सुर्खेत- सुर्खेत–दैलेख सडकखण्डको सुर्खेतको गढीमा पर्ने छेडानजिकै गएको पहिरो नरोकिँदा सवारीसाधन ठप्प भएका छन्।
पहिरो आइरहेका कारण सडकमा सञ्चालन गर्न नसक्दै आवतजावतमा समस्या आएको छ। शनिबार बिहानदेखि आएको पहिरो हटाउन नसकेपछि उक्त सडकअन्तर्गत चल्ने दैलेख र सुर्खेतकै धरमपोखरा–मटेलाका लागि चल्ने यात्रुवाहक सवारीहरू लादेमा रोकिएका छन्।
यात्रुलाई भने गन्तव्यतर्फ पुर्याउने व्यवस्था मिलाइएको छ। दैलेख र सुर्खेतको धरमपोखरा–मटेलाबाट बसमा आएको यात्रुलाई पहिरो गएको स्थानबाट यहाँको वीरेन्द्रनगरबाट गएका सवारीले ल्याउने र वीरेन्द्रनगरबाट गएका यात्रुलाई दैलेख र धरमपोखरा, मटेलाबाट आएका सवारीले लिएर जाने गरेका छन्।
यसअघि पनि पहिरो जाने गरेको उक्त स्थानमा निरन्तरको वर्षाका कारण पहिरो हटाउन समस्या भएको छ। पहिरो हटाउनका लागि भ्याकुम तथा स्काभेटर सञ्चालन गरिए पनि पहिरो आइरहेका कारण हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रकाश अधिकारीले बताए।
उक्त स्थानमा सुरक्षाकर्मी खटाइएको र आजसम्म अवरुद्ध सडक सञ्चालनमा आउन सक्ने अधिकारीको भनाइ छ।