बनेपा- शिक्षकका पेसागत सङ्घ तथा सङ्गठनले नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयको अवज्ञा भएको आरोप लगाएका छन्। उनीहरुले जिल्ला शिक्षा समितिको बैठकमा सङ्घ तथा सङ्गठनका अध्यक्षलाई आमन्त्रण गर्ने विषयमा भएको मन्त्रिस्तरीय निर्णयलाई काभ्रेपलाञ्चोक जिल्लामा पनि लागू गर्न आग्रह गर्दै निर्णय लागू नभए कानुनी र नैतिक दबाबका कार्यक्रम सञ्चालन गर्ने जनाएका छन्।
विसं २०६७ असार ३० गते सरकारको मन्त्रिस्तरीय निर्णयले पेसागत सङ्घ र संस्थाका अध्यक्षलाई जिल्ला शिक्षा समितिको बैठकमा आमन्त्रण गर्ने निर्णय गरेको थियो।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष श्यामप्रसाद पाण्डे, अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष टङ्कराम अधिकारी, नेपाल शिक्षक परिषद्का अध्यक्ष खड्कप्रसाद सापकोटा र अखिल नेपाल शिक्षक सङ्गठन काभ्रेपलाञ्चोकका अध्यक्ष दुर्गासिंह तामाङले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै स्थायी शिक्षकको पदस्थापनका विषयमा समेत सुझाव दिएका छन्।
उनीहरुले स्थायी शिक्षकलाई नियुक्ति दिँदा विस्थापित हुने शिक्षकको दरबन्दीलाई समेत रिक्त दरबन्दीसरह मानी सम्बन्धित तहमा दरबन्दी कट्टा हुने भए दरबन्दी कट्टा गरी प्राथमिकता क्रममा रहेका विद्यालयमा कायम गर्न आग्रह गरेका छन्।
शिक्षक सङ्घ र सङ्गठनले शिक्षक पदस्थापनसम्बन्धी आठ बुँदे सुझावसमेत जिल्ला शिक्षा समितिलाई दिएका छन्।
काभ्रेपलाञ्चोक जिल्लामा २५२ जना स्थायी शिक्षक माग भएकामा विद्यालयमा कार्यरत १४० जनाले मात्रै स्थायी शिक्षकमा नाम निकालेका छन्। सरकारले अस्थायी शिक्षकलाई पनि विद्यालयबाट विस्थापित नहुने कार्ययोजना बनाएको छ। जिल्लामा जिल्ला शिक्षा समितिको अध्यक्ष स्थानीय विकास अधिकारी हुने प्रावधान छ।