धुन्चे - रसुवा जिल्लाको छुट्टाछुट्टै स्थानमा एकै दिन तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नेपाली सेनाका एक र दुई सर्वसाधारण रहेका छन्।लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नारायण दल गणका सिपाही २७ वर्षीय कुलबहादुर थापा क्षेत्री र ब्यारेकभित्रको भण्डारणकक्षमा मृत अवस्थामा फेला परेको हाकु–६ का १३ वर्षीय ठूलो तामाङ झुन्डिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
राम्चे–८ का ५८ वर्षीय टेकबहादुर तामाङलाई राम्चेको ठाडोखोलाले बगाउँदा मृत्यु भएको छ। उनीहरुको मृत्युको कारण थाहा हुन सकेका छैन। मङ्गलबार मृत्यु भएकामध्ये टेकबहादुरको बुधबार दाहसंस्कार भइसकेको र ठूलो तामाङ एवम् कुलबहादुरको भने शव परीक्षणका लागि रसुवा अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ।