मनपरी दोहनले सयौं बिघा बाँझै
०७ साउन २०७१
•
९ मिनेट पाठ
मनपरी दोहनले सयौं बिघा बाँझै
झापा- निर्माण सामग्री निकाल्न जथाभावी खोला खोतल्दाको दुष्परिणाम झापाका विभिन्न ठाउँमा भयावह रुपले देखापर्न थालेको छ। स्थानीयले वर्षौंदेखि औंल्याउँदै आएको सम्भावित जोखिमलाई सरकारी निकायले वास्ता नगर्दा एकैपटक धेरैथरी समस्या देखिन थालेको हो।
खोलामा मनपरी दोहन गरेकै कारण कतै मध्यबर्खामा किसानको खेत बाँझिने गरी सिँचाइ आयोजना भत्केको छ भने यस्तै जोखिममा अरु आयोजना पनि परेका छन्। पूर्व–पश्चिम राजमार्गका धेरै पुल र तिनको नजिकै रहेका अन्य महत्त्वपूर्ण संरचना पनि जोखिममा परेका छन्।

जथाभावी खोला खोतलेकै कारण धुलाबारीस्थित निन्दा पुलनजिकैको निन्दा धोबीखोला सिँचाइ आयोजनाको मुहान भत्केको छ। मेचीनगर– १ को केही भाग तथा ज्यामिरगढीका वडा नम्बर ७, ५, ३, ४ र २ का सयौं बिघा खेत सिँचित गर्ने नहरको मुहान मध्यबर्खामा भत्केको छ।

कमजोर मनसुनले आकाशे पानी पनि पर्याप्त नआएको र नहरको मुहान पनि स्थानीय स्रोतले धान्नै नसक्ने गरी भत्किँदा ज्यामिरगढी क्षेत्रका खेत बर्खा बित्न लाग्दासम्म बाँझै छन्। 'चौबिसै घन्टा पानी चल्नुपर्ने बेलामा नहर सुक्खा छ,' ज्यामिरगढीका काँग्रेस नेता तारावीर कटुवाल भन्छन्, 'अरुले खोला जथाभावी खोतल्दाको मूल्य किसानले खेत बाँझै राखेर चुकाउनु परिरहेको छ।'

नहरको मुहान र पूर्वपश्चिम राजमार्गमा पर्ने निन्दा पुल जोडिएका छन्। किसानले पुलमुनिको भाग सुरक्षित हुने ठानेर लाखौं खर्चमा मुहान बनाएका हुन्। तर, गिट्टी बालुवा कारोबारी ठेकेदारले यी संरचनाको संवेदनशीलता ख्यालै नगरी जथाभावी निर्माण सामग्री निकाल्दा मुहान भत्किएको हो। 'बर्सेनि मुहानछेउबाटै निर्माण सामग्री निकालिन्थ्यो,' निन्दा धोबीखोला सिँचाइ आयोजनाका अध्यक्ष गणेश कटुवाल भन्छन्, 'लगातार त्यसो गर्दा खोला गहिरिँदै गयो। मुहानको भाग उचालिँदै गयो। पानी उठाउन पनि समस्या भयो। यसपालि त मुहानै बग्यो, त्यसले सयौं विघा जमिन बाँझै हुने अवस्था आयो।' उनका अनुसार खोलामा गिट्टी–बालुवा निकाल्ने व्यवसायी र खोला ठेक्का दिने स्थानीय निकायमा यसबारे पटक–पटक जानकारी गराइएको थियो। तर, कसैले वास्ता नगर्दा सयौं परिवारका धान खेत बाँझिने अवस्था आएको छ।

राजमार्गछेउका महŒवपूर्ण संरचना पुल, विद्युत उत्पादन केन्द्र तथा अन्य स्थायी संरचना भएको ठाउँदेखि ५ सय मिटरनजिकबाट केही पनि निर्माण सामग्री निकाल्न नपाइने कानुनी व्यवस्था छ। यद्यपि कानुन बनाउने तर कार्यान्वयनमा सिन्को नभाँच्ने सरकारी शैलीले यो व्यवस्थाको धज्जीमात्रै उडाउँदै छैन, जनसरोकारका धेरै संरचनाको भविष्य नै समाप्त पनि पार्दैछ।

यसकै अर्को नमूना हो, कन्काई सिँचाइ आयोजनाको मुहान। मध्यदक्षिण झापाका आठ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिन सिँचित हुने कन्काई नहरको मुहानमा रहेको 'हेडबक्स' खोला खोतलेकै कारण जोखिममा परेको वर्षौं भइसकेको छ। यो नहर पूर्वकै भरपर्दोमध्येको एक हो। तर, मुहान जोखिममा परेपछि स्थानीय चिन्तित छन्। 'हामीले यो क्षेत्र संवदेनशील हो भनेर धेरैपटक ध्यानाकर्षण गराएका छौं,' सतासीधामका अर्जुन पौडेल भन्छन्, 'कन्काई पुलको पाँच सय मिटर परिधिमा पर्दैन भन्दै यसकै छेउबाट निर्माण सामग्री निकालिन्छ।' अघिल्लो वर्ष नहरका उपभोक्ताले मुहानको छेउबाट खोला खोतल्न नदिन जिविसमा आग्रह गरेका थिए। त्यसको केही समयसम्म रोकिए पनि ट्र्याक्टर चालकले पुलभन्दा टाढा रहेको कानुनी छिद्रको दुहाई दिँदै फेरि खोतल्न थालेका छन्।

त्यसो त छुनै नपाइने भनिएको पुल क्षेत्र पनि सुरक्षितचाहिँ छैन। जिल्लाको पूर्वी सीमा काँकडभिट्टादेखि पश्चिम मावाखोलासम्ममा ६ वटा खोला निर्माण सामग्री निकाल्न योग्य मानिन्छन्। निन्दा, हँडिया, बिरिङ, कन्काई, रतुवा र मावा खोलाबाट जिल्ला विकास समितिले बर्सेनि ठेक्कामार्फत ठूलो रकम पाउँछ। जिविसको पहिलो प्याकेजमा पर्ने नदीमध्ये रतुवा, मावा र कन्काईमाई अघिल्लो वर्ष १ करोड १५ लाखमा र बिरिङ ५० लाखमा ठेक्का लागेको थियो। यसपटक ठेक्काको तयारी भएकै छैन।

खोलाबाट यतिधेरै रकम लिने निकायले त्यहाँका महत्त्वपूर्ण संरचनाको सुरक्षामा भने उत्ति चासो दिएका छैनन्। पुलको ५ सय मिटर नजिकबाट केही निकाल्न नपाइने नियम पालना नहुँदा यी खोलाका पुल जोखिममा छन्। सरकारी निकायका अधिकारी नै यो तथ्य स्वीकार गर्छन्।

'पुलनजिकैबाट जथाभावी निर्माण सामग्री निकाल्दा पुल जोखिममा परेका छन्,' सडक डिभिजन कार्यालय दमकका प्रमुख रामहरि पोखरेल भन्छन्, 'त्यसमध्ये पनि कन्काई माईको पुल सबैभन्दा बढी जोखिममा छ। खोला खोतल्दाको सबैभन्दा ठूलो असर यो पुलमा परेको छ।' उनका अनुसार कन्काई पुलका सबै पिल्लरको आधार तह माथि निस्किसकेको छ। जमिनमुनि गाडिएको भाग बाहिर निकस्नुुलाई खतराको सूचक मानिन्छ। यद्यपि कन्काई पुल खोतल्ने क्रमले बिराम पाएको भने छैन। 'हामीले आफैं कारबाही गर्ने होइन, सम्बद्ध निकायमा भन्ने हो,' उनले भने, 'त्यो काम हामीले गरिरहेका छौं।'

कन्काईको मात्रै होइन, अत्यधिक गिट्टी–बालुवा झिकिने बिरिङ, निन्दालगायत खोलामा भएका पुलका पनि पिल्लरको आधार तह प्रस्टै बाहिर निस्केको छ। बर्खामा खोलामा पानीको तह बढ्ने हुनाले मात्रै त्यो छोपिने गरेको छ। अन्यथा अरु बेला गाडिएको भागको चिनो देखिने गरी सबै पुलका आधार तह बाहिरै देखिन्छन्।

चारैतिरबाट खोलामा मनपरी हुन थालेको गुनासो आएपछि झापा प्रशासनले साउन र भदौ महिनाभरि कुनै पनि खोलानालाबाट निर्माण सामग्री निकाल्न रोक लगाएको छ। जिल्ला प्रशासनले त्यस्ता सामग्री निकाल्न पाइने र नपाइने क्षेत्र किटान गर्ने पनि जनाएको छ। 'बर्खामा निर्माण सामग्री निकाल्दा बाढीको जोखिम बढेको र चुरे विनाश तथा अन्य संरचनामा पनि क्षति पुगेकाले दुई महिनालाई प्रतिबन्ध लगाइएको हो,' प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले भने, 'यसपटक निर्माण सामग्री निकाल्न पाइने र नपाइने ठाउँ निश्चित गरिनेछ।'



अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
३ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस