काठमाडौं- नेपाल प्रहरीले आपराधिक सूचना संकलन प्रभावकारी बनाउन सर्वसाधारण र अन्य पेसाकर्मीलाई सुराकीका रूपमा खटाउने भएको छ। गैरप्रहरी सुराकीले प्रहरीले गर्दै आएको कारबाहीबाहेक अपराध र अपराधीसँग सम्बन्धित सूचना संकलन, शान्ति सुरक्षामा प्रभाव पार्ने व्यक्ति वा समूहको निगरानी गर्नेछन्। संगठन बाहिरकालाई जासुसीमा परिचालन गर्न प्रहरी प्रधान कार्यालयले निर्देशिका तयार गर्दैछ।
यसअघि गोप्य सूचना संकलनका लागि सर्वसाधारण र अन्य पेसाकर्मीलाई सूत्र बनाएर खटाउने कानुनी अधिकार राष्ट्रिय अनुसन्धान विभागमा मात्रै थियो। विभागको 'सूत्र' परिचालन राष्ट्रिय सुरक्षा र राज्य संयन्त्रमा जोडिएकाहरूको निगरानीमा केन्द्रित भएपछि आपराधिक समूह, तथा व्यक्तिको निगरानी र सूचना संकलन गर्न नयाँ प्रहरी नियमावलीले सूत्र परिचालनको अधिकार प्रहरीलाई समेत दिएको छ।
वैशाखमा लागु भएको नेपाल प्रहरीको नियमावली, २०७१ को नियम १९५ मा प्रहरीलाई समेत अपराध नियन्त्रण वा अनुसन्धानसम्बन्धी सूचना संकलनका लागि गोप्य रूपमा परिचालन गर्न सक्ने व्यवस्था छ। सोही प्रावधानअनुसार प्रहरी प्रधान कार्यालयले सूत्र परिचालनका लागि इन्टेलिजेन्स महाशाखा गठनको तयारी सुरु गरिसकेको छ।
'संगठनमा औपचारिक रूपमा नजोडिएकालाई समेत सुराकीका रूपमा परिचालन गर्ने तयारीमा छौं,' अपराध अनुसन्धान विभागका निमित्त प्रमुख डिआइजी सुरेन्द्र शाहले भने, 'यसले संगठनको इन्टेलिजेन्स नेटवर्क बढाउनेछ।'
प्रधान कार्यालयका अधिकारीका अनुसार सूत्र परिचालनका लागि डिआइजी प्रमुख रहने गरी अपराध अनुसन्धान विभागको मातहतमा इन्टेलिजेन्स महाशाखा गठन गरी पछि त्यसलाई निर्देशनालयमा विकास गर्ने तयारी सुरु भइसकेको छ।
यसका लागि प्रधान कार्यालयले सूत्र परिचालन निर्देशिका बनाउन गृहकार्य सुरु गरेको छ। गृहमन्त्रालयको कानुन महाशाखासँग सहकार्य गरेर निर्देशिका बनाइन लागेको हो।
गृहमन्त्रालयबाट निर्देशिका स्वीकृत भएसँगै हरेक प्रहरी कार्यालयले अपराधसम्बन्धी सूचना संकलनका लागि संगठन बाहिरकालाई सूत्रका रूपमा परिचालन गरी सूचना लिने अधिकार पाउनेछ।
प्रधान कार्यालयले प्रारम्भमा देशभर फैलिएका आफ्ना १ सय ९८ वटा अपराध अनुसन्धान इकाइमा सूत्र पुर्यारउने तयारी गरेको छ। जिल्ला तहसम्म सूत्र परिचालनको सञ्जाल बनाएर अहिलेकै संरचनाअनुसार जिल्ला तहका अनुसन्धान प्रमुखलाई नै सूत्र परिचालन प्रमुख बनाउने केन्द्रको तयारी छ।
प्रहरीमा मुद्दा हेर्ने अधिकारीलाई अनुसन्धान अधिकारी भनिँदै आएको छ। मुद्दा शाखाको प्रमुखमा आवश्यकताअनुसार जिल्ला तहमा डिएसपी वा प्रहरी निरीक्षक तहका अधिकारी हुन्छन्। अनुसन्धान अधिकारीको प्रत्यक्ष निर्देशनमा खटिने सूत्रबाट आएका सूचनाको गम्भीरताका आधारमा विश्लेषण र अनुगमन इन्टेलिजेन्स महाशाखाले गर्नेछ।
विशेष प्रकृतिको आपराधिक घटनामा अनुसन्धानका लागि गठित प्रहरी युनिटहरूले भने आ–आफ्नै प्रक्रियाले सूत्र खटाउँदै आएका छन्। नियमावलीले सबैलाई एकीकृत गर्नुअघि गम्भीर प्रकृतिका आपराधिक घटनामा अनुसन्धान गर्ने केन्द्रीय अनुसन्धान ब्युरो, लागुऔषध कारोबार र नियन्त्रणसम्बन्धी विषय मात्रै अनुसन्धान गर्ने लागुऔषध अनुसन्धान ब्युरो र आतंकवाद र अन्तरदेशीय आपराधिक घटना अनुसन्धान गर्ने विशेष ब्युरोले सूत्रका रूपमा सर्वसाधारणलाई परिचालन गर्दै आएका छन्।
नयाँ नियमावलीले प्रत्येक प्रहरी युनिटलाई नै संगठनसँग नजोडिएकालाई सूत्रका रूपमा परिचालन गर्ने अधिकार तोकेको छ। त्यसैले अब सबै कार्यालयका सूत्रलाई महाशाखाले केन्द्रीकृत गर्नेछ।
कार्यालयहरूले आफ्नो उद्देश्यअनुसार सूत्र परिचालन गरेर लिएको सूचना केन्द्रसम्म नआउँदा एकीकृत विश्लेषण र प्रभावकारी परिचालन हुन नसकेको डिआइजी शाह बताउँछन्। निर्देशिका आएसँगै जिल्ला तहदेखिको आपराधिक सूचना केन्द्रसम्म आइपुग्दा विश्लेषण र परिचालन प्रभावकारी हुने उनको भनाइ छ।
'बदलिँदो परिवेशअनुसार प्रहरीको अनुसन्धान पद्धतिलाई समेत आधुनिकीकरण गर्न आवश्यक भइसक्यो,' डिआइजी शाहले भने, 'प्रभावकारी सूत्र परिचालनपछि पक्राउ गरेर अनुसन्धान गर्ने परिपाटी बदलिएर अनुसन्धानपछि पक्राउको परिपाटी कायम हुनेछ।'
घुमुवा हट्ने
प्रहरी प्रधान कार्यालयले सूचना संकलनमा घुमुवा प्रहरीको अवधारणा हटाउने भएको छ।
आपराधिक घटनाबारे पूर्वसूचना वा आपराधिक घटनामा संलग्नसम्बन्धी सूचना संकलन र खोजीका लागि प्रहरीको केन्द्रदेखि चौकीसम्मका प्रमुखले सादा पोसाकमा घुमुवा प्रहरी परिचालन गर्दै आएका छन्।
घुमुवाका रूपमा परिचालित प्रहरीको योग्यता र उसको दर्जा नतोकिँदा कार्यालय प्रमुखले जसलाई सहज लाग्यो त्यसैलाई खटाउने गरेका छन्। तर, उनीहरू आपराधिक घटना र आपराधिक व्यक्तिबारे भन्दा पनि अतिरिक्त आम्दानीमा बढी सक्रिय हुँदा संगठन बदनाम बनेको छ।
घुमुवाको बहानामा संगठनका सदस्यहरूको दुरुपयोग भएको ठहर गर्दै गृह मन्त्रालयले एक वर्षअघि सूचना संकलन परिचालनबारे निर्देशिका बनाएको थियो। उक्त निर्देशिकामा अपराध अनुसन्धान विभागमार्फत सादा पोसाकका प्रहरी परिचालन हुने गरी क्षेत्र, अञ्चल र जिल्ला तहसम्मको संरचना बनाइएको थियो।
निर्देशिका लागु भएपछि पनि घुमुवाको कार्यप्रकृतिमा सुधार नआएपछि उनीहरूलाई समेत सूत्रका रूपमा परिचालन गर्ने तयारी गरिएको छ। डिआइजी शाहले यसको पुष्टि गर्दै घुमुवा प्रहरीको अवधारणा हटाएर संगठनका सदस्यहरूलाई आवश्यकताअनुसार सूत्रको संयन्त्रमा जोडेर परिचालन गर्ने तयारी भइरहेको जानकारी दिए।