मध्यवर्तीको पीडा : क्षति धेरै, राहत कम
०३ साउन २०७१
•
७ मिनेट पाठ
मध्यवर्तीको पीडा : क्षति धेरै, राहत कम
चितवन- नवलपरासी, कोल्हुवा–७ की कमलादेवी पोख्रेलले १० कट्ठामा लगाएको गहुँ गैंडाले सखाप पार्योम। खेत चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र परे राहत पाउने व्यवस्था छ। तर, राहत हात परेपछि उनी रुनु न हाँस्नु भइन्।मध्यवर्ती समितिले न्यूनतम मूल्यांकन गर्दा पनि ३० हजार रुपैयाँबराबरको नोक्सानी ठहर्या उँदै राहतका लागि सिफारिस गरेको थियो। तर, उनका हातमा पर्योब जम्मा ५ हजार। क्षतिपूर्तिका नाममा बर्सेनि घाटा खानुपर्दा निकुञ्जआसपासका बासिन्दा पीडामा छन्। जनावरले खाएको बालीको क्षतिपूर्ति पाउने कानुनी व्यवस्था भए पनि त्यो पर्याप्त छैन। आउनुपर्ने रकम पनि समयमा आउँदैन। राहत निर्देशिका २०६९ अनुसार एक बिघा खेतीको बढीमा १० हजार रुपैयाँसम्म दिने व्यवस्था छ। घरपालुवा पशु मारे पनि त्यति नै पाइन्छ। क्षतिका हिसाबले राहत रकम साह्रै कम भएको स्थानीयको गुनासो छ। राहत पाउने प्रक्रिया झनै झन्झटिलो रहेको उनीहरू बताउँछन्। 
'एक बिघामा कमसेकम २५ क्विन्टल चामल उत्पादन हुन्छ। ५० हजार रुपैयाँ पर्छ। त्यसको जम्मा १० हजार क्षतिपूर्ति दिएर कसरी हुन्छ?,' पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका निवर्तमान अध्यक्ष यमकान्त भुसालले भने। नोक्सान भएको बालीको शतिप्रतिशत राहत दिनुपर्ने उनको माग छ।
'एक त राहत नै कम, त्यसमाथि राहत पाउने प्रक्रिया पनि सहज छैन,' बूढी राप्ती मध्यवर्ती उपभोक्ता समितिका निवर्तमान अध्यक्ष कुलप्रसाद भुसाल भन्छन्। जे नोक्सानी भएको हो त्यसको पशुसेवा कार्यालय र कृषिसेवा केन्द्रबाट प्रमाणित गराउनुपर्छ। 'पशुसेवा कार्यालय र कृषिसेवा केन्द्र निकै कम छन्। कर्मचारी नै भेटिँदैनन्। उनीहरूलाई खोज्दै कहाँ–कहाँ डुल्ने,' भुसालले अप्ठ्यारो सुनाए। पाँचपाण्डवका निवर्तमान अध्यक्ष भुसाल पनि स्थानीय स्तरमै प्रक्रिया पूरा गराउन तीन महिना लाग्ने गरेको बताउँछन्। प्रक्रिया पूरा भएर आएपछि मध्यवर्ती उपभोक्ता समितिले निकुञ्जको मुख्यालयमा सिफारिस पढाउँछ। मुख्यालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा निवेदन पाठउँछ। विभागले क्षेत्रीय वन निर्देशनालयमा पठाएपछि बल्ल राहत प्रक्रिया टुंगिन्छ। राहतका लागि काठमाडौं हुँदै हेटौंडासम्म पुग्नुपर्ने प्रक्रिया झन्झटिलो रहेको पीडित बताउँछन्। 
'क्षेत्रीय वन निर्देशनालय हेटौंडाले चेक काटेपछि हामी राहत उपलब्ध गराउँछौं,' चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी टीकाराम पौडेल भन्छन्। 
रकम अभाव 
पौडेलका अनुसार मध्यवर्ती क्षेत्रमा हाल बाली र चौपाया नोक्सान भएकालाई बाँड्न ४४ लाख रुपैयाँ रकम चाहिन्छ। तर, क्षेत्रीय वन निर्देशनालयबाट ३१ लाख ३८ हजार रुपैयाँ मात्रै आएको छ। १२ लाख रुपैयाँ अझै राहत दिन बाँकी छ।
हालसम्म बाली र पशु नोक्सानीका ३ सय १५ घटना भएकोमा १ सय ३५ वटाको मात्रै राहत दिन सकिएको पौडेल बताउँछन्। १ सय ८० वटामा राहत दिन बाँकी छ। 'पैसा नभएकाले पठाउन नसकिएको जानकारी निर्देशनालयले गराएको छ,' उनले भने। 
जनावरले मान्छे मारेमा वा घाइते बनाएमा दिइने राहत र उपचारखर्चको रकम बाली वा पशुको तुलनामा केही बढी छ। मृतकका परिवारलाई ३ लाख रुपैयाँ र घाइतेको उपचारका लागि बढीमा ५० हजार रुपैयाँ दिइन्छ। यो वर्ष निधन भएका पाँच र घाइते २३ जनाको राहत र उपचारखर्च आइसकेको पौडेलले जानकारी दिए। यस्ता घटनामा आन्दोलनै हुने भएकाले तत्काल रकम उपलब्ध गराइने भएको हो। तर, बाली र पशुक्षतिबारे धेरै कुरा नउठ्ने भएकाले सम्बन्धित निकायमा सुनुवाइ हुनै गाह्रो रहेको स्थानीय बताउँछन्। 
संरक्षणमा असर 
थोरै राहत र झन्झटिलो प्रक्रियाको असर मध्यवर्ती क्षेत्रको संरक्षणमा परेको पाँचपाण्डव समितिका निवर्तमान भुसालको भनाइ छ। पर्याप्त राहत नपाउने भएपछि किसान आफैं गैंडा छेक्न पासो थाप्ने गर्थे। त्यसमा अल्झेर गैंडा मरेका घटना छन्। गत असोजमा केरा जोगाउन राखेको पासोमा परेर एउटा गैंडा मरेको थियो।
'राहत रकम बढाउन सकिन्छ। त्यो पनि गाह्रो हो भने बाली र पशुबिमा सुरु गरे राम्रो। निकुञ्जले अल्झाएको भावना जनतामा पर्न भएन,' भुसाल भन्छन्। राहतको लामो प्रक्रियालाई सहज बनाउन उनको सुझाव छ। 'मध्यवर्तीका समूह र समितिले गर्ने मूल्यांकन र सिफारिसलाई आधार मानेर निकुञ्जले राहत दिनुपर्छ,' उनी भन्छन्। 
चितवन निकुञ्ज दुर्लभ वन्यजन्तु बाघ र एकसिंगे गैंडाको मुख्य वासस्थल हो। यी जनावरको प्रभावकारी संरक्षणका लागि निकुञ्ज प्रशासन र स्थानीयबीच सम्बन्ध सुधार्न मध्यवर्तीको अवधारणा आएको हो। मध्यवर्ती क्षेत्रमा चितवनसहित, नवलपरासी, पर्सा र मकवानपुरका साढे ४५ हजार घरधुरी बसोबास गर्छन्।


अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस