१७ वर्षपछि पनि ट्रमा सेन्टर चलेन
१४ साउन २०७१
•
८ मिनेट पाठ
१७ वर्षपछि पनि ट्रमा सेन्टर चलेन
काठमाडौं- सत्र वर्षअघि नेपाल भ्रमणमा आउँदा तत्कालीन भारतीय प्रधानमन्त्री आइके गुजरालले गम्भीर दुर्घटनाका बिरामीलाई सबै किसिमका आपतकालीन सेवा दिन 'ट्रमा सेन्टर' शिलान्यास गरेका थिए। त्यतिबेला 'गौरवपूर्ण आयोजना'का रूपमा सुरु भएको यो अस्पताल १७ वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा पनि सञ्चालन हुने छाँटकाँट छैन।

तत्कालीन समयमा दक्षिण एसियामै पहिलो भनिएको यो ट्रमा सेन्टर नेपालको ढिलासुस्ती र भारतीय बेवास्ताका कारण सञ्चालनमा आउन नसकेको हो। यसपालि मोदीको भ्रमण क्रममा पनि अस्पताल सञ्चालन प्राथमिकता सूचीमा परेको छैन।
वीर अस्पतालछेउको यो अस्पतालमा भव्य भवनसहित महŒवपूर्ण भौतिक संरचना तयार भएको महिनौं बितिसक्यो। तर, यसको सञ्चालनका लागि चाहिने विशेषज्ञ जनशक्ति नेपालले व्यवस्था गर्न सकेको छैन। यही बहानामा भारतीय पक्षले अत्यावश्यकीय उपकरण जडानलगायत भित्री पूर्वाधार निर्माण गर्न ध्यान नदिएको सरोकारवाला अधिकारीहरू बताउँछन्। 
स्वास्थ्य मन्त्रालयले मोदी भ्रमणकै मौकामा ट्रमा सेन्टर हस्तान्तरणका लागि भारतीय पक्षसँग आग्रह गरेको थियो। भारतीय अधिकारीहरूले भने 'तत्काल चलाउनसक्ने आधार दिन नसकेको' भन्दै औपचारिक कार्यक्रममार्फत हस्तान्तरण गर्न नमानेको स्वास्थ्य मन्त्रालय उच्च स्रोतले बतायो। 
'प्रधानमन्त्रीकै हातबाट हस्तान्तरण गराएपछि भोलिपल्टैदेखि सेवा सुरु हुने वातावरण बन्नुपर्छ, अन्यथा राम्रो सन्देश जाँदैन भन्दै उनीहरू (भारतीय पक्ष) ले औपचारिक हस्तान्तरण गर्न मानेनन्,' स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले नागरिकसँग भने, 'बरु सक्नुहुन्छ भने जति सकिन्छ चलाउँदै जाऔं, अहिले तामझाम गर्नुपर्दैन भन्ने भारतको आसय रह्यो।'
स्वास्थ्य मन्त्रालयका निमित्तसचिव डा. तीर्थराज बुर्लाकोटीले ट्रमा हस्तान्तरणको औपचारिक कार्यक्रम आफ्नो जानकारीमा नआएको बताए। भारतीय पक्षले उपकरण जडान गर्दै जाने र नेपाली पक्षले जति सकिन्छ चलाउँदै जाने सहमति भएको उनले जानकारी दिए।
स्वास्थ्य अधिकारीहरू भने अस्पताल सञ्चालनमै ल्याउन सकिने गरी सबै उपकरण नजुटेको बताउँछन्। ट्रमा सञ्चालन गर्न महत्वपूर्ण मानिएका चार शल्यक्रियामध्ये हालसम्म एउटा पनि गर्न सकिने वातावरण नभएको उनीहरू बताउँछन्।
स्वास्थ्य मन्त्रालयले अहिलेलाई वीर अस्पतालको आकस्मिक कक्ष सारेर भए पनि आंशिक सञ्चालनमा ल्याउने र विस्तारै पूर्ण रूपमा चलाउँदै जाने प्रस्ताव गरेको थियो। तत्काल हस्तान्तरण गरिए वीर अस्पतालकै अंगका रूपमा ५० बेडबाट सुरु गर्न सकिने नेपाली पक्षको भनाइ थियो। भारतीय पक्ष भने यसमा सहमत भएन। भारतीय विदेशमन्त्री सुषमा स्वराजको नेपाल भ्रमण क्रममा जारी संयुक्त प्रेस विज्ञप्तिमा भने 'ट्रमा सेन्टर सञ्चालनका लागि भारतीय पक्ष अत्यावश्यकीय उपकरण र अन्य सहायता तत्कालै हस्तान्तरण गर्न तयार भएको' उल्लेख छ।
स्रोतका अनुसार मोदी भ्रमणका एजेन्डा तय गर्न बसेको बैठकमा समेत ट्रमा सेन्टर सञ्चालनको विषयमा छलफल भएको थियो। भारतीय दूतावासका अधिकारीले सेन्टर चलाउन जनशक्ति नै नभएको र पदपूर्तिको प्रक्रियासमेत नथालिएको अवस्थामा हस्तान्तरण निम्ति हतार गर्न नहुने जवाफ दिएको स्रोत बताउँछ।
भारतीय पक्षले भवनमा अक्सिजन प्लान्ट, एयरकन्डिसन र पानीको व्यवस्था भइरहे पनि जनशक्ति नहुँदा उपकरण जडान नगरिएको जवाफ दिएको थियो। उपकरण जडान गरेकै दिनदेखि ग्यारेन्टी अवधि सुरु हुने भएकाले महँगा उपकरण र शल्यकक्ष बनाउन नथालिएको उनीहरूको भनाइ छ।
'नेपाल सरकार पनि ट्रमाबारे गम्भीर हुने हो भने कम्तीमा ९० दिनमा हाम्रोतर्फको काम सक्छौं,' बैठकमा उपस्थित भारतीय अधिकारीलाई उद्धृत गर्दै स्रोतले भन्यो, 'कहिले जनशक्ति भर्ना गर्ने, तालिममा कहिले पठाउने र कहिलेदेखि सञ्चालनमा ल्याउने समयसीमा नभई हुन्न।' 
प्रयोगशाला, सिटी, एमआरआईको टेन्डर सकिसकेको र हस्तान्तरणका लागि आतुर रहेको भारतीय पक्षको भनाइ थियो। स्रोतअनुसार हस्तान्तरणको वातावरण नबाउँदा भवनको भित्री भाग भत्किन थालेको र मर्मतसम्भारमा मात्रै करोडौं खर्च गर्नुपरेको उनीहरूले बताएका थिए।
अर्कातिर, मन्त्रिपरिषदले ट्रमालाई स्वास्थ्य मन्त्रालय मातहत लाने निर्णय गरे पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले आफूसँग भएको विशेषज्ञ जनशक्ति उपलब्ध गराउन मानिरहेको छैन। भारतीय दूतावासले पाँच वर्षअघि नै ट्रमा सेन्टरको हस्तान्तरण लिन प्रतिष्ठानसँग औपचारिक पत्राचार गरेको थियो। त्यतिबेला नेपाली अधिकारीले जनशक्ति व्यवस्थापन गर्न नसक्दा हस्तान्तरण लिन सकेनन्। त्यसयता स्वास्थ्य मन्त्रालय र प्रतिष्ठानबीच कसले र कसरी सञ्चालन गर्ने भन्ने विषयमा विवाद हुँदै आएको छ।
विज्ञहरू भने संसारमा कुनै पनि ट्रमा सेन्टर जनरल अस्पतालसँगको सहकार्यविना चल्न नसक्ने बताउँछन्। ट्रमामा आकस्मिक सेवा दिए पनि यसको खर्च महँगो हुने भएकाले रिकभरी गर्न जनरल अस्पताल चाहिन्छ। खासगरी ट्रमाका लागि हाडजोर्नी र नशा, नाककान, घाँटी, जनरल सर्जरी, मुटु, प्लास्टिक सर्जरी, दन्त चिकित्साका अनुभवी विशेषज्ञ चाहिन्छ। गम्भीर दुर्घटनाका घाइतेलाई एकैपटक सबै प्रकारका शल्यक्रियासमेत गर्नुपर्ने भएकाले ट्रमा संसारमै सुविधासम्पन्न उपचार मानिन्छ। वीरले त्यस्ता अनुभवी चिकित्सक नदिँदासम्म सरकारले बाहिरबाट सबै किसिमका विशेषज्ञ भर्ना गर्नसक्ने अवस्था छैन।
अर्को समाचार
भारतकै कारण ट्रमा चलेन : स्वास्थ्यमन्त्री
०७ फागुन २०६९
•
५ मिनेट पाठ
भारतकै कारण ट्रमा चलेन : स्वास्थ्यमन्त्री
काठमाडौं, फागुन ८ (नागरिक) - चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई दुई महिनाभित्र ट्रमा सेन्टर नचलाए कारबाही गर्ने चेतावनी दिएका स्वास्थ्यमन्त्री राजेन्द्र महतोले डेढ वर्षपछि ट्रमा नचल्नुको कारण खोलेका छन्।

'त्यतिबेला मैले नबुझी बोलेको रहेछ,' उनले भने, 'ट्रमा नचल्नुमा भारतकै कारण रहेछ।' भारत भ्रमणबाट फर्किएलगत्तै सोमबार मन्त्रालयमा १८ महिनाका आफ्ना उपलब्धि सुनाउन उनले पत्रकार सम्मेलन गरेका थिए। ट्रमा सेन्टर सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने उनले बताए।
उनले उपलब्धि भन्दै तीन दर्जन बुँदाको सूची प्रस्तुत गरेका थिए। ट्रमा सेन्टर मन्त्रालय मातहत ल्याएको र सञ्चालन प्रवि्र्कयामा रहेको उनको दाबी छ।
भारत भ्रमणका क्रममा भारतीय विदेश मन्त्री र स्वास्थ्यमन्त्रीसँग अन्य विषयसँगै ट्रमा सेन्टरबारे गम्भीर छलफल गरेको उनले बताए। ट्रमा सेन्टर भवनको १८ वर्षअघि शिलान्यास गरिएको थियो। भवन पूरा भएको चार वर्ष बित्दा पनि हस्तान्तरण हुन सकेको छैन। भारतीय पक्षले आवश्यक उपकरण जडान गर्न नसकिएकाले हस्तान्तरणमा समय लाग्ने बताएको उनले सुनाए।
'भारतमै बनेका उपकरण नेपाल ल्याएर जडान गर्न तीन महिना लाग्नेरहेछ, तेस्रो मुलुकबाट ल्याइने उपकरण आउनै ६ महिना लाग्छ रे,' उनले भने, 'सबै कुरा मिलेर हस्तान्तरण भई सञ्चालनमा आउन त एक वर्ष नै लाग्नेरहेछ।'
मन्त्री भएलगत्तै वीरका पदाधिकारीलाई दिएको चेतावनी आफूले नबुझेर भएको उनले सुनाए। 'अहिले पो कारण थाहा भयो। पदाधिकारीले क्लियर कुरा गर्न सकेनन्, मलाई नै अलमल थियो,' उनले भने, 'भवनले मात्रै त सेवा दिँदैन नि।'
ट्रमा सेन्टर भवनको २०५४ साल जेठमा भारतका तत्कालीन प्रधानमन्त्री आइके गुजराल र नेपालका प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले संयुक्त रूपमा शिलान्यास गरेका थिए। निर्माण कार्य भने २०६२ कात्तिकमा मात्र सुरु भएको थियो।
न्याम्सले ट्रमा सेन्टर चलाउन आवश्यक प्रवि्र्कया अघि बढाइरहेका बेला सरकारले गत वैशाख २१ गते सेन्टर स्वास्थ्य मन्त्रालय मातहत ल्याउने निर्णय गरेको थियो। मन्त्रालयले हस्तान्तरण नै नभएको सेन्टरका लागि कार्यकारी निर्देशक र केही कर्मचारीसमेत खटाएको छ।
मन्त्री महतोले आफ्नो कार्यकालमा पर्याप्त सुधारका प्रयास गरेको दाबी गरे। तर स्वास्थ्यमा जनताले सेवा पाएको महसुस नगर्दासम्म सफलता नदेखिने उनको भनाइ थियो। 'स्वास्थ्यमा जनशक्ति, उपकरण र पूर्वाधार प्रमुख समस्या हुन्,' उनले भने, 'तीन वर्षमा १५ हजार दरबन्दी थप्ने आधार बन्यो। उपकरणका लागि पैसा पुगेन र वार्षिक ३ अर्बको भवन निर्माण भइरहेको छ।'
कर्मचारी सरुवा गरेर थिति बसाल्न खोजेको उनको दाबी थियो। 'मिडियाले मात्रै सरुवाले आतंक सिर्जना गर्‍यो भनेर हल्ला गरे। सरुवा नभएर चाहिँ कर्मचारी आतंकित थिए,' उनले भने।
मन्त्रालयका प्रवक्ता डा. पदमबहादुर चन्दले अस्पताल अनुगमनलाई देशव्यापी बनाइए पनि बढी अस्पताल भएका क्षेत्र काठमाडौमै अनुगमन हुन नसकेको स्वीकारे। निजी अस्पतालका लागि मापदण्ड, अनुगमन एवं नियन्त्रणको प्रावधानसहित नयाँ ऐनको मस्यौता तयार भएको उनले जनाए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस