काठमाडौं - दुर्घटनामा परेका दुई पत्रकारको उपचारका लागि आर्थिक पत्रकार समाज (सेजन)ले सहयोगका लागि आह्वान गरेको छ। बस दुर्घटनामा घाइते भएका पत्रकारद्वय किरण अधिकारी र मोदनाथ ढकालको बीएन्डबी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ।
सेजन महासचिव पुष्पराज आचार्यद्वारा जारी अपिलमा उनीहरुको उपचारका लागि कोष खडा गरिएको उल्लेख छ।
सेजनले उक्त कोषमा सहयोग गर्न इच्छुक व्यक्तिहरुले नेपाल बंगलादेश (एनबी) बैंकको बिजुलीबजारस्थित मुख्य शाखामा 005005157041P मा सहयोग जम्मा गरिदिन अथवा अनामनगरस्थित सेजन सचिवालयमा सहयोग उपलब्ध गराइदिन अपिल गरेको छ।