काठमाडौं- चुरे दोहन रोक्दै यस क्षेत्रको संरक्षण र विकास गर्न गठित समितिले तराईका २६ जिल्लालाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम लैजाने भएको छ। सोमबारबाट राजधानीमा आफ्नै कार्यालय सरेको 'राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति' ले पहिलो चरणमा यसअघि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू भएकै २६ जिल्ला केन्द्रित कार्यक्रम लैजाने जानकारी दिएको हो।समितिका अध्यक्ष रामेश्वर खनालले आर्थिक वर्ष ०७०/७१ मा संरक्षणका कार्यक्रम लागू भइरहेका २६ जिल्लालाई प्राथमिकतामा राखेर काम गर्ने जानकारी दिए। 'यो आर्थिक वर्षमा यिनै जिल्लामा कार्यक्रम लागू गरिनेछ,' साझेदारी वनउपभोक्ता महासंघले सोमबार राजधानीमा आयोजना गरेको 'चुरे क्षेत्रको दिगो व्यवस्थापनका लागि राष्ट्रिय अभियान तयारी' शीर्षक अन्तर्त्रि्कयामा भने, 'यीमध्ये पनि बढी जोखिम र संवेदनशील जिल्ला पहिचान गरिनेछ।'
उनले बा“की १० जिल्लामा अर्को आर्थिक वर्षदेखि कार्यक्रम लागू गर्ने जानकारी दिए। चुरेको संरक्षण र व्यवस्थापनमा राजनीतिक तहबाट भरपुर सहयोग भइरहेको जानकारी दिँदै खनालले समितिलाई पूर्णता दिने विषयमा सरकारलाई जानकारी गराएको उल्लेख गर्दै भने, 'निष्ठापूर्वक काम गर्ने इमानदार र स्वार्थविहीन तथा निर्णयक्षमता भएका व्यक्तिहरु समितिमा आउनुपर्छ भन्ने मेरो माग हो।'
सरकारले ललितपुर खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषभित्रै सोमबार समितिको कार्यालय स्थापना गरेको छ। समितिलाई दुइटा कोठा र एउटा ठूलो हल छुट्ट्याइएको छ। अध्यक्ष खनालले सोमबारदेखि सोही कार्यकक्षमा रहेर काम सुरु गरेका छन्। यसअघि उनले एक चरण चुरेका प्रभावित क्षेत्र र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू भएका जिल्लाको स्थलगत अध्ययन गरेर फर्किसकेका छन्।
वन मन्त्रालयका निमित्त सचिव अन्नपूर्णानन्द दासले राजधानीमा खोलिएको समितिको कार्यालय पछि सम्पर्क कार्यालयमा परिणत हुने जानकारी दिए। अध्यक्ष खनालले यसअघि नै समितिको कार्यालय राजधानीबाहिर प्रभावित क्षेत्रमा खोल्ने बताइसकेका छन्।
सरकारले असार २ गते समिति गठन गरी त्यसको नेतृत्व अध्यक्ष खनाललाई सुम्पेको हो। समितिमा अन्य सदस्य भने तोक्न बाँकी छ।
खनालले संरक्षण र व्यवस्थापनको उद्देश्य र परिणाममा आफूले कसैसँग सम्झौता नगर्ने बताए। 'जुनसुकै काम गर्दा पनि समुदायको कल्याण हेरेर जानुपर्छ। समुदायसँग निरन्तर सल्लाह र छलफल गरी उनीहरुमा अपनत्व महसुस हुने गरी काम गरिनेछ,' उनले भने।
खनालले चुरे तराई–मधेस जोगाउन जलसतह उठाउने र बढाउने, जलाधार क्षयीकरण नियन्त्रण, गल्छी व्यवस्थापन, नदी प्रणाली संरक्षण र व्यवस्थापन, वृक्षरोपणलगायत कार्यक्रम प्राथमिकतामा राखिने जानकारी दिए। 'प्राकृतिक स्रोतको उपभोगमा भावी पुस्ताको हकअधिकार सुरक्षित हुने गरी कार्यक्रम बनाइनेछ,' खनालले भने, 'सामाजिक, आर्थिक र समग्र वातावरणीय पक्ष केलाइनेछ।'
निमित्त सचिव दासले चुरे संरक्षण क्षेत्र घोषणा र समिति गठनविरुद्ध सामुदायिक वनउपभोक्ता महासंघले आधारविहीन तर्क अघि सारेर असन्तुष्टि व्यक्त गरेको आरोप लगाए। 'महासंघले निर्णयबारे विस्तृत अध्ययन नै नगरी विरोध गरेको हो। अहिले उहा“हरुले धेरै कुरा बुझिसक्नुभएको छ। सरकारले उपभोक्ताहरुको कुनै पनि हकअधिकार खोसेको छैन। विद्यमान ऐननियमभित्र रहेर गरेका कुनै पनि कामकारबाहीमा सरकारले प्रतिबन्ध लगाएको छैन,' कार्यक्रममा दासले भने।
उनले 'वास्तविकता बंग्याएर' आम नागरिकमा गलत सूचना प्रवाहित नगर्न पनि आग्रह गरे।
प्राकृतिक स्रोतव्यवस्थापन विज्ञ माधव कार्कीले संरक्षण र विकासलाई सन्तुलित रुपमा अघि बढाउन सुझाव दिए। 'वैज्ञानिक, परम्परागत सबै किसिमका प्रविधि तथा ज्ञानलाई फ्युजन गरेर कार्यक्रम बनाउनुपर्छ,' उनले भने।
चुरे संरक्षणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै कार्यक्रममा राजेश राईले सरकारी निर्णयको विरोध गर्ने कुनै आधार नभएको बताए। 'ऐननियम र सरकारको प्रारम्भिक कार्यदिशा हेर्दा कतै पनि व्यक्ति र समुदायको हकअधिकार खोसिएको देखिँदैन', उनले भने, 'तैपनि केही साथीहरु विरोधका लागि विरोध गरिरहनुभएको छ।'
राईले धेरैपछि सरकारले चुरे संरक्षणका उद्देश्यले प्रभावकारी निर्णय गरेको अवस्थामा समुदायमैत्री र हितमा हुने कार्यक्रम तर्जुमामा सरकारलाई सघाउन सरोकारवालासँग आग्रह गरे।
कार्यक्रममा वन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले चुरे संरक्षण राष्ट्रिय अभियान भएकाले सहयोग गर्न सबैलाई आग्रह गरेका थिए। 'सामुदायिक वन पनि सरकारकै एउटा सफल कार्यक्रम हो। यसमा समुदायको महŒवपूर्ण योगदान छ। चुरे संरक्षणलाई पनि अर्को कार्यक्रमका रुपमा सफल बनाउन हामीले सबैलाई बारम्बार आग्रह गरेका छौं,' उनले भने।
साझेदारी वनउपभोक्ता महासंघका अध्यक्ष रामरुप कुर्मीले सबै पक्षलाई मिलाएर लैजान सरकारी पक्षसँग आग्रह गरेका थिए। 'सरकार राष्ट्रिय मुद्दाको समाधान खोज्न गम्भीर रुपमा अघि बढिरहेका बेला सहयोग गर्नुको साटो विरोधका लागि विरोध गर्नु गलत हो, सबै मिलेर अघि बढनुपर्छ,' उनले भने।
नेपाल वन–प्राविधिक संघका अध्यक्ष अभयकुमार दासले सरकारी निर्णयको पक्षविपक्षमा बसेर जुहारी गर्दा मूल मुद्दा छायामा पर्ने जनाए। 'दुवै पक्षलाई मिलाउने जिम्मेवारी सरकारको हो। यो काम तत्काल गरियोस्,' उनले भने।
कार्यक्रमका अधिकांश सहभागीले जोखिम र संवेदनशीलता अध्ययन गरेर कार्यक्रम सञ्चालन गर्न सुझाएका थिए। केहीले चुरेमा बसोबास गर्दै आएको जनसंख्याको आर्थिक अवस्थाबारे अध्ययन गर्नुपर्ने बताए। उनीहरुले वास्तविक गरिब र सुकुम्वासीको पहिचान गरेर मात्र कार्यक्रम लागू गर्न सुझाव दिए।