जाजरकोट- नातिलाई बचाउन खोज्दा यहाँ नाति र बजै दुवैजना भेरी नदीमा बगेर बेपत्ता भएका छन्। जिल्लाको सीमा गाविस वडा नं ९ छेडाचौर निवासी सरिता नेपाली र उनका छ वर्षीय नाति जयबहादुर नेपाली भेरी नदीमा बगेर बेपत्ता भएका हुन्।
शनिबार साँझ ६ बजे नातिलाई लिएर भेरी नदीमा कपडा सफा गरिरहेको अवस्थामा नाति एक्कासि नदीमा बगेपछि नातिलाई जोगाउन खोज्दा बजै सरिता पनि सँगै बेपत्ता भएकी स्थानीय पूर्ण महतराले बताए।
उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ। यो ठाउँमा पानीको समस्या हुँदा भेरी नदीमा कपडा सफा गर्नेदेखि पिउनका लागि समेत भेरीको दूषित पानी नै प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ।