चितवन - जिल्लाको पहाडी गाउँ पिप्ले गाविसको वडा नं. ९ धमिले बस्ने वर्ष ४५ को दिलबहादुर चेपाङ्गको खोलाले बगाउँदा ज्यान गएको छ। मंगलबार साँझ स्थानीय मार्तल खोला तर्ने क्रममा चेपाङ्गलाई बगाएको थियो।खोजी गर्दा भण्डारा २ ढुङ्गेखोलामा उनको शव फेला परेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
त्यस्तै नारायणी नदीमा बगेका एकजनालाई सेनाले सकुशल उद्धार गरेको छ। मंगलपुर गाविस ४ स्थित नारायणी नदीको किनारमा पौडी खेल्दै गर्दा सोही ठाउँका १५ वर्षीय संन्दिप दाहाललाई मंगलबार दिउँसो नदीले बगाएको थियो। बगेको खबर पाउनासाथ घटनास्थल पुगेको नेपाल आर्मीको राजिव गणको टोली उनको उद्धारमा जुटेको थियो।
टोलीले दाहाललाई चित्रवन नगरपालिका ८ बाट सकुसल उद्दार गरी आफन्तलाई जिम्मा लगाएको चितवन प्रहरीले जानकारी दिएको छ। वर्षायाममा नदी र खोलामा जान सवाधानी अपनाउन चितवन प्रहरीले जिल्लावासीमा अपिल गरेको छ।