वीरमा वर्ष दिनदेखि सिटिस्क्यान बन्द
०४ साउन २०७१
•
९ मिनेट पाठ
वीरमा वर्ष दिनदेखि सिटिस्क्यान बन्द
काठमाडौं- मुलुककै पुरानो र ठूलो सरकारी अस्पताल वीरमा एक वर्षदेखि सिटिस्क्यान सेवा ठप्प बनेको छ। उपकरण खरिद तथा मर्मतका लागि कमिसनको खेल चल्दा वीर अस्पतालले सिटिस्क्यान सञ्चालन गर्न नसकेको हो।




१४ वर्षअघि २ करोड ९० लाख रुपैयाँमा खरिद गरिएको सिटिस्क्यान मेसिन बिग्रिएर थन्किएको छ। त्यसलाई मर्मत गर्न १४ लाख रुपैयाँ मात्रै लाग्ने भए पनि अस्पतालले चासो देखाएको छैन। नयाँ खरिद गर्न पटक–पटक बजेट विनियोजन भए पनि कुन कम्पनीको र कस्तो किन्ने भन्नेमा पदाधिकारीबीच कुरा नमिल्दा प्रक्रिया अघि बढ्न सकेको छैन। यसले बर्सेनि बजेट फ्रिज हुने गरेको छ। 
वीरको पुरानो सिटिस्क्यान मेसिन 'सिंगल स्लाइस'को हो। जापानस्थित सिमाजु कम्पनीको उक्त मेसिन नेपालस्थित मध्यस्थकर्ता कम्पनी प्यासिफिक कमर्सियलमार्फत खरिद गरेर २०५७ पुस १७ देखि सञ्चालनमा ल्याइएको थियो। विश्व बजारमा ५१२ स्लाइसको सिटिस्क्यान आइसकेको छ। नेपालका अस्पतालले भने हालसम्म १२८ स्लाइससम्मका सिटिस्क्यान मेसिन ल्याएका छन्। 
वीरका वरिष्ठ रेडियोग्राफर अधिकृत कृष्ण कोइराला मर्मत गरेर सञ्चालन गरे पुरानो मेसिनले अझै केही वर्ष काम गर्ने बताउँछन्। उनका अनुसार सुरुमा जडान गरेपछि चार वर्षसम्म मेसिनमा कुनै समस्या थिएन। त्यसपछि भने प्रत्येक वर्ष कुनै न कुनै समस्या आइरहेको छ। 
पछिल्लोपटक २०७० साउन २९ गते सिपियुको इलेक्ट्रोनिक बोर्ड जलेपछि सिटिस्क्यान मेसिन थन्किएको हो। भदौ ५ गते गुजरातबाट आएका सिमाजु कम्पनीका इन्जिनियरले सिपियुमा 'डिजिटल इमेजिङ एन्ड कम्युनिकेसन इन मेडिसिन' सफ्टवेयर राख्न सुझाव दिएका थिए। उनीहरूले जडान गर्नुपर्ने सामान र उपकरणबारे स्थानीय प्राविधिकलाई सुझाव दिएका थिए।
'इएलके ३०००' भन्ने पुरानो प्रविधिको लेजर इमेजर खिया लागिसकेकाले त्यसको सट्टा नयाँ डिजिटल प्रविधि राखे अझै केही वर्ष काम लाग्ने इन्जियिनयरहरूको सुझाव थियो। अहिलेको लेजर प्रविधिअनुसार डेभलपर र फिक्सरको सहायतामा इमेज कोरिन्छ। पुरानो लेजर इमेजरको फिल्म बजारमा पाइन छाडेको छ। 
गुजरातका इन्जिनियरको सुझावअनुसार रेडियोलोजी विभागले टिप्पणी उठाएको थियो। त्यही आधारमा अस्पतालका निर्देशक र उपकुलपति कार्यालयले स्वीकृत गरेका थिए। 
इन्जिनियरहरूका अनुसार करिब १४ लाख रुपैयाँमा मर्मत सम्भव थियो। नेपालस्थित एजेन्टले ती सामान झिकाउने प्रतिबद्धता जनाएको थियो। तर, प्रक्रिया अचानक रोकियो। खरिद सम्झौतामै कम्तीमा २० वर्षसम्म मर्मतका लागि आवश्यक पर्ने कुनै पनि सामान कम्पनीले नै उपलब्ध गराउने उल्लेख छ। 
तर, भदौमा आवश्यक उपकरण ल्याएर बनाइदिने प्रतिबद्धता जनाएका स्थानीय एजेन्ट एकाएक सम्पर्कविहीन भए। 
स्रोतका अनुसार कमिसनका लागि नयाँ सिटिस्क्यान मेसिन किन्न लागिपरेका विभिन्न समूह र व्यापारीको मिलेमतोमा सिटी बनाउनै खोजिएन। 'नयाँ मेसिन किन्दा बढी कमिसन पाइने प्रलोभनमा यहाँका पदाधिकारी लागेको देखिन्छ,' स्रोतले भन्यो। 
वरिष्ठ रेडियोग्राफर अधिकृत कोइराला नयाँ नकिनेसम्म पुरानोलाई मर्मत गरेर चलाउनुपर्ने बताउँछन्। 'मर्मत गरेर आकस्मिक कक्षमा राख्दा फरक पर्दैन, बिरामीले कमसेकम सेवा त पाउँछन्,' उनले भने।
सिटिस्क्यान मेसिनले अन्तिम वर्षमा करिब ८२ लाख आम्दानी गरेको थियो। उक्त मेसिनबाट हालसम्म करिब ७० हजारले सेवा पाइसकेका छन्। त्यसमध्ये आधाजसोलाई निःशुल्क सेवा दिइएको थियो। रेडियोलोजी विभागका अनुसार बिग्रिएकै महिना पनि करिब ३ हजार ९ सयले सेवा पाएका थिए। 
सिटिस्क्यान मेसिन करिब ११ वर्ष चल्दा १० करोडभन्दा बढी आम्दानी भएको छ। वीरले टाउकाको सिटिस्क्यान २ हजार रुपैयाँमा गराउँथ्यो भने निजीमा १२ हजारसम्म पर्छ। 
सिटिस्क्यान सेवा नहुँदा वीरले गम्भीर अवस्थाका बिरामीलाई निजी तथा निजामती र आर्मी अस्पतालमा रेफर गर्ने गरेको छ। आकस्मिक कक्षबाट भने प्रायः निजी अस्पतालमा रेफर गरिन्छ। 
अहिले न्याम्समा एमडी, डिएम तहको पढाइ हुन्छ। विशेषज्ञ र सुपर विशेषज्ञ तह पढिरहेकाले सिटिस्क्यान गरेको हेर्न निजामती र आर्मी अस्पताल धाउनुपर्छ। सिटिस्क्यान मेसिन बिग्रिएपछि ७ जना रेडियोग्राफर कामविहीन बनेका छन्। 
अस्पतालका एक वरिष्ठ चिकित्सकले कमिसनको खेलका कारण मेसिन खरिद हुन नसकेको बताए। 'मन्त्रालयले पाँच वर्षअघि एउटा सिटिस्क्यान दिन खोज्दा पनि पदाधिकारीले इन्कार गरेका थिए,' उनले भने, 'पदाधिकारीहरू कमिसन खाने दाउमा लागेका छन्।'
अस्पतालका पूर्वनिर्देशक डा. बुलन्द थापाले हालको मेसिन पुरानो भएकाले नयाँ झिकाउन पहल गरे पनि सफल हुन नसकेको बताए। 'गत वर्ष फ्रिज हुन लागेको साढे २ करोड रकमान्तर गरी थप बजेट मागेर १६ स्लाइसको मेसिन किन्ने तयारी गरेका थियौं,' उनले भने, 'तर, उपकुलपति कार्यालयले दिएन।'
डा. थापाका अनुसार त्यतिबेला निमित्त उपकुलपति डा. मुकुन्दराज पन्थीले 'किन १६ स्लाइस, १२८ कै किनौं' भनेर प्रस्ताव अगाडि बढाएका थिए। 'पछि चार वर्षअघि ६४ स्लाइसको किन्ने फाइलको प्रसंग उठेपछि खरिद प्रक्रिया थन्कियो,' उनले भने।
चार वर्षअघि सिटी किन्न खोज्दा डा. पन्थी ६४ स्लाइसको सिटी किन्ने पक्षमा थिए भने डा. थापाले मन्त्रालयबाट अनुदानमा ल्याउन खोजेका थिए। 
निमित्त उपकुलपति डा. पन्थीले अहिलेको प्रक्रियाबारे केही उल्लेख गर्न चाहेनन्। 'प्रक्रिया चलिरहेको छ। आगामी वर्ष नयाँ सिटिस्क्यान मेसिन र एमआरआई आउँछ,' उनले भने। आफूले २०६५ सालदेखि नै नयाँ सिटिस्क्यान मेसिन ल्याउन पहल गरे पनि नमिलेको उनको भनाइ थियो। 
यसैबीच, रेजिडेन्ट चिकित्सक एसोसिएसन अफ न्याम्स (र्या न) ले सिटिस्क्यान मेसिन बिग्रिएको लामो समय बितिसक्दा पनि नबनाएको भन्दै आन्दोलनको चेतावनी दिएको छ। र्यानन अध्यक्ष डा. मंगल रावलले रेडियोलोजीको विशेषज्ञ उत्पादन हुने ठाउँमा एक वर्षदेखि सिटी नहुँदा पनि प्रशासन बनाउन गम्भीर नभएको आरोप लगाए। उनले अब दबाबमूलक आन्दोलनको विकल्प नभएको बताए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस