खोटाङ– विष सेवनबाट खोटाङमा एक महिलाको ज्यान गएको छ। अर्की एक सिकिस्त छिन्। विष सेवनबाट धितुङ–४ की ५० वर्षीया दिलकुमारी विश्वकर्माको ज्यान गएको हो। विश्वकर्माले घरमा कोही नभएको मौकामा मंगलबार विष सेवन गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
सात जनाको परिवार रहेको विश्वकर्माले घरायसी विवादका कारण विष सेवन गरी आत्महत्या गरेको प्रहरीले बताएको छ।
यस्तै विष सेवनबाटै दिक्तेल नगरपालिका–१४ की २९ वर्षीया सीता कटवाल सिकिस्त बिरामी भएकी छन्। घरायसी बिवादका क्रममा बुधबार बिहान विष सेवन गरेर सिकिस्त बिरामी बनेकी सीताको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य अवस्था नाजुक बन्दै गएका कारण सितालाई जिल्ला अस्पतालबाट अन्यत्र लैजाने तयारी भइरहेको पारिवारिक श्रोतले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी नायव निरीक्षक यादव गौतमका अनुसार विषादी सेवन गरेर आत्महत्या गर्नेमा अधिकांश महिला छन् ।