आत्महत्याको कलंकले बाँच्नेलाई पीडा
१४ साउन २०७१
•
९ मिनेट पाठ
आत्महत्याको कलंकले बाँच्नेलाई पीडा
इलाम— छोरीको रुप जति राम्रो थियो, पढाई उत्तिकै अव्बल। अनुशासन र अभिभावकप्रति आदर सद्भाव पनि उत्तिकै । 'पढेर केही गर्ने' हिम्मत बोकेकी छोरीको चाहना पूरा गर्न परिवारले कुनै कन्जुस्याईं गरेको थिएन। इलाम सदरमुकामको एउटा निजी स्कुलबाट एसएलसी सक्नासाथ छोरीको राजधानी पढ्ने चाहनामा कुनै थुनछेक भएन। बुवा आमा इलाममै रहे, छोरी दिदीस"ग डेरा बसेर उच्च शिक्षा अध्ययन गर्न थालिन् ।

अकस्मात् एक दिन, तिनै १७ बर्षीया कल्कलाउँदी छोरीले राजधानीको डेरामा झुण्डिएर आत्महत्या गरेको खबर आयो। मुटु रोगले पहिल्यैदेखि पीडित बुवाले सुरुमा पत्याएनन्। आमा छाँगाबाट खसे झैं भइन् । खबर सत्य थियो अर्थात उच्चशिक्षा अध्ययन गर्न दिदीस"ग बसेकी छोरीले कोही नभएको मौका छोपेर कोठामै आत्महत्या गरेकी थिइन् । छोरीको अप्राकृतिक मृत्युले बुवा अचेत भए, आमा औधी छट्पटाइन् ।

'जसलाई हाम्रो उत्तरदायी ठानेका थियौं उही नरहेपछि संसार सकिएजस्तो लाग्छ' तीन बर्षअघि छोरीको आत्महत्याले अझै रन्थनिइरहेका नाम खुलाउन नचाहने ती अभिभावकले भने, 'हामीले देख्दा उसले त्यसरी जीवन खेर फाल्नुपर्ने कुनै कारणै छैन, तर किन यस्तो नमिठो पीडा भोग्नुपर्यो ?' आत्महत्या गर्नेले गुपचुपमै जीवन नाश गर्ने र त्यसको दोष जति परिवारलाई आइपर्ने हु"दा उनी तीन बर्षदेखि सधैं पीडामै छन् ।

आत्महत्या गर्नेको संख्या धेरै रहेको इलाममा जानी जानी ज्यान फाल्नेक्रम अचेल ग्रामीण भेगबाट शहरी क्षेत्रमा पनि फैलि"दैछ । दुई नगरपालिका र ४५ गाविस रहेको जिल्लामा सदरमुकाम, फिक्कल, कन्याम, पञ्चकन्या, मंगलबारे जस्ता बजारक्षेत्रमा आत्महत्या गर्नेक्रम घटेको छैन । जिल्ला प्रहरी कार्यालयको अभिलेखमा इलाममा बर्षेनी ८० हाराहारी व्यक्तिले आत्महत्या गर्छन् । जसमा झुण्डिने र विष खाने धेरै छन् ।

'द्वन्द्व, शान्ति तथा विकास अभियान'मा स्नातकोत्तर गरिरहेका सन्तोष दाहालको स्वतन्त्र अध्ययन अनुसार, इलाममा आठ बर्षभित्र पा"च सयभन्दा धेरै मानिसले आत्महत्या गरिसकेका छन् । उनीहरुले जानी जानी ज्यान फाल्ने कारण जस्तोसुकै भए पनि बा"च्ने परिवारको जीवनमा आइपर्ने कलंक एकै खालको छ । आत्महत्या गर्ने परिवारकी छोरीले भनेजस्तो ज्वाईं नपाउने, छोराले बुहारी नभेट्ने मात्र होइन, श्रीमान्ले आत्महत्या गरेपछि एक्लिएकी श्रीमतिलाई घृणाले हेर्ने प्रवृत्ति छ ।

'मर्ने मरिगयो, बा"च्नेलाई सास्ती' भने झैं आत्महत्या गर्ने व्यक्तिका परिवार सदैव मानसिक पीडा झेल्न बाध्य छन् । झुण्डिएर, विष खाएर, खोलामा डुबेर होस या हतियारले रेटिएर, आत्महत्या गर्ने व्यक्तिलाई कसैले राम्रो भन्दैनन् । उसले ज्यान फालेको सुन्नासाथै 'हुतिहारा', 'नामर्द' र 'परिवारलाई सताउने' जस्ता विशेषणले गाली गरिन्छ । त्यसमाथि समाजले कसैको आत्महत्यालाई 'परिवारका कारण' भनिदिने प्रवृत्ति छ ।

दाजुभाइले नै आत्महत्या गरेपछि मंगलबारेको याक्सीस्थित एउटा परिवारका सदस्य लामो समयदेखि मानसिक पीडा झेल्दैछन् । 'दीर्घरोगको पीडा सहन नसकेको' कारण देखाएर भाइले आत्महत्या गरेको तीन बर्षपछि शारीरिक रुपमा हट्टाकट्टा दाजुले समेत त्यही अप्रिय बाटो रोजेपछि परिवारका बा"च्ने सदस्य र छोराछोरीलाई तनाव भइरहन्छ । ९ बर्षअघिको घटना उनीहरुका लागि जीवनभर गढिइरहने खिल बनेको छ ।

'स्कुलमा छोराछोरीको नाम लेखाउ"दा होस् या नचिनेका मानिसलाई परिचय दि"दा श्रीमान्को नाम भनिरहनुपर्छ' श्रीमानको आत्महत्यापछि एकल जीवन बिताइरहेकी परिचय गोप्य राख्न चाहने ती महिलाले भनिन्, 'त्यसरी नाम भन्दा श्रीमान् चाहिं के गर्नुहुन्छ भन्छन्, त्यसबेला आ"खाभरी आ"शु निस्किन्छन् ।' दूधमुखे उमेरमै बुवाले आत्महत्या गरेपछि अहिले स्कुल जाने दुई छोराछोरी पनि अरुका कुराले भड्किन खोज्छन् ।

चार सन्तानमध्ये दुई छोरीको विवाह भइसकेको र दुईटै छोराले आत्महत्या गरेको घटनाले बुवाआमा अझै विक्षिप्त छन् । यस्तो समस्या आत्महत्या गर्ने हरेक व्यक्तिका परिवारले झेल्नु परिरहेको छ । महिला होस् या पुरुष, कसैले आत्महत्या गरे परिवारका सबैलाई लामो समय मानसिक पीडा भइरहने र कसै कसैलाई त्यसैले डिप्रेसन निम्तिने कोशी अञ्चल अस्पतालका स्यायु तथा मानसिक रोग विशेषज्ञ रोशन पोखरेल बताउ"छन् ।

'आत्महत्या गर्नेका परिवारलाई डिप्रेसन भएर धेरैपल्ट उपचार गर्नुपरेको छ' डा. पोखरेलले अनुभव सुनाए, 'त्यस्ता परिवारलाई समाजले नराम्रो आरोप लगाउने र आत्महत्याको कारक ठान्ने प्रवृत्ति छ, जुन राम्रो होइन ।' आत्महत्या गम्भीर खालको डिप्रेसनको अन्तिम रुप भएको जनाउ"दै उनले यसलाई मानसिक समस्याका रुपमा लिनुपर्ने बताए । डिप्रेसनका बिरामी बढ्दा आत्महत्या गर्नेक्रम पनि बढेको डा. पोखरेलको अनुभव छ ।

६० बर्ष नाघेका ज्येष्ठ नागरिकसमेतले अचेल जानी जानी जीवन खेरफाल्न थालेपछि आत्महत्या न्युनीकरणका प्रयास थालि"दैछ । जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका एफएम रेडियोबाट मानसिक स्वास्थ्यबारे कार्यक्रम नै चलाउन थालेको छ । जिल्ला प्रहरी कार्यालयले पनि आत्महत्यालाई 'गम्भीर अपराध' भन्दै केही गाविसमा मानसिक स्वास्थ्यसम्बन्धी शिविर चलाउने तयारी गरिरहेको छ ।

'इलाममा आत्महत्या किन बढी हुन्छ भन्ने अनुसन्धानकै विषय रहिरह"दा यसले परिवारमा निम्त्यिाउने पीडा झन् जटिल समस्या बनेको छ' आत्महत्या गर्नेक्रम नियन्त्रणमा सक्रिय ज्येष्ठ नागरिक समाज इलामका अध्यक्ष धर्म गौतमले भने, 'मर्ने त मरिहाल्छ, बा"च्नेलाई जीवनभर कलंकको टिका लाग्छ ।' दुई लाख ९१ हजार जनसंख्या रहेको यस जिल्लामा यतिसम्मकी ९ देखि ७९ बर्षसम्मका व्यक्तिले आत्महत्या गरेका छन् ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस