काठमाडौँ- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)अन्तर्गत आवासीय चिकित्सक सङ्घले वीर अस्पताललाई आज 'बिरामी अस्पताल' घोषणा गर्दै आफ्नो आन्दोलन जारी राखेका छन्।
विसं २०६३ देखि न्याम्सअन्तर्गत जेठो र पुरानो वीर अस्पताल सञ्चालन हुँदै आएको छ। आवासीय चिकित्सकहरुले विभिन्न माग राखी हिजो साउन ११ गतेदेखि अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सेवा प्रभावित हुने गरी आन्दोलन थालेका हुन्।
अस्तपालमा बिग्रिएको सिटी स्क्यान, एमआरआई, एक्सरे र भिडियो मेसिन मर्मत गर्नुपर्ने, न्याम्सको कुलपति, रजिष्ट्रार र रेक्टरको नियुक्ति हुनुपर्ने, दीक्षान्त समारोहको मिति तय हुनुपर्ने लगायतका माग ती चिकित्सकको छ।
सङ्घका अध्यक्ष डा. मङ्गल रावलले आफ्नो आन्दोलन बिरामीका असुविधाका लागि होइन, वीर अस्पतालको सुधारका लागि हो भने। विगत चार महिनादेखि न्याम्समा पदाधिकारीहरु रिक्त रहेको छ भने विगत दश वर्षदेखि दीक्षान्त समारोह हुन सकेको छैन।
ती अत्यावश्यक उपकरण बिग्रिएका कारण बिरामी अन्यत्र गई सेवा लिन बाध्य छन्। अध्ययन गर्ने चिकित्सकहरुलाई थप अध्ययनमा असुविधा परिरहेको सङ्घले जनाएको छ।
“हामी वीर अस्पतालको सुधार गर्न चाहन्छौं, मागबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, मेडिकल काउन्सिललगायत सम्बन्धित निकायमा ध्यानकर्षण गराउँदा सुनुवाइ नभएका कारण आन्दोलनमा उत्रिएका हौँ,” सङ्घका अध्यक्ष रावलले भने।
हाल सो अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा लिन दैनिक एक हजार ५०० भन्दा बढी बिरामी जाने गर्दछन्। चिकित्सकको आन्दोलनका कारण सेवाग्राही मर्कामा हुनुपरेका छन्।