडौं-बक्यौता रकम उठ्ने क्रम बढ्दै गएपछि काठमाडौं महानगरपालिकाको आन्तरिकतर्फको आम्दानी अघिल्लो करिब ५० प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०५७/५८ देखि ठूला करदातालाई बक्यौता तिर्न प्रोत्साहन गरिएकाले चालू आर्थिक वर्षको सुरुवाती नौ महिनाको आन्तरिकतर्फको आम्दानी बढेको हो।महानगरपालिका राजस्व महाशाखाका अनुसार चालू आर्थिक वर्षमा आन्तरिक आय १ अर्ब २८ करोड ६३ लाख १४ हजार रुपैयाँ पुर्‍याउने लक्ष्य रहेकामा नौ महिनामै ९१ करोड ९४ लाख १५ हजार रुपैयाँ उठेको छ। महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार पछिल्लो वृद्धि मुख्य रुपमा बक्यौता रकम उठ्न थालेकाले सम्भव भएको हो। यसका लागि महानगरपालिकाभित्र करदाता सहयोगी कक्ष स्थापना, बक्यौता बाँकी रहेका ठूला करदातालाई चालू आर्थिक वर्षको पुस मसान्तसम्म जरिवाना छुट, त्यस्तै असोजसम्म तिर्नेलाई कर रकमको १० प्रतिशत छुट दिने लगायत योजना प्रभावकारी बनेको उनले जनाए।
उनका अनुसार घरबहाल कर सबैभन्दा बढी २०४.५ प्रतिशत, घरजग्गा कर ४७.३१ प्रतिशत, व्यवसाय कर २७ प्रतिशत र मालपोत १५.८४ प्रतिशतले बृद्धि भएका हुन्। यसबाहेक मनोरञ्जन कर उठ्न सकेको छैन भने विज्ञापन कर र सवारी कर क्रमशः ८८ प्रतिशत र २७ प्रतिशतले घटेका छन्।
अघिल्लो वर्ष आन्तरिक आय ९६ करोड १६ लाख १ हजार रुपैया रहेकामा लक्ष्य १ अर्ब २० करोड ८८ लाख ६४ हजार थियो। ‘हामीले उठाएको शैलीलाई हेर्दा यो वर्ष हाम्रो लक्ष्यलाई पूरा गर्छौं,' महाशाखाका अर्का प्रमुख महेश काफ्लेले भने, ‘नौ महिनामा उठेको रकम उत्साहप्रद छ, अझै ठूला कम्पनीबाट लाखौं उठ्नुपर्नेछ, उहाँहरु सकारात्मक हुनुहुन्छ।'
महानगरपालिकाले होडिङबोर्ड हटाइसकेको र पार्किङ पनि निःशुल्क गरेका कारण करमा गिरावट आएको छ। घर जग्गा र घरबहाल करको बक्यौता रकम उठेका कारण होडिङबोर्ड र पार्किङको आम्दानी गिरावटले फरक नपारेको महेशले जानकारी दिए।
‘दर्जनौं व्यापारिक भवन, सिनेमा घर र होटलले वर्षौदेखि कर नतिरेका कारण हामीले आवश्यक विवरणसहित कर बुझाउन आग्रह गरिरहेका छौं,' काफ्लेले भने, ‘विशालनगर बजार, ट्रेड टावर, भाटभटेनी सुपरमार्केटलगायतले केही रकम तिर्न थालेका छन्। यसबाहेक कतिपय बैंक पनि कर तिर्न आएकाले बक्यौता रकम उठ्ने क्रम बढिरहेको छ।'
कर तिर्ने बानीको अझै पनि विकास नभइसकेकाले पनि धेरैले यसतर्फ ध्यान नदिएको हुनसक्ने काफ्लेले बताए। उनका अनुसार करदाताको संख्या यकिन नआइसके पनि पछिल्लो समय कर तिर्नेलाई आधार मान्दा करिब २५ प्रतिशत करदाता वृद्धि भएका छन्।
‘अहिले ठूला कम्पनीलाई कर तिर्नका लागि ताकेता गरिरहेका छौं, कर तिर्न उनीहरु सकारात्मक देखिन्छन्,' उनले भने, ‘यसो भन्दैमा साना करदातालाई छुट भने छैन। वडा कार्यालय वा केन्द्रीय कार्यालयमा सेवा लिन जाने सर्वसाधरणलाई पनि कर तिरे–नतिरेको आधारमा आवश्यक सेवा दिन थालेका छौं। फलस्वरुप उनीहरु कर तिर्न बाध्य भएका छन्।'
महानगरपालिकामा दुई लाख ५६ हजार अनुमानित करदाताबाट नियमित कर उठ्न नसकेका कारण बक्यौता रकम रहेको धु्रवले बताए। उनका अनुसार नियमित तिर्नेले नै ७ करोडभन्दा बढी राजस्व तिरेका छैनन्। भाटभटेनी सुपरमार्केटले १ करोड ६० लाखभन्दा बढी, नेसनल ट्रेडिङले १ करोड ८६ लाख, विद्युत प्राधिकरणले १२ करोड, अर्बुद रोग निवारण संस्था कालिमाटीले २ करोड चालू आर्थिक वर्षको असारभित्र तिर्ने प्रतिबद्धता गरेको उनले जानकरी दिए। यसबाहेक हायात रेजिडेन्सी, मल्ल, याक एन्ड यतिजस्ता तारे होटलले समेत वषर्ौंदेखिको बक्यौता तिर्न बाँकी छ।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस