खोटाङ– धार लगाउँदै गरेको खुकुरी छातीमा घोपिएर खोटाङमा एक बालकको ज्यान गएको छ। घरको पिँढीमा बसेर खुकुरीमा धार लगाउनेक्रममा पल्टिँदा छातीमा खुकुरी रोपिएर राजापानी–७ का ११ वर्षीय प्रदिप राईको ज्यान गएको हो।पिँढीमा बसेर खुकुरीमा धार लगाउँदै गर्दा पल्टिएर खुकुरीमाथि लडेका बालकको छातीमा खुकुरी घोपिएर सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। खुकुरी रोपिएर छातीमा गहिरो चोट लागेको बालक राईका घटना स्थलमै ज्यान गएको आफन्तले बताएका छन्।
राईको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोविन्दकुमार साहले बताए। घटनाको सत्यतथ्य छानविन गर्न प्रहरीको टोली समेत खटाइएको प्रहरी नायव उपरीक्षक साहले बताए।