गुल्मी - जिल्ला प्रशासन कार्यालयमा मेसिन रिडेबल पासपोर्ट (राहदानी) को फारम भरेका युवाहरुले दु्रत सेवा प्रयोग गरिरहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङले देखाएको छ।जिल्लामा राहदानी आउन तीन महिना भन्दा बढी समय लाग्नेभएपछि युवाहरु दु्रत सेवामा आकर्षित भएका हुन्। दोब्बर राजश्व बुझाएपछि काठमाडौंबाट एकै हप्तामा राहदानी बन्ने भएपनि उनीहरु द्रुत सेवामा आकर्षित भएको अधिकारीहरुको भनाई छ।
जिल्लामा राहदानी पाइने समय एकिन नहुनाले धेरैजसो युवाहरु दु्रत सेवा प्रयोग गर्न विवश भएको सहाय प्रमुख जिल्ला अधिकारी गौरब पन्थीले बताए। 'एक पटक ३१/३२ दिनमै राहदानी आएको छ, एक पटक १ सय ४ दिन पनि लागेको छ', उनले भने, 'अहिले सरदर दुई महिना भन्दा बढी समयनै लाग्छ।' उनले जुन/जुलाई देखि हस्तलिखित राहदानी बन्द हुने भएपछि युवाहरुले छिटो काम गर्नुपर्ने भएकोले काठमाडौंबाटै राहदानी लिने गरेको बताए।
'सुरुमा दोब्बर राजश्व तिर्नेको बनाउनै पर्यो, त्यसपछि बल्ल सामान्य फारम भर्नेको पालो आउने हो', उनले थपे, 'त्यसमा पनि मेसिनमा प्रत्येक जिल्लाको स्याडुल बनेको छ होला ढिलाइ भइहाल्छ।' जिल्ला प्रशासनले आथिर्क वर्ष २०७०/७१ को असार मसान्त सम्म कुल १३ हजार १ सय ८३ जनाको राहदानी सिफारिस गरेकोमा ६ हजार ५ सय ७९ जनाले मात्र जिल्लाबाटै राहदानी लिएका छन् बाँकी ६ हजार ६ सय ४ जनाले काडमाठडौंबाटै राहदानी लिएका छन्। यसबाट नेपाल सरकारले बढी राजश्व संकलन गरे पनि जिल्लाको राजश्व भने कमी देखिने प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताए।
युवाहरुलेपनि आफूहरुलाई बाहिर जानको लागि हतार हुने भएकोले आफूहरु दोब्बर राजश्व तिरेर राहदानी लिन बाध्य भएको बताउँछन्। सोमबार जिल्ला प्रशासन कार्यालयमा भेटिएका एक युवाले जिल्लामा राहदानी आउला र जाउँला भन्ने सोँचे धेरै ढिलो हुने भएकोले त्यस्तो हुने गरेको बताए।