दैलेख – गोठाला गएको बेला जंगलबाट ४० वर्षीया आमा चन्द्रा गाहाले टिपेर ल्याएको च्याउ साँझको तरकारी रुपमा खाँदा डाँडाँपराजुल –१ आरुखर्कका गाहा परिवारै विरामी परे।चन्द्राको पति अम्मरबहादुर गाहा १ वर्षदेखि घरखर्च टार्नका लागि भारतको सुरतमा काम गर्दै आएकाले दुई छोरा र दुई छोरी सहित ५ जना विषादी च्याउ खाएर विरामी परे।
साउन ७ गते साँझ खाएको च्याउले विरामी परेका गाहा परिवार साँझै नै स्थानीय मेडिकलमै उपचार गराए। भोलीपल्ट विहान ५ वर्षीया छोरी झरना गाहाको मृत्यु भयो। ४ दिनसम्म गाँउमै उपचार भएको उनीहरुको स्वास्थ्यमा सुधार नआएपछि १० गते मात्र जिल्ला अस्पताल दैलेखमा उपचारका ल्याइयो। शरिरभरि वीष फैलिसकेकाले अन्तिम अवस्थामा अस्पताल ल्याइएको थियो। ११ गते जिल्ला अस्पतालमा उपचाररत ७ वर्षीय छोरा विशाल गाहाको मृत्यु भयो। जिल्ला स्वास्थ्य कार्यालयमा उपचार हुन नसकेपछि उपचारका लागि पैसा नहुँदा जिल्ला अस्पतालले खर्च ब्यहोर्ने गरी १२ गते नेपालगंज पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख डा. निर्मल रसाइलीले बताए। १२ गते नै नेपालगंजमा १० वर्षीय छोरा भुपेन्द्रको मृत्यु भयो भने १३ गते भेरी अंञ्चल अस्पतालमा आमा चन्द्रा च्याउको विषको छलपटीसँगै मृत्यु भयो। परिवारका ५ जनाले खाएको च्याउबाट विरामी भएकी १२ वर्षिया छोरी मीनाको मात्र भेरी अञ्चल अस्पतालमा उपचार भैरहेको छ। लामो समयसम्म पनि उपचार हुन नसकेपछि उनीहरु क्रमश मृत्यु भएको चिकित्सकहरुको भनाई छ।
गरिव परिवारमा गनिने गाहा परिवार छाक तार्नको लागि च्याउ खाएको आफन्तहरुले बताएका छन्। च्याउको विषका कारण विरामी भएकाहरु उनीहरु एक एक गर्दै मर्न थालेपछि आरुखर्क गाँउ नै शोकमा डुवेको छ। छोराछोरीको लालनपालन लागि पैसा कमाउन भारत गएका अम्मरबहादुर च्याउले परिवारका सदस्यहरुको मृत्युको खवरले शोकाकुल भएका छन्। एक छाक खाएको च्याउले गाहा परिवारमै बज्रपात भयो।