काठमाडौं–इराकबाट उद्वार गरिएका ११ जना नेपाली कामदारको टोली आज राती १०:२० बजे काठमाडौं आईपुग्ने भएको छ। फ्लाई दुबईको उडानबाट उनीहरु काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।उनीहरुलाई द्वन्द्व प्रभावीत क्षेत्रबाट इराककै कुर्दीस्तान प्रान्तको एर्विल सहर ल्याई त्यहाँबाट दुबई हुँदै स्वदेश फर्काउन लागिएको हो। उनीहरु सबैको हवाई टिकट सरकारले व्यहोरेको छ। उद्वार पश्चात आज राती काठमाडौं आईपुग्नेहरुमा कास्की निर्मलपोखरी–५ का सन्तोष लामिछाने, चितवन शारदानगर–३ का प्रकाश विश्वकर्मा, रुकुम कन्करी–६ का धनबहादुर बि.क., ओखलढुङ्गा मुलखर्क–१ का जीतबहादुर तामाङ, दाङ हपुर–९ का टोपबहादुर बस्नेत, मोरङ बयरवन–९ का मोहनकुमार बस्नेत, रामेछाप सुकजोर–३ का बिष्णबहादुर बस्नेत, धनकुटा खुवाफेक–९ का इन्द्रकुमार लिम्बु र सुवास मादी र दाङका अनिलकुमार चौधरी रहेका छन्। सन्तोष, प्रकाश, धनबहादुर र जीतबहादुरलाई टिक्रिटबाट उद्वार गरी केही दिनदेखी एर्विलमा राखिएको थियो भने अन्य सात जना किर्कुक भन्ने सहरबाट उद्वार गरी बिहीबार मात्र एर्विल पुर्याइएको थियो। पाकिस्तानस्थित नेपाली दूतावासबाट काजमा खटाइएका उपनियोग प्रमुख तीर्थराज अर्यालको पहलमा सात जनालाई किर्कुकबाट अर्विल लगिएको थियो।
अर्को समाचार
इराकबाट उद्दार गरिएका ११ नेपाली आज स्वदेश फर्कदैं
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।
दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।
दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।
यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो पनि पढौँ
ट्रेन्डिङ