जुम्लामा भालुको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ। गुठिचौर गाउँपालिका ५ झारज्वालमा सदरमुकाम खलंगा आउँदै गरेका स्थानीयको भालुको आक्रमणबाट मृत्यु भएको हो। मृत्यु हुनेमा गुठिचौर गाउँपालिका ३ दामदासेका हिमाल लामा रहेका छन्।
भालु गाउँमा पसेपछि स्थानीयले लखेटेका थिए। लखेटीरहेको अवस्थामा बाटोमा हिँडिराखेका लामामाथि भालुले आक्रमण गरेको थियो। गुठिचौर गाउँपालिका ५ कुम्डी र फोइ गाउँका स्थानीयले गाउँमा पसेपछि भालुलाई लखेटीरहेका थिए, स्थानीय रामकाश विकले भने,‘त्यहीबेला भालुले बाटोमा हिँडेका उनी माथि आक्रमण गरेको थियो।’
भालुको आक्रमणबाट स्थानीयको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाइ नेतृत्वको टोली घटनास्थल तिर लागेको छ। प्रहरी नायव उपरिक्षक डिएसपी दानबहादुर थापाले भने,‘भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको जानकारी पाउने वित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको छ। ’
अहिले गाउँमा त्रास छ। तत्काल भालु नियन्त्रणमा लिनको लागि स्थानीयले माग गरेका छन्। पछिल्लो समयमा भालु गाउँपस्न थालेपछि स्थानीय असुरक्षित महसुस गर्न थालेका छन्।