धुर्कोट (गुल्मी- गुल्मीको बलेटक्सारमा रहेको ऋङ्गेश्वर बहुमुखी क्याम्पसमा अध्यक्षले नै लेखापालको काम गर्ने गरेका छन्।विसं २०५६ मा क्याम्पस स्थापना भएदेखि क्याम्पस सञ्चालक समितिका अध्यक्ष चक्रपाणि गौतमले स्थापनाकालदेखि नै अध्यक्ष र लेखापालको दोहोरो जिम्मेवारी पाएका हुन्।
“विसं २०५६ मा क्याम्पस स्थापना भएर विसं २०५७ देखि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएको हो, त्यसबेलादेखि आफैँले नै हिसाबकिताब हेरेको छु”–अध्यक्ष तथा लेखापाल पौडेलले भने–“क्याम्पसको आर्थिक स्रोत कमजोर भएकोले लेखापाल राख्न नसक्दा यसो गरिएको हो।”
अध्यक्षले आफैँ १० वर्षसम्म लेखापालको काम गर्दा आर्थिक हिसाबकिताब अपारदर्शी भएको र अनियमतिता भएको स्थानीयले आरोप लगाएका छन्। “नियमले नै नदिने कुरामा जोड गरेर अध्यक्षले लेखापालको पनि काम गर्छन्, अरू कसैलाई हिसाबकिताब थाहा छैन”–एक अभिभावकले भने–“लाखौँको हिसाबकिताब एक्लै जे गरे पनि भयो।”
क्याम्पसप्रमुख शोभाखर पन्तले सञ्चालक समितिको अध्यक्षले नै लेखापालको जिम्मेवारी बहन गर्न नपाउने भए पनि सञ्चालक समितिको निर्णयअनुसार नै त्यसो गरिएको हो।
उनले हिसाबकिताब भने तीनजनाले हेर्ने भएकाले अपारदर्शी नभएको दाबी गरे।
बिए, बिएड र बिबिएसमा गरी २०० जना विद्यार्थीले अध्ययन गर्ने सो क्याम्पसमा विभिन्न स्रोतबाट वार्षिक रु ३० लाखभन्दा बढी आम्दानी हुने क्याम्पसको खर्च पनि सोही अनुपातमा रहेको छ।
“विश्वविद्यालय अनुदान आयोगबाट रु ६ लाख २० हजार, विद्यार्थीबाट शुल्क रु २४ लाख, विभिन्न बैंकका मुद्धति खातामा राखिएको रु साढे ११ लाख र अन्य गरी रु ३० लाखभन्दा बढी आम्दानी हुन्छ”–अध्यक्ष पौडेलले भने–“एक कर्मचारी, एक कार्यालय सहयोगी र १८ जना प्राध्यापक गरी २० जनाको तलबभत्ता र बाँकी प्रशासनिक खर्च गरी त्यति नै खर्च हुन्छ।”
क्याम्पस स्थापनाकालमा विभिन्न स्रोतबाट आएको बीउपुँजीबाहेक रु १५ लाख बचत रहेकाले विद्यार्थी सङ्ख्या घट्नेबित्तिकै क्याम्पस नचल्ने क्याम्पस प्रमुख पन्तको भनाइ छ।
स्वामी सत्यदेव स्मृति फन्डको रु ३७ लाख, भारतीय दूतावासको रु एक करोड ९९ लाख ७१६ र विश्वविद्यालय अनुदान आयोगबाट भौतिक पूर्वाधार निर्माणका लागि रु ३७ लाख ५० हजार गरी रु दुई करोड ४० लाख २० हजार लागतमा एकतले भवन निर्माण गरिएको छ भने अर्को तलाको लागि केही काम भइरहेको छ।