भद्रपुर- यस वर्षको एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार झापाका पत्रकार लक्ष्मण ढकाल र पार्वतीदेवी शर्मा पत्रकारिता प्रोत्साहन पुरस्कार पत्रकार लेखनाथ परदेशी सिवाकोटीकी श्रीमती कृष्णकलालाई प्रदान गर्ने निर्णय भएको छ।
प्रेस स्वतन्त्रता सेनानी एसएल शर्माको स्मृतिमा शर्मा परिवारले सिर्जनशील पत्रकारिता पुरस्कार र श्रीमती पार्वतीदेवीको स्मृतिमा पत्रकारिता प्रोत्साहन पुरस्कार स्थापना गरेको हो।
पुरस्कार छनोट समितिका संयोजक नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
रु ११ हजारको नगद पुरस्कार र सम्मानपत्रसहितको एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कारका लागि छनोट भएका ढकाल ३७ वर्षदेखि पत्रकारितामा क्रियाशील छन्।
झापाको बिर्तामोड नगरपालिका–१ निवासी ढकाल हाल पूर्वाञ्चल दैनिकको सम्पादकका रूपमा कार्यरत छन्।
विसं २०३४ मा विश्वदीप मासिकबाट पत्रकारिता सुरु गरेका ढकालले शनिबार साप्ताहिक, स्वतन्त्रता साप्ताहिक, जनस्वतन्त्रता साप्ताहिकको संवाददाता तथा विभिन्न पद र जिम्मेवारीमा रहेर कार्य गर्नुका साथै कञ्चनजङ्घा एफएमको संस्थापक समाचार सम्पादकको जिम्मेवारीसमेत पूरा गरेका छन्।
पार्वतीदेवी पत्रकारिता प्रोत्साहन पुरस्कारका लागि छनोट भएकी झापाको जलथल–३ निवासी सिवाकोटीका श्रीमान् परदेशी २७ वर्षदेखि पत्रकारितामा क्रियाशील छिन्। परदेशी हाल बरुण साप्ताहिकका सह–सम्पादक र नागरिक एफएमको संवाददाताको रूपमा कार्यरत छिन्।
प्रोत्साहन पुरस्कारको राशि रु पाँच हजार र सम्मानपत्र रहेको छ। ती पुरस्कार प्रेस स्वतन्त्रता दिवसका अवसरमा आगामी चैत १६ गते प्रदान गरिनेछ।
एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कारबाट यसअघि कृष्ण धरावासी, लीला उदासी, चन्द्र भण्डारी, गोविन्दचन्द क्षेत्री, चिन्तामणि दाहाल, कृष्ण हुमागाईं, गोपाल गिरी, गोपाल गड्तौला, भीम नेम्वाङ र मोहनकाजी न्यौपाने पुरस्कृत भइसकेका छन्।
त्यस्तै पार्वतीदेवी प्रोत्साहन पुरस्कारबाट पत्रकार लीला बरालकी श्रीमती कुन्ता, मदन ढकालकी श्रीमती सावित्रा, माधव विद्रोहीकी श्रीमती सञ्जु, अमृतलाल श्रेष्ठकी श्रीमती निलु र दिपीन राईकी श्रीमती लीला पुरस्कृत भइसकेका छन्।