काठमाडौं- संविधानसभामा अप्रत्याशित पराजय बेहोरेपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता बाबुराम भट्टराई एकअर्कालाई 'बेवास्ता र निषेध' गरेर अघि बढ्न थालेपछि पार्टी गोलचक्करमा फसेको छ।अध्यक्ष दाहाल पछिल्लो समय भट्टराईभन्दा पनि दुई वर्षअघि आफैंबाट छुट्टिएका राजनीतिक गुरु मोहन वैद्यसँग नजिकिएका छन्। संविधानसभाबाहिर रहेका, तर माओवाद, माओविचारधारा स्विकार गर्ने तथा 'जनयुद्ध' मा संलग्न साना चार वामपन्थी दलसँग कार्यगत एकता गरेर दाहाल अघि बढिरहेका छन्।
विराटनगर सम्मेलनबाट भट्टराईसँग द्वन्द्व चर्किएका बेला दाहालले 'पार्टी एकीकरण गर्न उहाँ (वैद्य) तयार भए म त्यो (अध्यक्ष) पद उहाँलाई छाड्न पनि तयार छु' भनेका थिए। लगत्तै, पाँच पार्टीबीच कार्यगत एकता भयो। भट्टराईले भने राजनीतिक विचार, सिद्धान्त र कार्यदिशामा सहमत नभई एकीकरण हुन नसक्ने भन्दै भोलिपल्टै खण्डन गरिदिए। आफूलाई साइजमा ल्याउन दाहालले वैद्य कार्ड प्रयोग गरे पनि राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिले वैद्यसँग दाहाल लामो समय अघि जान नसक्ने भट्टराई पक्षको बुझाइ छ।
यता दाहालले खरीपाटी भेलामा वैद्यले पेस गरेको 'जनताको संघीय संविधान' भन्ने कार्यदिशालाई कार्यगत एकताका नाममा ब्युँत्याएका छन्। र, सोही एजेन्डामा गत सोमबार अन्तर्क्रिया नै गराए। जबकि, खरीपाटी भेलाले तय गरेको उक्त कार्यदिशा पालुङटारसम्म स्वीकार गरेका दाहाल २०६८ वैशाखमा त्यसलाई छाडेर भट्टराईको 'शान्ति र संविधान' को कार्यदिशामा आएका थिए। सोही कारणले पार्टी विभाजन भयो।
अहिले फेरि वैद्यसँग घाँटी जोडिएको अवस्थामा 'जनताको संघीय संविधान' लाई पुनः बहसमा ल्याइनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। अझ, वैद्यसँग कार्यगत एकता गरेपछि दाहाल 'संविधानसभाको यही संरचनाले संविधान बन्दैन, बनाउँदैन, अब सडकबाट पनि दबाब दिन जरुरी छ' भन्ने अभिव्यक्ति दिन थालेका छन्। यसले गर्दा संविधान निर्माणप्रति दाहालको प्रतिबद्धतामा शंका उब्जिएको छ। त्यसो त दाहालले विराटनगर सम्मेलनमा पेस गरेको राजनीतिक प्रतिवेदनमा नै यो विषय पहिलोपटक उल्लेख गरेलगत्तै भट्टराईले ७ बँुदे टिप्पणीमार्फत 'संविधान निर्माणमा दाहाल उदासीन' हुन खोजेको आरोप लगाए। र, अहिले पनि भट्टराईले दाहाललाई त्यही आरोप लगाउँदै आएका छन्।
पछिल्लो समय दाहालले आफ्नो पार्टीको चुनावी प्रतिबद्धताविपरीत गत सोमबार सार्वजनिक रूपमा नै 'सहमतिबाट नभई प्रक्रिया (बहुमतको बलमा) बाट संविधान निर्माण गरियो भने रगतको खोलो बग्छ' भनेका थिए। संविधानसभा निर्वाचनअघि चुनावमा ल्याउनै 'नचाहेका' र वैद्यहरू नभए पनि 'फरक नपर्ने' भनेका दाहालले पछिल्लो समय वैद्यले चुनाव अघिदेखि नै राख्दै आएको माग 'सर्वपक्षीय राजनीतिक सभा' लाई समर्थन गर्न थालेका छन्। उनले वैद्यको मागलाई कुनै न कुनै हिसाबले सम्बोधन गर्नुपर्ने वकालतसमेत गर्न थालेका छन्।
यता, भट्टराई भने संविधानसभाबाट अग्रगामी तथा प्रगतिशील संविधान निर्माणमा आफ्नो सम्पूर्ण ध्यान लगाउने भन्दै संविधानसभामा नै बढी केन्द्रित भएका छन्। र, पार्टीका गतिविधिमा कमै उपस्थित हुने गरेका छन्। दाहालले संविधान निर्माणमा आंशका गरिरहेका बेला भट्टराई भने जसरी पनि निर्धारित मिति माघ ८ गतेभित्र संविधान निर्माण गर्न प्रतिबद्ध देखिएका छन्। संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत रहेका भट्टराई संविधान निर्माण प्रक्रियामा सक्रिय छन्।
पछिल्लो समय गरिएको कार्यगत एकता र मोर्चाबन्दीले दाहालले संविधानसभा भित्रबाट भन्दा पनि बाहिरबाट दबाब दिएर अघि बढ्न चाहेको संकेत गरेको छ। उनी त्यसैका लागि वैद्य माओवादीसहित आदिवासी/जनजाति, मधेसी शक्तिको साथ खोजिरहेका छन्। तर, भट्टराई प्रक्रियागत रूपमा नै संविधानसभाभित्रै भूमिका खेलेर प्रगतिशील तथा अग्रगामी संविधान बनाउन पहल गर्नुपर्नेमा जोड गर्छन्। विराटनगर सम्मेलनमा राखेको ७ बुँदे टिप्पणी र पछिल्लो समय समितिमा देखिएको सक्रियताले त्यसैमा जोड गरेको देखाएको छ।
यसैगरी, तत्काल नै समाजवाद जाने (अथवा तयारीमा लाग्नुपर्ने) दाहालको रणनीतिप्रति आपत्ति जनाएका भट्टराईले त्यसअघि राष्ट्रिय पुँजी निर्माणमा जोड गर्नुपर्ने बताएका छन्। 'अहिले नै भर्खर जन्मँदै गरेको पाठो खाने होइन, त्यसलाई हुर्काएर खसी भएपछि मात्रै खाने रणनीतिमा पार्टी जानुपर्ने' भन्दै भट्टराईले दाहालको रणनीति अस्वीकार गर्दै आएका छन्।
विराटनगर सम्मेलनदेखि चुलिएको आन्तरिक विवाद झन् उत्कर्षमा पुगेको छ। दाहालले एकलौटी गर्न खोजेको आरोप लगाउँदै भट्टराई र उनी पक्षधर नेता पार्टीभित्र निष्त्रि्कय छन्। दाहाल पक्ष हाबी भएको केन्द्रको निर्णयलाई भट्टराई अस्वीकार गर्दै अघि बढिरहेका छन्। निर्वाचनबाट पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो चुनिने प्रक्रियालाई भट्टराईले ठाडै अस्वीकार गरिदिए। त्यसअघि विराटनगर सम्मेलनमा दाहालले प्रस्ताव गरेको केन्द्रीय सदस्य भट्टराईसहित १६ जनाले स्वीकार गरेनन्।
भट्टराई र उनी पक्षका कोहीले पनि अहिले पूर्ण केन्द्रीय समिति सदस्यबाहेक कुनै पदीय जिम्मेवारी लिएका छैनन्। दाहाललाई आफ्नै तरिकाले पार्टी चलाउन त दिएका भट्टराई आफू पनि आफ्नै तरिकाले अघि बढ्न चाहेको देखिँदै गएको छ। सिन्धुली र मकवानपुरमा भट्टराई पक्षको समानान्तर जिल्ला समिति नै गठन भएको छ। स्रोतका अनुसार भट्टराई पक्ष 'पार्टीभित्र पार्टी' को रणनीतिमा अघि बढ्ने तयारीमा छ।