पाल्पा— स्कुटर सहित दुईजना दोभान खोलामा खसेर बेपत्ता भएका छन्। साथीहरुको एक टोली मोटरसाइकल तथा स्कुटरमा बुटवलबाट केराबारी आएर फर्कंदै गर्दा एक स्कुटर खोलामा खसेको हो। दुई साथी सहित स्कुटर खोलामा खसेको अन्य साथीले समेत थाहै पाएनन्।
स्कुटर सहित दुईजना साथीहरु खसेको पत्तै नपाएका उनीहरुले ठाने स्कुटी हुँइकाएर साथीहरु घर पुगिसेके होलान्। तर जब बर्खे भेलले उर्लेको दोभान खोला किनारामा युवकको शव भेटियो बल्ल पत्तो लाग्यो उनीहरु त दुर्घटनामा परेका रहेछन्। खसेका भनिएका दुई मध्ये एक युवकको शव भेटिए पनि युवती अझै बेपत्ता छिन्।
दोभान खोला किनारमा मंगलबार युवाको शव फेला परेको हो। शव रुपन्देही जिल्लाको मोतिपुर गाविस वडा नं. २ निवासी तोरनबहादुर थापाको रहेको प्रहरीले जनाएको छ। बेपत्ता भनिएकी युवतीको पहिचान खुल्न सकेको छैन।
साउन ९ गते शुक्रबार साथीहरुसँग सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको मस्याम गाविसको केराबारी आएका उनीहरु फर्कने क्रममा खोलामा खसेका थिए। फर्कँदा उनीहरु साथीहरुभन्दा अगाडि थिए । निकै अगाडि भएकोले पछाडिका साथीहरुले उनीहरु घरतिर गइरहेको अनुमान गरेका थिए। तर शब भेटिएपछि उनीहरु सडकबाट तल खोलामा खसेको अनुमान गरिएको छ।
'पछाडि भएका साथीहरुले आफूहरुलाई उछिनेर गएको अनुमान गरेर घर गएछन्' दोभान प्रहरी चौकीका हवल्दार प्रेम थापाले भने 'तर उनी बीचमै सडकबाट तल खसेको अनुमान गरेका छौं।' उनी सडकबाट खस्दा देख्ने कोही नभएकोले यसबारे जानकारी पाउन ढिलो भएको उनले बताए।
घर पुग्दा साथीहरुले उनी घर नपुगेको थाहा पाएपछि खोजी सुरु गरेका थिए। फर्कने क्रममा बाटोमा केही भएको हुनसक्ने अनुमानका साथ खोजी गर्दै जाँदा मंगलबार दिउँसो युवकको शव फेला परेको थियो । उनको शव खोलाको बीचमा ढुङ्गाले अड्याएको अवस्थामा भेटिएको थियो ।
एकजनाको शव भेटिए पनि अर्की युवती र उनीहरु सवार स्कुटी भने भेटिएको छैन । 'अहिले स्कुटीको सिटमात्र भेटिएको छ' हवल्दार थापाले भने 'खोजी गर्दैछौं भीरतिर कतै भेटिएला ।' सिट भेटिएपछि स्कुटी पनि नजिकै भीरतिर अड्किएको हुनसक्ने अनुमान गर्दै प्रहरीले खोजी गरिरहेको छ । प्रहरी निरीक्षक चन्द्रबहादुर थापा नेतृत्वको टोलीले खोलामा खोजीकार्य जारी राखेको छ ।