थोत्रा उपकरणको भरमा क्यान्सर अस्पताल
११ साउन २०७१
•
६ मिनेट पाठ
थोत्रा उपकरणको भरमा क्यान्सर अस्पताल
चितवन- क्यान्सर उपचारमा देशकै प्रमुख मानिने भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आवश्यक उपकरण अभावले उपचार प्रभावित हुने जोखिम बढेको छ। कति उपकरण बिग्र्रेको वर्षौं भए पनि न मर्मत गरिएको छ न त नयाँ किनिएको छ। फेर्नुपर्ने अवस्थामा पुगेका उपकरण पनि सोही हालतमा प्रयोगमा ल्याइएका छन्। उपकरण मर्मत तथा नयाँ खरिदबारे कसैले चासो दिएको पाइँदैन।

यहाँ आउनेमध्ये स्तन क्यान्सरका बिरामीको संख्या तेस्रो नम्बरमा पर्ने अनुसन्धान तथा रोकथाम केन्द्रका प्रमुख किशोरकुमार प्रधानांग बताउँछन्। तर, स्तन क्यान्सरका बिरामीको एक्सरे परीक्षणमा प्रयोग गरिने म्यामोग्राफी मेसिन नै अस्पतालसँग छैन। 'अन्यत्र सिटी म्यामो आइसकेको छ, हाम्रोमा पुरानो म्यामो पनि आठ वर्षदेखि बिग्रेर बसेको छ,' सञ्चालक समिति पूर्वसदस्य डा. अनिलविक्रम कार्की भन्छन्।
अस्पतालको तथ्यांकअनुसार अघिल्लो वर्ष परीक्षणका लागि आएका ६ हजार ४ सय २४ मध्ये २ सय ६८ जनालाई स्तन क्यान्सर भएको पत्ता लागेको थियो। बिरामीको यति धेरै चाप रहे पनि म्यामोग्राफी मेसिन ल्याउन अस्पताल तातेको छैन। मेसिन नभएकै कारण परीक्षणका लागि बिरामी निजी अस्पताल जाने गरेका छन्। 'सञ्चालक समिति बैठकमा म्यामो किन्नुपर्ने आवाज पटकपटक उठाइएको हो तर निर्णय हुन सकेन,' डा. कार्कीले भने, 'यो उपकरण खासै महँगो पनि पर्दैन तर किन्न चासो दिइएको छैन। यहाँका बिरामीले अझै कहिलेसम्म अन्यत्र धाउनुपर्ने हो, ठेगान छैन।' 
अस्पतालमा रहेको सिटिस्क्यान मेसिन पनि निकै पुरानो भएको छ। अस्पतालले औपचारिक सेवारम्भ गरेको वर्ष २०५७ असोजमै किनिएको सिटिस्क्यान मेसिन अहिलेसम्म फेरिएको छैन। १५ वर्षको यो अवधिमा त्यसभन्दा निकै परिस्कृत र सुविधाजनक सिटिस्क्यान मेसिन बजारमा आइसकेका छन्। डा. कार्की भन्छन्, 'विदेशमा १२८ स्लाइसको सिटी मेसिन आइसकेको छ। हाम्रो मेसिन एउटा स्लाइसको हो। यो पनि पुरानो भइसक्यो, फेर्नेबारे कसैले चासो राख्दैन।' कम्तीमा ६४ स्लाइसको सिटी मेसिन ल्याउन अत्यावश्यक नै भइसकेको उनी बताउँछन्। 'चारवटा म्यामो र दुईवटा सिटी मेसिन भए काम गर्न सहज हुने थियो,' उनले भने। 
बिरामीलाई पनि अस्पतालमै सिटिस्क्यान गर्दा सस्तो पर्छ। बाहिर १२ हजार तिर्नुपर्ने शुल्क यहाँ जम्मा ४ हजार भए पुग्छ। 'पर्याप्त र राम्रो सिटिस्क्यान मेसिन भए बिरामीको आर्थिक भार पनि कम हुने थियो, आखिर यहाँ प्रायः निम्नआयका बिरामी नै आउने हुन्,' कार्की भन्छन्। रेडियोथेरापी गर्ने उपकरण पनि निकै पुराना भइसकेका छन्। कार्कीका अनुसार आगामी वर्षदेखि रेडियोथेरापी मेसिन काम नलाग्ने अवस्थामा पुग्न सक्छन्। किनकि यिनीहरूको मर्मत गरेर चलाउन सकिने मिति पनि आगामी वर्षदेखि सकिँदै छ। त्यसैले नयाँ नै किन्नुको विकल्प छैन। 
क्यान्सर पत्ता लागेपछि त्यसलाई फैलन नदिन रेडियोथेरापी गरिन्छ। वर्षमा २ हजारले रेडियोथेरापी लिने गरेका छन्। जीर्ण अवस्थाको रेडियोथेरापी मेसिनमा समस्या आए उपचारसेवा नै धरापमा पर्न सक्नेतर्फ सञ्चालक समितिलाई पटकपटक सचेत गराएको चिकित्सक बताउँछन्। क्यान्सरले ग्रस्त भएपछि प्रधानमन्त्री सुशील कोइराला हालै मात्र अमेरिकामा रेडियोथेरापी गरेर स्वदेश फर्केका छन्। 'त्यहाँ प्रधानमन्त्रीज्यूको रेडियोथेरापी ५ दिनमा सकियो, यहाँ भइदिएको भए ३५ दिनभन्दा बढी लाग्थ्यो। यो सबै पुरानो उपरकणले गर्दा हो,' सञ्चालक समितिका पूर्वसदस्य डा. कार्की भन्छन्। अघिल्लो वर्ष राष्ट्रपति डा. रामवरण यादव क्यान्सर परीक्षणकै लागि जापान जानुपर्योी। 'क्यान्सर भए/नभएको सूक्ष्म परीक्षण गर्न पेटस्क्यान मेसिन चाहिन्छ। यहाँ त्यो भइदिएको भए राष्ट्रपतिज्यू विदेश जानै पर्दैनथ्यो,' कार्की थप्छन्। एमआरआई मेसिन पनि अस्पताललाई अत्यावश्यक भइसकेको उनले जनाए। 
थुप्रै उपकरण अभाव रहे पनि बजेट अभावले किन्न नसकिएको अस्पतालका उपकार्यकारी निर्देशक विजयराज न्यौपाने बताउँछन्। 'उपकरण धेरै चाहिएका छन् तर बजेट बर्सेनि घट्दै छ। आन्तरिक स्रोतले किन्न सकिने अवस्था छैन,' उनले भने। सरकारले यसपटक केही अत्यावश्यक उपकरणलाई बजेटको व्यवस्था गरेको पनि डा. न्यौपानेले जानकारी दिए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस