बाँके- दाइजोका कारण आगोमा जलाइएकी २० वर्षीया रिहाना ढपालीको उपचारका लागि अर्थाभाव भएपछि नेपाल इक्रा एजुकेसनल फाउन्डेसन बाँकेले आर्थिक सहयोग गरेको छ।तराई मानव अधिकार रक्षक सञ्जाल थर्ड एलायन्स उपक्षेत्रीय कार्यालय नेपालगन्जसँग उपचारका लागि व्यवस्था मिलाइदिन माग गरेपछि सो संस्थाको पहलमा इक्राले आर्थिक सहयोग गरेको हो।
रिहनाको दायाँ खुट्टाको घाउ पाक्न थालेपछि उनी चिन्तित बनेकी छन्। रिहनाको निःशुल्क उपचारका लागि महिला तथा बालबालिका कार्यालय नेपालगन्जले भेरी अञ्चल अस्पताललाई पत्र लेखेपनि रिहनाले मेडिकल कलेजमा उपचार गराउने बताएकी छिन्।
रिहनाको उपचार आजदेखि मेडिकल कलेज नेपालगन्जमा हुने बुबा समिम शेष ढपालीले बताए। आगोमा जिउँदै जलाउन प्रयास गर्नेलाई प्रहरीले किन पक्राउ गर्न नसकेको हो भन्ने प्रश्न गर्ने रिहनाले न्यायका लागि पहल गरिदिन थर्ड एलायन्ससँग माग गरेकी छिन्।
पाँच महिना पहिला बाँके लक्ष्मणपुर– ८ मियापुरकी रिहनालाई मोटरसाइकल र भैँसी दाइजो नल्याएको भन्दै उनकै पति र सासूले जलाएर मार्ने प्रयास गरेका थिए।
उपचारका लागि वीर अस्पताल पुगेकी रिहनाले विभिन्न संस्थाको सहयोगमा उपचार गराएर आफ्नो माइती घर हिरमिनिया फर्केको एक महिना भएको छ।
मुस्लिमहरुको पवित्र महिना रोजा बस्न नपाएकामा चिन्ता व्यक्त गर्ने रिहनाले इद पर्व मनाउने तयारी गरिरहेेकी छिन्। रिहनाको बुबा समिमका अनुसार छोरीका लागि कपडा सिलाइ सकिएको छ र इद मनाउने तयारी पनि पूरा भएको छ।