तुलसीपुर (दाङ)- अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय कोहलपुरबाट आएको टोलीले बुधबार नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङमा छापा मार्यो।
अनुसन्धान अधिकृत हरि खत्रीको नेतृत्वमा आएको पाँच सदस्यीय टोलीले विश्वविद्यालयमा रहेको कार्यकारी परिषद्को निर्णयपुस्तिका, विभिन्न महाशाखा तथा लेखाफाँटका कागजपत्र, कर्मचारी तथा पदाधिकारीको हाजिरी रजिस्टरलगायतका सामग्री नियन्त्रणमा लिएको बताइएको छ।
कर्मचारी भर्ना, विभिन्न किसिमका निर्णय, कर्मचारीका पेसागत मागलगायतका विषयमा पटकपटक विवाद उब्जिरहने उक्त विश्वविद्यालयमा अख्तियारले छापा मारेको हो।