पोखरा-लाहाचोक र माझठाना गाउँको स्वास्थ्यसंस्थामा गर्भ जाँच्न आउनेमध्ये धेरैजसो २० वर्षभन्दा कम उमेरका किशोरी हुन्छन्। ‘सानै उमेरमा बिहे गर्नाले किशोरी अवस्थामा गर्भवती हुने धेरै छन्,' वरिष्ठ जिल्ला जनस्वास्थ्य प्रशासक रमेश अधिकारी भन्छन्। यो कास्कीको स्वास्थ्यक्षेत्रका लागि मुख्य चुनौतीमध्ये एक बनेको छ।विज्ञका अनुसार २० वर्ष नपुग्दै गर्भवती हुँदा महिला र बच्चाको स्वास्थ्य जोखिमपूर्ण हुन्छ। सुत्केरी आमा र नवजात शिशुको ज्यान जानुको प्रमुख कारण सानो उमेरमा गर्भधारणलाई पनि एक मानिन्छ। शिशु र मातृ मृत्युदर घटाउन भनेरै सरकारले सुरक्षित मातृत्वलगायत परियोजना सञ्चालन गरिरहेको छ। साक्षरता दर धेरै हुनेमा कास्की तेस्रो जिल्ला हो। तर, स्वास्थ्य चेतना भने त्यसअनुसार विकसित भएको देखिन्न। ४ लाख ९२ हजार जनसंख्यामध्ये ८० प्रतिशतभन्दा धेरै कास्केली साक्षर छन्।
छोरीलाई छिटो बिहे गरेर अर्काको घर पठाउन हतारिने अभिभावकका कारण किशोरी गर्भवती धेरै भएको स्वास्थ्यका अधिकारी बताउँछन्। ‘यत्तिको केटा पाइन्न अहिल्यै बिहे गर्नुपर्छ भनेर कर गरेपछि छिटो बिहे गरें,' लाहाचोककी सरु पौडेलले भनिन्, ‘बिहे गर्दिनँ भनेर रुँदा पनि सुख पाइनँ।' १५ देखि १९ वर्षबीचको उमेरमा बिहे गर्नेहरू कास्कीको जनसंख्यामा ४० प्रतिशतभन्दा बढी रहेको तथ्यांक २०६८ को जनगणनाले सार्वजनिक गरेको थियो। ८० हजार ३७ जनाको किशोरी अवस्थामा बिहे भएको जनगणनामा उल्लेख छ।
सबैभन्दा बेसी लाहाचोक र माझठानामा भए पनि अरू गाउँमा पनि थुप्रै किशोरी गर्भवती रहेको बताउँछिन्, पब्लिक हेल्थ नर्स सम्झना ढुंगाना। उनका अनुसार सहरी इलाकामा पनि त्यस्तै देखिन्छ। लेखनाथ नगरपालिकाका स्वास्थ्यसंस्थामा गर्भ जाँच गराउन आउनेमा ३७ प्रतिशत महिला २० वर्षभन्दा कम उमेरका रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। माझठाना र लाहाचोकमा भने झन्डै ५० प्रतिशत गर्भवती किशोरी छन्।
कास्कीमा बर्सेनि साढे १३ हजार महिला सुत्केरी हुन्छन्। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा वार्षिक ९ हजार र मणिपाल अस्पतालमा ३ हजारभन्दा बढी महिला सुत्केरी हुने गरेका छन्। अरू भने गाउँकै बर्थिङ सेन्टरमा बच्चा जन्माउँछन्। केही अझै पनि घरमै सुत्केरी हुने गरेका छन्।
‘सुरक्षित मातृत्व' कार्यक्रम चलेयता स्वास्थ्यसंस्थामा आएर गर्भ जँचाउने महिला भने बढेका छन्। त्यसकै आधारमा किशोरी गर्भवतीको संख्या सार्वजनिक भएको हो। स्वास्थ्यसंस्थामा जँचाउँदा सुत्केरी भएपछि ४ सय रुपैयाँ प्रोत्साहन भत्ता दिइन्छ। स्वास्थ्यसंस्थामै सुत्केरी हुनेले १ हजार रुपैयाँ यातायात भाडा पनि पाउँछन्। गाउँका स्वास्थ्यसंस्थामा सुत्केरी हुनेका बच्चालाई आवश्यक न्यायो कपडा पनि सरकारले दिन्छ। तर, पहिलोपटक गर्भ जाँच्न आएकामध्ये ६५ प्रतिशत मात्रै चौथोपटकसम्म आउने गरेको तथ्यांक छ।
सुरक्षित मातृत्व कार्यक्रमकै कारण नेपालमा मातृमृत्युदर घटेको नेपाल चिकित्सक संघ गण्डकीका अध्यक्ष डा. गिरिधारी शर्मा बताउँछन्। ‘सुरक्षित मातृत्व कार्यक्रम सुरु भएपछि नेपालमा मातृमृत्युदर प्रति एक लाखमा ५ सय ३९ बाट २ सय ३१ मा झरेको छ,' उनले भने।
जिल्ला जनस्वास्थ्यका वरिष्ठ प्रशासक रमेश अधिकारीका अनुसार कास्कीमा १५ वटा बर्थिङ सेन्टर छन्। कास्कीमा बर्सेनि साढे १३ हजार महिला सुत्केरी हुने अनुमान गरी सरकारले त्यसअनुसारका सुविधा पठाउँछ। गाउँमा सुविधा बढी दिइने भए पनि सुरक्षित सुत्केरी हुने आसले महिला पोखराकै अस्पताल आउने गरेका छन्।
कास्कीमा मात्रै नभई किशोरावस्थाको गर्भधारण नियन्त्रण देशकै चुनौती बनिरहेको छ। सरकारी तथ्यांकअनुसार नेपालमा केटामान्छेको बिहेको औसत उमेर २१ दशमलव ६ वर्ष छ भने केटीको साढे १७ वर्ष। तीमध्ये ८० प्रतिशत दम्पतीले बिहेको दुई वर्षभित्रै बच्चा जन्माउँछन्। संसारभर नै किशोरी आमाको संख्या ठूलो भए पनि त्यसको ९० प्रतिशत संख्या नेपाललगायत कम विकसित मुलुकमा छ। डा. शर्माका अनुसार १९ वर्षभन्दा मुनि र ३५ वर्षभन्दा माथिका महिला गर्भवती हुनु आफैंमा जोखिमपूर्ण हुन्छ। १३ देखि १९ वर्षको उमेरमा सुत्केरी हुँदा ज्यानै जाने सम्भावना अधिक हुने उनले बताए।